फ्रान्समा आप्रवासी बोकेको डुङ्गा डुब्दा एक बालकको मृत्यु, ६५ जनाको उद्धार
काठमाडौं । फ्रान्सको सामुद्रिक तटबाट च्यानल हुँदै बिहीबार राति भारबहन क्षमताभन्दा बढी आप्रवासी लिएर बेलायततर्फ गइरहेको एउटा डुङ्गा डुब्दा उक बालकको मृत्यु भएको फ्रान्सेली अधिकारीहरूले शुक्रबार बताएका छन् । अधिकारीका अनुसार डुङ्गा फ्रान्सेली सहर विसान्टमा दुर्घटना भएको थियो भने उद्धारकर्मीले अन्य ६५ जनालाई सकुशल उद्धार गरेका छन् ।
पछिल्लो डुङ्गा दुर्घटनासँगै यस वर्ष च्यानल पार गर्ने प्रयास गर्दा ज्यान गुमाउने आप्रवासीहरूको सङ्ख्या कम्तिमा ५२ पुगेको छ । सन् २०१८ पछिको सबैभन्दा धेरै रेकर्ड हो ।
उक्त स्थानमा गत सेप्टेम्बर ३ मा पाँच जना बालबालिका र पाँच जना वयस्कहरूको मृत्यु भएको स्रोतले जनाएको् छ । त्यसको एक महिनापछि सामुद्रिक च्यानलको मार्ग हुँदै जोखिमपूर्ण यात्राका क्रममा ओभरलोड भएका डुङ्गा दुर्घटनामा पर्दा एक जना बालक तथा तीन वयस्कको मृत्यु भएको जनाइएको छ ।
बेलायतको सरकारी तथ्याङ्कअनुसार यस वर्ष आप्रवासी डुङ्गामा खतरनाक यात्रा गरी बेलायत पुग्ने आप्रवासीहरूको औसत सङ्ख्या ५३ रहेको छ ।
बेलायतको गृहमन्त्रालयको तथ्याङ्कअनुसार यस वर्ष जनवरी १ देखि हालसम्म २६ हजारभन्दा बढी आप्रवासीहरू समुद्र पारगरी बेलायती तटमा आइपुगेका छन् ।
Comments
अरु समाचार
-
ट्रम्पको ५ दिने एशिया भ्रमण : शक्ति प्रदर्शन र कूटनीतिक सन्तुलनको समिश्रण
वासिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पाँचदिने एशिया भ्रमण शक्ति प्रदर्शन र कूटनीतिक सन्तुलनको मिश्रण बनेको विश्लेषण भइरहेको छ...
-
16th ‘Belt and Road’ health post in Nepal to strengthen medical cooperation
Kathmandu : In order to continue deepening health cooperation and people-to-people exchanges under the "One Belt, One Road" framework, the...
-
दक्षिण भारतमा बस आगलागीमा कम्तीमा २५ जनाको मृत्यु !
काठमाडाैं । दक्षिणी भारतको कुर्नुल जिल्लामा शुक्रबार बिहान मोटरसाइकलले यात्रु बसलाई पछाडिबाट ठोक्किएपछि बसमा आगो लागेपछि कम्तीमा २५ जनाको मृत्यु...
-
ट्रम्प–पुटिनबीचको वार्ता रद्द भएसँगै युक्रेनमा रूसी हवाई आक्रमण
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनबीचको वार्ता रद्द भएसँगै युक्रेनमा रूसी हवाई आक्रमण भएको...
-
दिल्लीमा वायु प्रदूषण उच्च, दैनिक सीमाभन्दा १६ गुणा बढी एक्यूआई
नयाँ दिल्ली । भारतको सङ्घीय राजधानी दिल्लीमा वायु प्रदूषण उच्च भएको छ । दिल्लीमा वायु गुणस्तर मापन सूचक एक्यूआई ३००...
-
जापानका पूर्वप्रधानमन्त्री तोमिची मुरयामाको १०१ वर्षको उमेरमा निधन !
काठमाडाैं । जापानका पूर्व प्रधानमन्त्री तोमिची मुरयामाको १०१ वर्षको उमेरमा शुक्रबार निधन भएको जापानी अधिकारीहरूले जनाएका छन् । दोस्रो विश्वयुद्धमा...
-
बंगलादेशमा मागियो पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड !
काठमाडौं । बंगलादेशमा अभियोजन पक्षले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिन माग गरेको छ। उनीमाथि गत वर्ष विद्यार्थीहरूको नेतृत्वमा...
-
‘भन्सार शुल्कको डरले देशहरू ‘ब्रिक्स’ बाट बाहिरिन बाध्य’
वासिङटन डीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्कको डरले देशहरू ‘ब्रिक्स’ बाट बाहिरिन बाध्य भएका दाबी गरेका छन् । ह्वाइट...
-
गाजामा इजरायलले गरेको विनाश १३ आणविक बम बराबर, भग्नावशेष हटाउन १५ वर्ष लाग्ने !
यतिबेला गाजापट्टी कुनै भूगोल नभएर बारूदले क्षतविक्षत मानव पीडाको प्रतीक बनेको छ । इजरायलले विगत दुई वर्षमा यहाँ झन्डै २...












