ताजा समाचार

लाइन्स क्लबद्वारा जाडोयाममा न्यानो वितरण

काठमाडाैँ ।  लाइन्स क्लब अफ काठमाडौं हेरिटेजले मँगलादेवी  नुवाकोट सुर्यगढी २ कुवापानी मँगलादेवी आधारभुत विद्यालयमा न्यानो कपडा,शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको छ ।

नुवाकोट जिल्ला सुर्यगढी गाँउपालीका वडा नं  २ कुवापानी  मँगलादेवी आधारभुत विद्यालयमा अध्यनरत विद्यार्थीका लागी न्यानो कपडा,  शैक्षिक /खेलकुद सामाग्री बितरण गरिएको हो ।

लायन्स क्लब अफ इन्टरनेश्नल ३२५ वि १ रिजन चियर पर्सन , समाजसेवी कुमार गुरुङ्गको पहलमा मँगलादेवी आधारभुत विद्यायलमा अध्यनरत विद्यार्थीलाई (न्यानो कपडा १०० थान,  शैक्षिक सामाग्रीः ४०० थान कापी/कलम), खेलकुद सामाग्रीः भलिबल/ फुटबल/ नेट)  वितरण गरिएको हो।

गुरुङ्गले भनेः विभिन्न किसिमले समस्यामा परेका, आर्थिक अभावका कारण शिक्षा बाट बन्चित बालबालिकाहरु लाई  शैक्षिक सामाग्री, जाडोयामबाट बच्न न्यानो कपडा र खेलकुदका सामाग्री  बितरण गर्ने कार्य गरिरहेका छौ ।

बिभिन्न सामाजिक संस्थामा लामो समय देखी आफ्नो साक्रियता देखाउदै आएका सामाजिक ब्यक्तित्व तथा युवा व्यवसायी गुरुङ कलाकार, खेलाडी, ब्यबसायी, मिडियाकर्मी, डिप्लोम्याट्स, बैँकर्स तथा राजापरिवार समेतले औधि रुचायिएको दरबारामार्गमा संचालित दरबारामार्गमा संचालित लोकप्रिय पारिवारिक रेस्टुरेन्ट किङ्स लाउन्जका संचालक समेत हुन ।

हामी लायन्स भनेर सहयोगि हातहरुका साथ उभिन पाउदा गौरव महसुश भएको र  आगामी दिनमा यस्ता सामाजीक काममा निरन्तर लागी रहने गुरुङ्गले बताए ।

फोटोफिचरः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org