ताजा समाचार

सेना र प्रहरीलाई महानगरको पत्र- १० दिनभित्र बहाल कर बुझाऊ

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाली सेना र नेपाल प्रहरी र समाज कल्याण परिषद्लाई १० दिनभित्र बहाल कर बुझाउन आग्रह गरेको छ ।

महानगरले ती कार्यालयहरूले आफ्नो क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको देखिएकाले वडा कार्यालयमा बहाल कर बुझाउन पटक पटक ताकेता गरे पनि नबुझाएको जनाएका छन् ।

बहाल आम्दानीको विवरणसहित पत्र प्राप्त भएको १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा गएर नियमानुसार बहाल कर र जरिवाना बुझाउन महानगरले भनेको छ ।

तोकिएको मितिभित्र बहाल कर नबुझाए महानगरापलिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी बाँकी कर असूलउपर गर्न आवश्यक प्रक्रिया अघि बढाइने पत्रमा उल्लेख छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org