राष्ट्रसङ्घले सन् २०२५ मा सहायतका लागि ४७ अर्ब अमेरिकी डलर रकम माग
काठमाडौं । संयुक्त राष्ट्रसङ्घले बढ्दो द्वन्द्व र जलवायु सङ्कटका कारण लाखौं मानिसलाई सहायताको आवश्यक पर्ने भन्दै आगामी वर्षका लागि ४७ अर्ब अमेरिकी डलरभन्दा बढीको माग गरेको छ ।
संयुक्त राष्ट्रसङ्घका नयाँ मानवीय सहायता प्रमुख टम फ्लेचरले जेनेभामा पत्रकारसँग कुरा गर्दै सन् २०२५ लाई ‘चिन्ता’ का साथ हेरिरहेको स्वीकार्नुभएको छ ।
गाजा, सुडान र युक्रेनजस्ता स्थानमा भीषण द्वन्द्व चर्किरहेको र जलवायु परिवर्तन र चरम मौसमले ठूलो क्षति पु¥याइरहेको अवस्थामा संयुक्त राष्ट्रसङ्घले आगामी वर्ष विश्वव्यापी रूपमा ३० करोड ५० लाख मानिसलाई कुनै न कुनै प्रकारको आपतकालीन सहायताको आवश्यकता पर्ने अनुमान गरेको हो ।
फ्लेचरले भन्नुभयो, “हामी अहिले विश्वव्यापी रूपमा कैयौँ–सङ्कटको सामना गरिरहेका छौँ र यो सहयोग विश्वमा बढी सङ्कट झेलिरहेका सबैभन्दा कमजोर मानिसहरूका लागि हो । जलवायु परिवर्तन र द्वन्द्वका कारण सिर्जित असमानताले आवश्यकताको ‘व्यापक माग’लाई निम्त्याएको छ।
’ग्लोबल ह्युमेनिटेरियन ओभरभ्यु’को शुभारम्भ गर्दै फ्लेचरले संयुक्त राष्ट्रसङ्घ र यसका साझेदारहरूले खाँचोमा परेका सबै व्यक्तिसम्म पुग्न नसक्ने बताउनुभयो ।
संयुक्त राष्ट्रसङ्घका निकाय र अन्य मानवीय संस्थाहरूले सन् २०२५ का लागि ४७ अर्ब ४० करोड अमेरिकी डलर माग गरेका छन्, जुन यस वर्षको अपिलभन्दा केही कम हो।
फ्लेचरले भन्नुभयो, “यो योजनापछि पनि अझै ११ करोड ५० लाख अमेरिकी अपुग हुने फ्लेचरले स्वीकार गर्नुभयो ।
विश्वभरका मानवीय कार्यमा ‘दातृ निकायको थकान’ले सहायता कार्यक्रमलाई असर गरिरहेको तर्फ इङ्गित गर्दै उहाँले ‘यथार्थपरक’ योजना तयार पार्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “यसका लागि प्राथमिकता र ‘वास्तवमै कठिन, कठिन छनौट’ को आवश्यकता पर्छ।”
गत महिनासम्ममा यस वर्षका लागि ५० अर्ब अमेरिकी डलर को अपिलमध्ये ४३ प्रतिशत मात्र पूरा भएको थियो ।
यस वर्ष सिरियामा खाद्य सहायतामा ८० प्रतिशतले कमी आएको, म्यान्मारमा सुरक्षा सेवामा कटौती गरिएको र हैजाप्रभावित यमनमा पानी तथा सरसफाइ सहायतामा कमी आएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
तथापि, सशस्त्र द्वन्द्वमा मानिसहरूलाई सहयोग र संरक्षण गर्न सबैभन्दा ठूलो अवरोध भनेको अन्तर्राष्ट्रिय कानूनको व्यापक उल्लङ्घन हो ।
सन् २०२४ मानवीय सहायताकर्मीका लागि सबैभन्दा घातक वर्ष भइसकेको छ । गत वर्ष २८० सहायताकर्मीको मृत्यु भएको थियो ।
फ्लेचरले भन्नुभयो,“विश्वव्यापी मानवीय प्रणाली ‘अत्यधिक बढ्दो गति’मा छ तर आवश्यकताको तुलनामा कम वित्तपोषित छ र यो शाब्दिक रूपमा भन्दा चिन्ताजनक अवस्थामा छ”, फ्लेचरले भन्नुभयो ।
“हामीलाई विश्वव्यापी ऐक्यबद्धतामा वृद्धिको आवश्यकता छ।”
यसैबीच विश्वको सबैभन्दा ठूलो मानवीय दातृ निकाय अमेरिकामा डोनाल्ड ट्रम्पको राष्ट्रपतिमा पुनरागमनले आगामी वर्ष सहायता रकममा वृद्धिको साटो सहायता एजेन्सीको बजेट कटौती हुनसक्ने आशङ्का बढेको छ ।
