चितवन राइनोज विरुद्ध कर्णाली याक्सको संघर्षपूर्ण जित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले संघर्षपूर्ण जित निकालेको छ । आजा टियु स्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै पहिलो जित निकालेको हो ।
आजको खेलमा विदेशी खेलाडीद्वय शिखर धवन र चाडविक वाल्टनले अनुभवी इनिङ्स खेलेपछि कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पहिलो विजय हात पारेको छ ।
तर कर्णालीको विजय सहज रहेन । विशेषगरी सोहेल तनवीरले १९ औं ओभरमा २ रनमात्र दिएपछि कर्णालीलाई अन्तिम ओभरमा विजयका लागि ९ रन चाहिन्थ्यो । अर्जुन घर्तीले रिजन ढकालको पहिलो तीन बलमा २–२ गरेर ६ रन जोडे । चौथो बलमा उनी ११ रनमा रनआउट भए । अन्तिम २ बलमा ३ रन चाहिने अवस्थामा जिसन मक्सुदले चौका प्रहार गरी कर्णालीलाई जिताए ।
धवनले ४१ बलमा ४५ र वाल्टनले १९ बलमा ३० रन बनाएपछि याक्सले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १ सय ३१ रनको लक्ष्य १ बल अगाडि पूरा गर्यो । तेस्रो खेलमा आएर कर्णालीले पहिलो विजय हात पारेको हो । चितवनले तेस्रो खेलमा पहिलो पराजय भोगेको हो । ४ चौका र १ छक्का प्रहार गरेका धवनलाई यान निकोलास लफ्टी इटोनले कट एन्ड बोल्ड गरे । वाल्टनले ३ छक्का प्रहार गरे । धवनले देव खनालसँग पहिलो विकेटमा १० ओभरमा ५३ र वाल्टनसँग दोस्रो विकेटमा ३३ बलमा ५१ रन जोडेका थिए ।
यसअघि इंग्लिस ब्याटर रवि बोपाराले अर्धशतक बनाए पनि टस हारेर ब्याटिङमा आएको राइनोजले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ३० रनमात्र बनाउन सकेको थियो । बोपाराले ४० बलमा अविजित ५९ रन बनाए । कर्णालीका कप्तान सोमपाल कामीलाई १८ औं ओभरमा लगातार दुई चौका प्रहार गरी उनले आफ्नो अर्धशतक पूरा गरेका थिए । उनले कुल ७ चौका र १ छक्का प्रहार गरे । इनिङ्सको अन्तिम बलमा चौका प्रहार गरेका अर्का भेट्रान शरद भेषावकर ३ बलमा ६ रन बनाई अविजित रहे ।
सोमपालले इनिङ्सको पहिलो बलमा लुक बेन्केन्स्टेनलाई शून्यमा बोल्ड गरेका थिए । दीपक बोहरा ८, विपिन रावल ११ रनमा आउट भए । बोपारा र कप्तान कुशल मल्लले चौथो विकेटमा ४९ बलमा ६० रन जोडेका थिए । मल्लले २७ बल खेली २ चौका र १ छक्कासहित २३ रन बनाए ।
देब्रेहाते स्पिनर विपिन शर्माले ४ ओभरमा २१ रनमात्र खर्चेर ३ विकेट लिए । उनले १७ औं ओभरमा यान निकोलास लफ्टी इटोन (९) र सोहेल तनवीर (०) लाई आउट गरेका थिए । १९ औं ओभरमा उनले अमरसिंह राउटेलालाई ९ रनमा बोल्ड गरे । जिसन मक्सुदले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी र नन्दन यादवले समान १–१ विकेट लिएका थिए ।
Comments
अरु समाचार
-
महिला विश्वकप क्रिकेटमा बंगलादेशसँग नेपाल पाँच विकेटले पराजित
काठमाडौँ । आईसीसी यू-१९ टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो पहिलो खेलमा नेपाल नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको छ...
-
रेसुङ्गा विमानस्थलमा एक महिनादेखि किन हवाई सेवा बन्द ?
गुल्मी: यहाँस्थित रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई सेवा बन्द भएको छ । नेपाल वायु सेवा निगम (नेपाल एयरलायन्स) सँग भएका...
-
कोशी प्रदेश सरकार ‘गेमचेन्जर’ योजना कार्यान्वयनमा तल्लिन छ : मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हाल हिक्मत कार्की तेस्रोपटक २०८१ गत वैशाख २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यसअघि...
-
सुक्खा पहिरोले अवरुद्ध कोशी राजमार्ग खुल्यो
काठमाडौं । सुक्खा पहिरोले अवरुद्ध उत्तर–दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ सेम्बुङमा खाँदबारी–किमाथाङ्का सडकखण्ड एक दिनपछि पुनःसञ्चालनमा आएको छ ।...
-
यू-१९ महिला विश्वकप : बंगलादेश विरुद्ध नेपाल ब्याटिङ गर्दै
काठमाडौं । आइसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत बङ्गलादेशविरूद्धको खेलमा नेपालले टस हारेको छ । मलेसियामा आजदेखि सुरु भएको...
-
पर्यटक भित्र्याउन तीन सय वर्ष पुरानो मौलिक शहरको प्रर्बद्धन
गलकोट (बागलुङ): अहिलेको बागलुङ बजार दुई सय ८४ वर्षभन्दा पुरानो हो । पुरानो बजारमा अहिलेपनि एक सय वर्षभन्दा पहिले बनाइएका...
-
नेपाल अन्तर्रष्ट्रिय चलचित्र महोत्सव चैतमा, ४० देशका ८७ चलचित्र छनोट
काठमाडौँ: ‘नेपाल अन्तर्रष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौँ संस्करण आगामी चैतमा हुँदैछ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने...
-
तराईमा हुस्सु-कुहिरो, स्वास्थ्य सतर्कता अपनाउन आग्रह
काठमाडौँ: पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको...
-
आजको राशिफल: २०८१ माघ ५ गते शनिबार
मेष: अध्ययनमा त्यति समय दिन नसकिएला। नियमित काम र व्यवसाय सामान्य अवस्थामै चल्नेछन्। महत्त्वाकांक्षा पूरा नभए पनि पहिलेको उपलब्धि जोगाउन...