ताजा समाचार

माओवादी केन्द्र एक चीन नीतिप्रति प्रष्ट छः प्रचण्ड

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एक चीन नीतिप्रति प्रतिबद्ध रहेको जनाएका छन् ।

प्रचण्डको सचिवालयले माओवादी केन्द्र एक चीन नीतिप्रति प्रतिबद्ध रहेको जानकारी दिएको छ ।

अमेरिकी सभामुख नान्सी पेलोसीको भ्रमणपछि ताइवान क्षेत्रमा उत्पन्न भएको परिस्थितिलाई माओवादी केन्द्रले गम्भीर रुपमा नियालीरहेको र ध्याणाकर्षण भएको जनाएको हो ।

यस्तै, प्रचण्डको सचिवालयले भनेको छ, ‘हाम्रो देश नेपाल र हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) एक चीन नितिप्रती प्रष्ट छ। चीनको राष्ट्रिय एकता प्रति बाधा हुने कुनै पनि गतिविधिप्रती हाम्रो विरोध रहन्छ।’

अमेरिकी सभामुख पेलोसीले ताइवान भ्रमण गरेपछि अमेरिका र चीनबीचको सम्बन्ध अत्यन्तै खराब स्थितिमा पुगेको छ । भने पेलोसीले ताइवान भ्रमण गरे लगत्तै प्रतिक्रियामा चीनले व्यापक सैन्य अभ्यास सुरु गरेको छ । अहिले चीनले ताइवान क्षेत्रमा क्षेप्यास्त्रहरू प्रहार गरिरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org