फ्लेचरले आगामी महिनामा नयाँ प्रशासनसँग जोडिनका लागि वासिङ्टनमा धेरै समय बिताउने योजना रहेको बताउनुभएको छ ।
“धेरै कठिन वैश्विक जलवायु परिवर्तनको चिन्ता केवल अमेरिकाको कारण मात्र नभई अन्य दातृ मुलुकका कारण पनि निम्तिएको र यसलाई सम्बोधन गर्न थप कदम चाल्नु पर्ने आवश्यकता छ,” फ्लेचरले भन्नुभयो ।
संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार सन् २०२४ को मध्यसम्ममा द्वन्द्वका कारण १२ करोड ३० लाख मानिस आफ्नो घरबाट विस्थापित भएर बाँचिरहेका छन् भने विश्वमा हरेक पाँच बालबालिकामध्ये एक जना द्वन्द्वग्रस्त क्षेत्रमा बसिरहेका छन् ।
अझ चिन्ताजनक कुरा के छ भने समुदाय, खाद्य प्रणालीलाई तहसनहस पार्ने र सामूहिक विस्थापन गर्ने जलवायुजन्य विपत्तिहरूले समस्या सिर्जना गरेका छन् ।
उहाँले भन्नुभयो, “मलाई चिन्ता के छ भने आवश्यकताका ती दुई ठूला चालकहरूले अहिले एक साथ समस्याको सिर्जना गरिरहेका छन् ।
Comments
अरु समाचार
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...
-
भेनेजुएलाका राष्ट्रपति अमेरिकी अदालतमा, अस्वीकार गरे आरोप
काठमाडौं । भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मादुरो पहिलोपटक अमेरिकी अदालतमा उपस्थित भएका छन्। संघीय लागूऔषध तस्करी र ‘नार्को–टेररिज्म’ सम्बन्धी आरोपमा...
-
भेनेजुएलाकी उपराष्ट्रपतिलाई ट्रम्पले भने- भनेको नमाने मादुरोभन्दा पनि खराब अवस्था हुनेछ
काठमाडौं । भेनेजुएलाको सर्वोच्च अदालतले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति बनाउने आदेश दिएको छ। यसबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति...
-
भेनेजुएलामा उपराष्ट्रपति रोड्रिगेजलाई अन्तरिम राष्ट्रपतिको जिम्मेवारी
काठमाडौं । भेनेजुएलाको सर्वोच्च अदालतले राष्ट्रपति निकोलस मादुरोको अनुपस्थितिमा उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अन्तरिम राष्ट्रपतिको रूपमा कार्यभार सम्हाल्नुपर्ने फैसला गरेको छ...
-
भेनेजुएलामाथि अमेरिकी सैन्य हस्तक्षेप स्वीकार्य छैन : शंकर पोखरेल
काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकाले भेनेजुएलामा गरेको आक्रमण र राष्ट्रपति दम्पत्तिलाई नियन्त्रणमा लिएको घटना संयुक्त राष्ट्रसंघको बडापत्रको...
-
नयाँ सरकार नबनुन्जेल भेनेजुयलामा अमेरिकी शासन, न्यूयोर्क पुर्याइए राष्ट्रपति मादुरो
काठमाडौं । अमेरिकाले भेनेजुएलामा सैन्य कारबाही गरी राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएर न्यूयोर्क पुर्याएको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति...
-
China appoints new ambassador to Nepal
Kathmandu: The People’s Republic of China has nominated Zhang Maoming, Deputy Director-General of the Asian Affairs Department of the Ministry...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...











