दलीय सहमतिका आधारमा संविधान संसोधन हुन्छः सभापती देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलीय सहमतिका आधारमा संविधान संसोधन हुने बताएका छन्।
शुक्रबार विराटनगर विमानस्थलमा कुरा गर्दै देउवाले संविधान संशोधनका लागि दुई तिहाइ बहुमत चाहिने भएकाले दलीय सहमतिका आधारमा संविधान संसोधन हुने बताएका हुन्।
उनले भने, “दुई तिहाइ बहुमत चाहिने भएकाले संविधान संसोधन दलहरूबीचको सहमतिका आधारमा हुन्छ।” केही दिन पहिले डा शेखर कोइराला पक्षले विराटनगरमा मोरङ जिल्लाका पालिका समितिको आयोजनामा गरेको प्रदेश सभापतिको भेला समानान्तर भेला नभएको देउवाको भनाई छ।
उनले आफूलाई भेलाबारे कुनै जानकारी नै नभएको स्पष्ट पारे। बिआरआई ऋण लिने सम्झौता गरेको विषयमा पत्रकारहरूको प्रश्नमा सभापति देउवाले ऋण लिने सम्झौता नभएको दाबी गरेका छन्।
उनले भने, “ऋण लिएको छैन भने बुझ्नुस्। ऋण लिएकै छैन।” सभापति देउवाले नेपाली कांग्रेसको १५ औं महाअधिवेशन तोकिएकै समयमा हुने स्पष्ट पारे।
Comments
अरु समाचार
-
महावीर पुनले म्याग्दीबाट दिए स्वतन्त्र उम्मेदवारी, रास्वपाले समर्थन गर्ने
काठमाडौं । शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका छन् । उनले जिल्ला निर्वाचन कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता...
-
कांग्रेस सभापति गगन थापा सर्लाही ४ बाट उम्मेदवार !
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
जगदीश खरेलको रास्वपाबाट ललितपुर–२ मा उम्मेदवारी पक्का !
काठमाडौं । सञ्चारमन्त्री पदबाट सोमबार राजीनामा दिएका जगदीश खरेल मंगलबार औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गर्ने भएका छन्...
-
यस्तो छ आज प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता कार्यक्रम, आयोगले भन्यो- तडकभडक नगर्नू
काठमाडौँ – प्रतिनिधिसभा सदस्यका लागि आउँदो फागुन २१ गते हुने निर्वाचनका लागि आज देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ...
-
प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फ आज उम्मेदवारी दर्ता हुँदै
काठमाण्डौ – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले...
-
सुरक्षाको अवस्था राम्रो बनाइनुपर्छ, जुनसुकै अवस्थामा पनि चुनाव लड्छौं :ओली
काठमाण्डाै – नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले जुनसुकै अवस्थामा पनि चुनावमा जाने बताउनुभएको छ ।...
-
बालेनले जनकपुरको भाषणमा भने– म काम गर्ने मान्छे हुँ, भाषण होइन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले आफू भाषणभन्दा काम गर्ने मान्छे भएको बताएका छन्। बालेनले काठमाडौं महानगरपालिकाको...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...











