दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सैन्य शासनको घोषणा
काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले सैन्य शासन लागू गरेका छन् । मंगलबार राति टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै उनले उत्तर कोरियाका कम्युनिष्ट बलबाट देशको सुरक्षा गर्न यो कदम जरुरी भएको बताएका छन् ।
देश विरोधी तत्वलाई ठिक पार्न यसका अलावा अरु कुनै विकल्प नरहेको राष्ट्रपति योलले बताएको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ । उनले सैन्य शासन कहिलेसम्म रहन्छ भन्ने चाहिँ बताएका छैनन् । राष्ट्रपतिले गरेको सम्बोधन लगत्तै दक्षिण कोरियाको सेनाले सम्पूर्ण राजनीतिक गतिविधि र संसदीय कारबाहीलाई निलम्बन गरिएको घोषणा गरेको छ ।
सेनाले कुनै पनि किसिमको राजनीतिक भेला वा सामाजिक रुपमा ‘भ्रम’ फैलिने गतिविधि गरे वारेन्टविनै जोकोही पक्राउ पर्न सक्ने समेत भनेको छ ।स्थानीय समाचार संस्थाहरुलाई उदृत गर्दै बीबीसीले लेखेको छ, ‘संसद् सदस्यहरुलाई अहिले संसद् भवनमा प्रवेश गर्न पनि रोक लगाइएको छ ।’सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरुमा राजधानी सियोलमा रहेको संसद् भवन बाहिर सुरक्षा तैनाथी बढाइएको देखिन्छ ।संसद्मा बहुमत रहेको दक्षिण कोरियाको प्रमुख प्रतिपक्षी दल डेमोक्रेटिक पार्टीले राष्ट्रपतिको कदमलगत्तै आफ्ना संसद्हरुलाई संसद् भवन अगाडि भेला हुन उर्दी जारी गरेको थियो ।
विपक्षी दलले राष्ट्रपति योलले विना कारण आपकालीन सैन्य शासन लागू गरेको प्रतिक्रिया दिएको छ । राष्ट्रपति योलकै पिपल पावर पार्टीका नेता हान डोङले पनि उनको निर्णयलाई गलत भन्दै जनताको साथमा त्यसलाई रोकिने बताएका छन् । योभन्दा पहिले सन् १९७९ मा दक्षिण कोरियामा सैन्य शासन लागू भएको थियो ।
Comments
अरु समाचार
-
एमालेको महाधिवेशन बिथोल्ने नियतसहित कुलमानले नागढुंगाको बाटो बन्द गरे
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले एमालेको महाधिवेशन बिथोल्न भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले नागढुंगाको बाटो बन्द गरेको आरोप लगाएका...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन पूर्वराष्ट्रपति भण्डारीको प्रधानमन्त्री कार्कीलाई आग्रह
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन्...
-
विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारी पूर्पक्षका लागि थुनामा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश...












