रुघाखोकी लाग्दैमा जथाभाबी औषधि खानु हुँदैन : चिकित्सक
काठमाडौँ: काठमाडौँसहित देशभर अत्यधिक चिसो बढ्न थालिसकेकाले यो मौसममा रुघाखोकी लाग्दैमा औषधि किनेर नखान विज्ञहरूले सुझाव दिएका छन् ।जाडो मौसममा विशेषगरी बालबालिका तथा ज्येष्ठ नागरिकलाई बढी स्याहारको आवश्यकता पर्दछ । विज्ञहरूले जाडो मौसममा बालबालिकालाई श्वासप्रश्वाससम्बन्धी, रुघाखोकी, घाँटीको सङ्क्रमण, पेट दुखाइलगायत समस्या बढी देखिने भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन् ।
कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा रामहरि चापागाईंले जाडोमा विशेषगरी श्वासप्रश्वाससम्बन्धी रुघाखोकी, निमोनिया, ‘कोल्ड डाइरिया’ (चिसोले हुने झाडापखाला) का समस्या बढी देखिने बताउनुभयो । “चिसोबाट बालबालिकालाई जोगाउन पौष्टिक आहारको जरुरत पर्दछ । जुनसुकै समयमा पनि बालबालिकालाई पौष्टिक आहार आवश्यक पर्ने भए पनि जाडोमा अन्य समयमाभन्दा बढी चाहिन्छ । यसले साधारण रोग पचाउन सहयोग गर्छ”, उहाँले भन्नुभयो । साथै सरकारले उपलब्ध गराएका सबै खोप लगाउनुपर्ने उहाँको भनाइ छ ।
“खोप लगाएका बच्चालाई अरुलाई भन्दा कम रोग लाग्छ । दादुराको खोप लगाएका बच्चालाई निमोनिया हुने जोखिम कम हुन्छ”, डा चापागाईंले भन्नुभयो । जाडोमा बालबालिका चिसो मानेर नुहाउन नमान्ने, हात खुट्टा धुन गाह्रो मान्ने भएकाले पनि रोगको सङ्क्रमण बढी देखिने उहाँको भनाइ छ ।रुघाखोकी लाग्दैमा औषधि खानु वा खुवाउनु नहुने भन्दै कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा चापागाईंले निरन्तर रुघाखोकी लागेमा विशेषज्ञ चिकित्सको परामर्श लिनुपर्नेमा जोड दिनुभयो ।
डा चापागाईंले भन्नुभयो, “सरसफाइमा ध्यान दिन सके जाडो वा गर्मीमा रोग लाग्ने सम्भावना कम रहन्छ । बच्चाहरू चिसोमा नुहाउन अल्छी मान्छन् । सरसफाइ नहुँदा छालाका रोग पनि देखिन सकिन्छ ।” उहाँले जाडो याममा कोठा न्यानो राख्न हिटर तथा कोइला बाल्दा जहिले पनि सफा हावाको आवतजावत हुने वातावरण बनाइराख्न र झ्याल तथा ढोका ड्याम्म नलगाउन आग्रह गर्नुभयो । त्रिवि शिक्षण अस्पतालकी बाल स्वास्थ्य नर्सिङ विभागकी सहप्राध्यापक अप्सरा पाण्डेले जाडो मौसम सुरु भएसँगै अभिभावकले आफ्ना बालबालिकालाई पर्याप्त मात्रामा झोलिलो खान, न्यानो लुगा लगाइदिन, दैनिक १५ देखि ३० मिनेट घाम ताप्न लगाउनेलायत काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुुभयो, “घाम ताप्दा शरीरलाई चाहिने भिटामिन डि प्राप्त हुन्छ र प्रतिरक्षा प्रणाली बलियो बनाउन सहयोग गर्छ । सङ्क्रमणको उच्च जोखिममा रहेका बालबालिकालाई स्वास्थ्यकर्मीको सल्लाह लिएर भाइरल फ्लूविरुद्धको खोपसमेत दिन सकिन्छ । श्वासप्रश्वासको सङ्क्रमण भएका व्यक्तिको सम्पर्कमा जाँदा मास्क लगाइदिनुपर्छ ।”
बाल स्वास्थ्य नर्स डा सुरक्षा सुवेदीले पनि जाडोमा बालबालिकालाई अझ बढी स्याहारको आवश्यकता पर्ने हुनाले तातो तथा झोलिलो खानेकुरामा जोड दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बिहान र साँझ अत्यधिक चिसो हुने भएकाले बच्चालाई चिसोमा खेल्न दिनुहुँदैन । रुखाखोकी लाग्दैमा जथाभाबी औषधि किनेर खुवाउनु हुँदैन । घरभित्रै उफ्रिने खालका व्यायाम गराउँदा उपयुक्त हुन्छ ।”
डा सुवेदीले बालबालिकालाई राति सुत्ने समयमा न्यानो बनाउन मोजा र टोपी अनिवार्य लगाइदिन अभिभावनलाई आग्रह गर्नुभयो । “जाडोमा छाला सुख्खा भइराख्ने हुनाले ‘मोस्चराइजर’ लगाइदिनुपर्छ । हिटर बालेर मसाज गर्दा पनि धेरै बेरसम्म बाल्नुहुँदैन । छालामा असर गर्न सक्छ ।”
कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा चापागाईंले जाडोमा बालबालिकालाई रुघाखोकी बढी देखिने भएकाले अभिभावक आत्तिनु नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “जाडो याममा बच्चाहरूलाई गर्मीमा भन्दा बढी रुघाखोकी लाग्छ । रुघाखोकी लगाउने भाइरस जाडो मौसममा बच्चाको घाँटीमा बढी समयसम्म रहिरहन्छ । सर्न सक्ने सम्भावना पनि बढी हुन्छ ।”पौष्टिक आहार, झोलिलो खानपिन, पर्याप्त मात्रामा आराम गर्दा भाइरल रुघाखोकी पाँच–छ दिनमा हराएर जाने डा चापागाईंले बताउनुभयो । उहाँले रुघाखोकी लाग्दैमा औषधि जथाभावी पसलबाट औषधि किनेर खुवाउन हतार नगर्न अभिभावकलाई सुझाउनुभयो ।
“रुघाखोकी लागेमा न्यानो राख्ने, झोल खानेकुरामा ध्यान दिने र आराम गराउँदा बच्चा निको हुन्छ । रुघाखोकीसँगै सास फेर्न गाह्रो भएमा, कोखा हानेमा, धेरै ज्वरो आएमा, बच्चाले खाना कम गरेमा स्वास्थ्यकर्मीको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्छ”, बालरोग विशेषज्ञ डा चापागाईंले भन्नुभयो ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन पूर्वराष्ट्रपति भण्डारीको प्रधानमन्त्री कार्कीलाई आग्रह
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन्...
-
विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारी पूर्पक्षका लागि थुनामा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश...
-
‘अब फेरि हाहुकै भरमा सरकार बन्दैन, निर्वाचन पछि एमालेकै बन्छ’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि फेरि पनि एमाले सरकारमा आउने बताएका छन् । शनिबार एमाले...
-
निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक तर्फको कार्यक्रम आजदेखि सुरु !
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक...
-
राष्ट्रिय जागृति क्लब गछिया गोल्डकपको फाइनलमा प्रवेश
गछिया, मोरङ। अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि राष्ट्रिय जागृति क्लब र गाईघाट युनाइटेड प्रतिस्पर्धा गर्ने भएका...












