अर्जुनधारामा बालाचर्तुदशी मेलाको तयारी पूरा
काठमाडौं । पूर्वको पशुपतिनाथ भनेर चिनिने अर्जुनधारा जलेश्वरधाममा बालाचर्तुदशीको अवसरमा आयोजना गरिने ४२औँ वार्षिक अनुष्ठानको तयारी पूरा भएको छ । प्रत्येक वर्ष मार्ग कृष्ण त्रयोदशीको बेलुकादेखि यस क्षेत्रमा लाग्ने मेलाको तयारी पूरा भएको धाम व्यवस्थापन समितिले जनाएको छ ।
समितिका कोषाध्यक्ष मनोज जोशीका अनुसार विश्वशान्ति र पितृ उद्धारका लागि मङ्सिर ८ गतेदेखि सुरु भएको महायज्ञ शनिबार बालाचर्तुदशीको दिनसम्म सञ्चालन हुनेछ । धाममा एक सय आठ आचार्य ब्राह्मणद्वारा श्रीमद्भागवतसहित हवन महायज्ञ भइरहेको उनले जानकारी दिए ।
उक्त अवधिमा पाँच लाख भन्दाबढी आन्तरिक तथा बाह्र श्रद्धालु भक्तजन यस क्षेत्रमा आउने अनुमान गरिएको कोषाध्यक्ष जोशीले बताए । महाभारतकालीन इतिहास बोकेको यस धामले जलेश्वरधामको रूपमा पौराणिक इतिहास उजागर गर्दै विसं २०२३ देखि आधुनिक संरचना बनाउन सुरु गरेको थियो । हालसम्म करिब पाँच बिघा क्षेत्रफलमा बृहत् धाम विकासमा अघि बढिरहेको उनको भनाइ छ ।
धामभित्र एक सय आठ शिवलिङ्ग तथा पार्वती मन्दिर, शनि मन्दिर, यज्ञशाला, मोक्षेश्वर शिव लिङ्ग, अर्जुनवाण मूल पोखरी, पाँचधारा, धान्यचल, कालीनाग मन्दिर, हनुमान स्तम्भ, सन्त निवास भवन, श्री हनुमान लक्ष्मीनारायण तथा नटराज गणपति मन्दिर र गौशला छन् ।
Comments
अरु समाचार
-
‘सम्झना टोल विकास संस्था’ को साधारणसभा सम्पन्न, विकासप्रेमी केदार कार्की पुनः अध्यक्षमा चयन
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं वार्षिक साधारणसभाले केदार कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको...
-
पत्रकार केशव भट्टराई विराटनगरमा सम्मानित
विराटनगर । पत्रकार केशव भट्टराई सम्मानित भएका छन् । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं...
-
‘उत्साहजकरुपमा हुँदैछ मतदाता नामावली संकलन’
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशभर मतदाता नामावली संकलन कार्य तीव्र गतिमा जारी रहेको छ। निर्वाचन आयोगका प्रवक्ता...
-
बाढीपहिरोको क्षतिबाट तीन अर्ब ७८ बराबरको बीमा दाबी
काठमाडौं । गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा तीन अर्ब ७८ करोड ४० लाख ९०...
-
पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन
काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन भएको छ । काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा गएराति...
-
Third Trans-Himalayan Communication and Social Development Conference Kicks Off in Kathmandu
Kathmandu, Nepal – The third Trans-Himalayan Communication and Social Development Conference began on Friday at the Camera Building of the...
-
काठमाडाैंमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन सुरु
काठमाडाैं । काठमाडाैंको बल्खुस्थित पत्रकारिता र आमसञ्चार विभागको क्यामेरा बिल्डिङमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन शुक्रबारबाट सुरु भएको...
-
कोशी प्रदेशकै नमुना मानिन्छ ‘सम्झना टोल विकास संस्था’, शनिबार साधारणसभा
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं वार्षिक साधारणसभा यही कार्तिक २२ गते शनिबार...
-
भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व संकलन
देवदह (रुपन्देही) । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार...












