ताजा समाचार

मुस्कान खातुनमाथि बायोपिक फिल्म बन्ने, रमित ढुंगाना निर्देशन गर्दै

काठमाडौं । यसैवर्ष अमेरिकी सरकारबाट साहसी महिलाको पुरस्कार जितेकी नेपाली एसिड सर्भाइभर किशोरी मुस्कान खातुनको जीवनमाथि फिल्म निर्माण हुने भएको छ ।

अभिनेता तथा निर्माता रमित ढुंगानाले फिल्म निर्माण गर्न लागेको जानकारी नेपाल प्रेसलाई दिए । रमित स्वयमले यस फिल्मलाई निर्देशन गर्ने भएका छन् भने मुस्कान स्वयमले यसमा अभिनय गर्ने भएकी छिन् ।

फिल्मको नाम ‘मुस्कान’ राखिएको छ । ‘जतिसक्दो चाँडो हामी छायांकनमा जाने तयारीमा छौं र मुस्कानलाई पनि अभिनयबारे सिकाइरहेका छौं’ ढुंगानाले भने, ‘यसले किशोरी र महिलाविरुद्ध हुने एसिड आक्रमणविरुद्ध सन्देश दिनेछ ।’

अहिले स्क्रिप्ट लेखन र प्रि-प्रोडक्सनमा काम भैरहेको र सन् २०२२ को सुरुआतदेखि छायांकनमा लैजाने तयारी भैरहेको रमितले बताए । निर्माण, लगानी, तालिका र अन्य कलाकारबारे चाँडै जानकारी गराउने रमितले जनाए ।

यसवर्ष अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्ने साहसी महिलाको अवार्ड खातुनले जितेकी थिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org