ताजा समाचार

गोठाटारमा गोली लागी घाइते भएका सर्लाहीका मोहम्मदको मृत्यु

काठमाडाैं । काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गोली लागी घाइते भएका सर्लाहीका लाल मोहम्मदको उपचारका क्रममा मृत्यु भएको छ । उनी सर्लाहीको गोडैता नगरपालिका-८ का स्थायी बासिन्दा रहेका थिए ।

शंकरापुर अस्पतालमा प्रारम्भिक उपचारपछि ५५ वर्षीय मोहम्मदलाई त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो ।

शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । उनी गार्मेन्ट सञ्चालक रहेको पनि प्रहरीले जनाएको छ ।

रातो टिर्सट र जिन्स लगाएको र मोटरसाइकलमा आएका व्यक्तिले मोहम्मदलाई गोली हानेको थियो । काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org