ताजा समाचार

हँसिया हथौडा चुनाव चिह्न प्रयोग गर्न प्रचण्ड र बाबुरामले दिए आयोगमा निवेदन

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एउटै चुनाव चिह्न हँसिया हथौडा प्रयोग गर्न दिन निर्वाचन आयोगसँग माग गरेका छन् ।

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको चुनावमा एउटै चुनाव चिह्न हँसिया हथौडा प्रयोग गर्न गरेको प्रस्तावलाई मंगलबार बसेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रको स्थायी समिति बैठकले स्वीकृत गरेको थियो ।

यसपछि मंगलबार दिउँसो दुवै पार्टीका प्रतिनिधि आयोगमा पुगेर निवेदन दिएका हुन् । आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आफूहरुलाई एउटै चुनाव चिह्न हँसिया हथौडा प्रयोग गर्न दिन उनीहरुले माग गरेका छन् ।

माओवादी केन्द्रीय कार्यालयबाट शिव खकुरेल र नेपाल समाजवादीका कार्यायल मुख्य सचिव खगेन्द्र देवकोटाले आयोगमा गएर एउटै चिह्न प्रयोग गर्ने सम्बन्धी निवेदन दिएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org