थाइल्याण्डमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो
काठमाडौं । दक्षिणी थाइल्याण्डमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २५ पुगेका अधिकारीहरूले मङ्गलबार बताएका छन् । अझै केही दिनसम्म भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।
नोभेम्बरको अन्त्यदेखि दक्षिणी थाइल्याण्डका बाह्र प्रान्तमा बाढीले चार लाख १० हजार ४५१ मानिसहरूलाई प्रभावित बनाएको छ ।
थाई सरकारको जनसम्पर्क विभागले पट्टानी, नाराथिवाट, सोङ्खला र याला प्रान्तमा बाढीका कारण २२ हजारभन्दा बढी मानिसहरु बाढीबमाट विस्थापित भएको जनाएको छ ।सोङखलाको पोल्ट्री फार्मका मालिक सुवास बिन–उमाले भन्नुभयो,“बाढीले १० हजार भन्दा बढी कुखुरा नष्ट गर्दा मैले कम्तिमा तीन लाख भाट गुमाएँ ।”
थाई मौसम विभागले मङ्गलबार डिसेम्बर छ सम्म भारी वर्षा जारी रहने चेतावनी दिएको छ । सरकारले बाढी प्रभावित बासिन्दाहरूलाई सहयोग गर्न उद्धार टोली खटाएको र प्रत्येक प्रदेशलाई बाढी राहतका लागि छ करोड भाट तोकिएको छ ।
मङ्गलबार थाई मन्त्रिपरिषद्ले प्रभावितहरूलाई सहयोग गर्न प्रति परिवार नौ हजार भाट भुक्तानलाई अनुमोदन गरेको छ । छिमेकी उत्तरी मलेसियामा प्रकोप अधिकारीहरूले मङ्गलबार बाढीका कारण ९४ हजार भन्दा बढी मानिसहरू अझै पनि आफ्नो घर फर्कन नसकेका जनाएका छन् । पाँच जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ ।
सन् २०११ मा, देशभरि व्यापक बाढीले ५०० भन्दा बढी मानिसहरूको ज्यान लियो र लाखौं घरहरूलाई क्षति पुर्याएको थियो ।
Comments
अरु समाचार
-
सम्झौता अन्तर्गत पहिलो चरणमा ७३७ कैदीलाई रिहा गर्ने इजरायलको घोषणा
काठमाडौं । इजरायलको न्याय मन्त्रालयले शनिबार स्वीकृत गाजा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौताको पहिलो चरणअन्तर्गत ७३७ कैदी बन्दीलाई रिहा...
-
चीनको जनसङ्ख्या घट्ने क्रम जारी
काठमाडौं । छ दशकभन्दा बढीको जनसङ्ख्या वृद्धिपछि जनसङ्ख्या घट्दो क्रममा रहेको चीनको जनसङ्ख्या सन् २०२४ मा लगातार तेस्रो वर्ष जनसङ्ख्या...
-
इमरान खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय
काठमाडौं । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको...
-
रुस र इरानबीच ‘साझेदारी’ सम्झौता हुँदै
काठमाडौं । रुस र इरानले शुक्रबार ‘बिस्तृत रणनीतिक साझेदारी’ सम्झौतामा हस्ताक्षर गर्ने भएका छन् । इरानका राष्ट्रपति मसूद पेजेस्कियानको मस्को...
-
गाजामा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता भएको कतार र अमेरिकाद्वारा जानकारी
काठमाडौं । इजरायल र हमासबीच युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता भएको छ । कतार र संयुक्त राज्य अमेरिकाले गाजा...
-
बलिउड अभिनेता सैफ अलि खानमाथि छुरा प्रहार
काठमाडौं । बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु आक्रमण भएको छ । रातको साढे दुई बजे एक व्यक्तिले अभिनेतामाथि चक्कु...
-
लसएन्जलसमा फैलिएको आगो नियन्त्रणमा आउन सकेन, २४ को मृत्यु, २३ जना बेपत्ता
काठमाडौं । अमेरिकाको लसएन्जलसमा फैलिएको आगो अझै पनि नियन्त्रणमा आउन सकेको छैन । आगोमा जलेर २४ जनाको मृत्यु भइसकेको छ...
-
उत्तर कोरियाद्वारा पूर्वी सागरमा अज्ञात क्षेप्यास्त्र प्रहार
काठमाडौं । उत्तर कोरियाले मङ्गलबार पूर्वी सागरतर्फ अज्ञात प्रक्षेपास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाको सेनाले जापानको सागर भनेर पनि चिनिने पानीको...
-
युक्रेनसँगको युद्धमा ३०० उत्तर कोरियाली सैनिकको मृत्यु
काठमाडौं । युक्रेनसँगको युद्धमा ३०० उत्तर कोरियाली सैनिकको मृत्यु भएको दक्षिण कोरियाली अधिकारीले बताएका छन् । रुसले युक्रेनविरुद्धको युद्धमा करिब...