अटोले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
काठमाडौं । हेटौंडामा अटोले ठक्कर दिँदा आज बिहान एक पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय शान्तिटोल बस्ने ६८ वर्षीय जनक राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।
उनका अनुसार बिहान सवा ६ बजेको समयमा हेटौंडा बजारबाट चुच्चेखोलातर्फ जाँदै गरेको ना २ ह २६९२ नं.को अटोले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।
उनलाई तत्काल उद्धार गरी हेटौंडा अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता अर्यालले बताए।
अटो चालक सोही ठाउँ बस्ने ३१ वर्षीय शङ्कर सार्कीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
Comments
अरु समाचार
-
एमाले कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा लिङ्थेप नियुक्त
विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा विदुरकुमार लिङ्थेप (सुब्बा) नियुक्त भएका छन्। सोमबार मुख्यमन्त्री एवं एमाले...
-
कोशीको आन्तरिक मामिला मन्त्री बन्दै रेवतीरमण भण्डारी
काठमाडौं । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी नियुक्त हुने भएका छन्। मुख्यमन्त्री हिक्मत कार्कीले नेकपा (एमाले)का...
-
उपराष्ट्रपति यादवद्वारा गढीमाई मेला शुभाराम्भ
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले बारा जिल्लास्थित प्रसिद्ध शक्तिपीठ गढीमाई मन्दिर परिसरमा हरेक पाँच वर्षमा लाग्ने ‘श्री गढीमाई पञ्चवर्षीय मेला’...
-
एमालेले सात जिल्लाको अधिवशेन गर्न बाँकी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सात जिल्लामा अधिवेशन गर्न बाँकी रहेको छ । एमाले निर्वाचन आयोगका अध्यक्ष डा विजय...
-
अनिलको अर्धशतकमा जनकपुरको लगातार दोस्रो जित
काठमाडौं । कप्तान अनिल शाहले अर्धशतक प्रहार गरेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार दोस्रो जित हात पारेको छ...
-
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्दा साढे १० अर्बको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । परिसूचक १९ दशमलव ९७ अङ्कले बढेर दुई हजार...
-
विश्वकै दुर्लभ ह्वेलको अनुसन्धानमा न्युजिल्यान्डका वैज्ञानिक
काठमाडौं । न्युजिल्यान्डका वैज्ञानिकहरूले सोमबारदेखि विश्वकै दुर्लभ मानिएको ह्वेलको विश्लेषण सुरु गरेका छन् । न्युजिल्यान्डको साउथ आइल्याण्डमा यसै वर्षको सुरुमा...
-
एमालेमा वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई प्रदान गर्नुभएको...
-
एनपीएल: कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य
काठमाडौं । कर्णाली याक्सले एनपीएलमा जनकपुर बोल्टस्लाई १४२ रनको लक्ष्य प्रस्तुत गरेको छ । कर्णालीका अर्जुन घर्ती र सोमपाल कामीले...