१० थान भरुवा बन्दुक सहित तीन जना पक्राउ
काठमाडौं । बाजुराको गौमुल गाउँपालिका वडा नम्बर ६ सटेडाबाट १० थान भरुवा बन्दुक र ३३ थान बन्दुकको नाल सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौमुल गाउँपालिका वडा नम्बर ६ बस्ने ६३ वर्षीय गोरे लुहार, बडिमालिका नगरपालिका(१ सल्लेनाका ३९ वर्षीय गोरख कार्की र ३७ वर्षीय बुद्ध कार्की रहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
गोरे लुहारको घरमा अवैध भरुवा बन्दुकको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौमुलबाट खटिएको प्रहरी टोलिले घर तलासी गर्दा लुकाई छिपाई राखेका उक्त बन्दुक र बन्दुकका नाल सहित तिनै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप गिरिले बताए ।
यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
पर्सामा सशस्त्र प्रहरीद्वारा १५ करोड १८ लाख बराबारको सामान पक्राउ
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल पर्साले अन्तरदेशीय सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार छली रोक्न उच्च प्राथमिकता दिएको छ...
-
बाँसझ्याङमा सात क्विन्टल लसुन भेटियो
काठमाडौं । झापाको मेचीनगर नगरपालि–६बाट स्थानीय प्रशासनले सात क्विन्टल लसुन बरामद गरेको छ । बाँसझ्याङमा लुकाएको रु तीन लाख पचास...
-
दुबई पठाइदिने भन्दै १९ लाख ठग्ने दुईजना प्रहरी नियन्त्रणमा
काठमाडौं । वैदेशिक रोजगारीमा दुबई पठाइदिने बहानामा रकम ठगेको अभियोगमा धादिङ गङ्गाजमुना गाउँपालिका–४ का सञ्जीव गुरूङ र क्यानडामा अध्ययनरत विद्यार्थीको...
-
सार्वजनिक शौचालयमा नवजात शिशु फेला
काठमाडौं । मकवानपुरको थाहा नगरपालिकामा सार्वजनिक शौचालय नजिकै रहेको झाँडीमा एक नवजात शिशु फेला परेको छ । थाहा नगरपालिका–४ शिखरकोटस्थित...
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो सुनसहित तीनजना पक्राउ
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ दशमलव ७ किलोग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ । विमानस्थलबाट मंगलबारसाँझ...
-
काठमाडौँको बौद्धबाट २० जना जुवाडे पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौँ महानगरपालिका–६ बौद्ध, रामहिटीस्थित रामबहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा सोमबार २० जनालाई नियन्त्रणमा लिएको छ। उनीहरुको...
-
आठ लाखसहित १२ जना जुवाडे पक्राउ
काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिका २ मार्फाका फिरोज लालचनले सञ्चालन गरेको माउन्ट भिल्ला एन्ड रेस्टुरेन्टबाट साढे आठ लाखसहित १२ जना...
-
सहकारी ठगी प्रकरणमा ‘नयाँ ट्विस्ट’ जिबीलाई बचाउँन रास्वपाकै नेताहरुको ‘साँठगाँठ’
काठमाडौं । हतारोमा न्युज लेख्ने ? यसो भन्दै माइक्रोसफ्टमा जागिरको हवाला दिएर आफै हतारोमै "Fake email" को निश्कर्ष निकाल्ने र...
-
पत्नी हत्याको अभियुक्त तीन वर्षपछि कतारमा पक्राउ
काठमाडौं । झापा मेचीनगर नगरपालिका–११ का फरार अभियुक्त ३८ वर्षीय गजेन्द्र वान्तवा राई कतारमा पक्राउ परेका छन् । जिल्ला प्रहरी...