ताजा समाचार

बारका पूर्वअशध्यक्ष दाहाल हुण्डी कारोबारमा संलग्न रहेको भन्दै अख्तियारमा उजुरी

काठमाडौं । वरिष्ठ अधिवक्ता तथा बार एशोसियसनका पूर्वअध्यक्ष हरिहर दाहाल हुण्डी कारोबारमा संलग्न भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।

जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच भएको घुससम्बन्धी अडिओ सार्वजनिक भएपछि कानून व्यवसायी प्रेमसिंह धामीले वरिष्ठ अधिवक्ता दाहाल र अधिवक्ता युवराज भण्डारीमाथि छानबिन गर्न माग गर्दै कानून अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा दिएको निवेदन आफैंले सार्वजनिक गर्दै न्यायपरिषदको समेत ध्यानाकर्षण गराएका छन् ।

ललितपुर जिल्लाको एउटा जग्गा कारोबारमा भएको ३२ करोड रूपैया हुण्डीबाट भारतलगायतका देशमा गएको र यसमा वरिष्ठ अधिवक्ता दाहाल नै संलग्न रहेको भन्दै धामीले अख्तियारमा निवेदन दिएका थिए ।

३ रोपनी ७ आना जग्गाको हकमा २०७४ पुस १७ गते अल्कानन्द सेन गुप्ताको वारेस अमृतकुमार केसीले ललितपुर जिल्ला अदालतमा विनेदनसहित २ करोड ३ लाख ४ हजार ८३६ रूपैयाँ नगद नै जम्मा गरेको र उक्त रकम वरिष्ठ अधिवक्ता दाहाल र अधिवक्ता भण्डारीको संयुक्त अफिसबाट नगद नै जम्मा भएको देखिएको धामीको दाबी छ ।

धामीले बिहीबार उजुरी सार्वजनिक गर्दै आफूले उल्लेख गरेको व्यहोरा साँचो रहेको भन्दै जग्गा मिलाई दिएबापत वरिष्ठ अधिवक्ता दाहाल र अधिवक्ता भण्डारीले कमिसनबापत दुवै पक्षका ८ करोड रूपैया प्राप्त लिएर पजेरो किनेको समेत दाबी गरेका छन् ।

के छ निवेदनमा ?

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org