सूचना आयोगको १६ औँ वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष २०८०/०८१ को १६ औँ वार्षिक प्रतिवेदन आज पेस गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सो प्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस गरेका हुन् । उक्त प्रतिवेदन प्रधानमन्त्रीमार्फत सङ्घीय संसद्मा प्रस्तुत गरिने व्यवस्था रहेको छ । सोही अवसरमा आयोगको वर्तमान नेतृत्वको पाँच वर्षे कार्यकालमा निर्णय भएका ‘महत्वपूर्ण आदेश सङ्ग्रह’ को प्रधानमन्त्री ओलीबाट सार्वजनिक गरियो ।
प्रधानमन्त्री ओलीले सूचनाको हकलाई वास्तविक हकका रुपमा स्थापित गर्दै सरोकार भएका पक्षलाई आवश्यक सूचना दिने काममा सरकार र आयोगबीच सहकार्य हुनुपर्ने बताए । उनले लोकतन्त्रका पक्षमा सक्दो कार्यान्वयन गर्दै अराजकतालाई भने निरुत्साहन गर्नुपर्नेमा जोड दिए ।
प्रमुख आयुक्त गुरुङले आफूहरूको पाँच वर्षको कार्यकालमा पाँच हजार एक सय ८२ पुनरावेदन प्राप्त भएकामा ९५ प्रतिशत फच्र्यौट गरिएको जानकारी गराए । वर्तमान प्रमुख आयुक्त गुरुङ, आयुक्तहरू कमला ओली थापा र रत्नप्रसाद मैनालीको कार्यकाल यही मङ्सिर २३ गते सकिँदैछ ।
Comments
अरु समाचार
-
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा समेटिए १० परियोजना(सूचीसहित)
काठमाडौं । नेपाल र चीनबीच बुधबार बेइजिङमा हस्ताक्षर भएको ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा नेपालले प्रस्ताव गरेका १० परियोजना परेका छन्...
-
जनप्रतिनिधिको भूमिका हेरेर जनताले मत परिवर्तन गर्न खोजे : महासचिव पोख्रेल
काठमाडौं। नेकपा एमालेले स्थानीय तहको चुनावी परिणामलाई यथार्थतामा बुझ्न आवश्यक रहेको बताएको छ । एमालेका महासचिव शंकर पोख्रेलले ‘उपचुनावको परिणाम...
-
बीआरआईबाट नेपालले लाभ लिन्छः प्रधानमन्त्री ओली
काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसियिटभ (बीआरआई)बाट नेपालले लाभ लिने बताएका छन्...
-
शिखर धवनको अर्धशतकको मदतमा कर्णालीले दियो काठमाडौंलाई १५० रनको लक्ष्य
काठमाडौं । शिखर धवनले अर्धशतक प्रहार गरेपछि कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमान्डु गुर्खाजलाई १५० रनको लक्ष्य दिएको छ...
-
राष्ट्रपति पौडेल शिक्षण अस्पताल महाराजगञ्ज भर्ना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् । अस्पतालका निमित्त कार्यकारी...
-
दक्षिण कोरियाका राष्ट्रपति सैनिक शासन लगाउने निर्णयबाट पछि हटे
काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल देशमा सैनिक शासन ९मार्शल ल० लगाउने निर्णयबाट पछि हटेका छन् । यो...
-
टिकटकले हटायो छ हजार ७८ भिडियो
काठमाडौँ : टिकटकले नेपालमा दुई महिनामा कम्युनिटी ‘गाइडलाइन्स’ विपरीत पोष्ट गरेका छ हजार ७८ भिडियो हटाइएको छ । अप्रिल र...
-
आजको राशिफलः २०८१ मंसिर १९ गते बुधबार
मेष: नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू पनि बढ्नेछन्। तर दिउँसोदेखि आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। केही अवसर प्राप्त...
-
दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सैन्य शासनको घोषणा
काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले सैन्य शासन लागू गरेका छन् । मंगलबार राति टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन...