विराटनगरमाथि पोखराको सुपर ओभरमा जित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सविरुद्ध पोखरा एभेन्जर्सले सुपर ओभरमा १३ रनको रोमाञ्चक जित निकालेको छ।
बिहीबार कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलको सुपर ओभरमा पोखराले दिएको १९ रनको लक्ष्य पछ्याउने क्रममा विराटनरले ६ बलमा पाँच रनमात्र बनाउन सक्यो।
सुपर ओभरमा पहिले ब्याटिङमा आएको पोखराले ६ बलमा १८ रन बनाएको थियो। सुपर ओभरमा पोखराका रेमोन रेफरले १७ र आन्द्रियस गौसले एक रन बनाए। सुपर ओभरमा विराटनगरबाट कप्तान सन्दीप लामिछाने बलिङमा आएका थिए। सन्दीपको पहिलो र दोस्रो बलमा रेफरले लगातार छक्का प्रहार गरे। तेस्रो बल सन्दीपले डट फ्याके पनि चौथो बलमा रेफरले पुनः चौका प्रहार गरे। पाँचौँ बलमा रेफरले एक रन लिए। छैटौँ बल गौसले एक रन बनाए।
जवाफी ब्याटिङमा विराटनगरका मार्टिन गप्टिलले पहिलो बलमा एक रन लिए। दोस्रो बलमा विराटनगरका निकोलस किर्टोनले पनि एक रन नै लिए। तेस्रो बलमा गप्टिलले पुनः एक रन नै लिए। पोखराबाट बलिङमा रेमोन रेफरले गरेका थिए। चौथो बल रेफरले डट फ्याँके। पाँचौँ बलमा किर्टोनले एक रन लिए। अन्तिम बलमा जितका निम्ति १५ रन आवश्यक हुँदा रेफरले वाइड फ्याके। पुनः अन्तिम बल रेफरले डट राखेपछि पोखराले सुपर ओभरमा १३ रनको जित निकालेको हो।
त्यसअघि, टस जितेर ब्याटिङमा आएको विराटनगरले पहिलो इनिङको निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३९ रनको योगफल खडा गरेको थियो। १४० रनको लक्ष्यसहित मैदान उत्रिएको पोखराले पनि निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको हो।
Comments
अरु समाचार
-
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
काठमाडौँ: पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको...
-
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
कास्की: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटनसहित खेलकुदको केन्द्र बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ...
-
सिवाईसी नेपाल लघुवित्तको साधारणसभा सम्पन्न, विपन्न नागरिकको हितलाई ध्यान दिइने
पोखरा । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । साधारण सभाले...
-
चिसो र बाक्लो हुस्सुका कारण तराईको जनजीवन प्रभावित
काठमाडौं । केही दिनदेखि बढेको चिसोका कारण तराई मधेशको जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण...
-
बाँसखर्कमा सुन्तला महोत्सव : अतिथिलाई सुन्तलाकै माला, सुन्तला नै उपहार
म्याग्दी: म्याग्दीको सदरमुुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा शुक्रबार सुन्तला महोत्सव भएको छ । महोत्सवमा सुन्तला खेतीसम्बन्धी प्रविधि...
-
नवलपुरमा किसानको तोरी खेतीप्रति आकर्षित बढ्दो
मध्यविन्दु (नवलपरासी): नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसान तोरी खेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको...
-
‘अब बिगतका जस्तो पढ्न पाएर मात्र हुँदैन ’
गोरखा: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षालाई पहिलो प्राथामिकतामा राखेर लगानी गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।...
-
महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको पहिचान खुल्यो
काठमाडौँ: भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका नेपालीको पहिचान खुलेको छ । परराष्ट्र मन्त्रालयले रेल दुर्घटनामा परी...
-
आजको राशिफल : २०८१ माघ १२ गते शनिवार
मेष: स्वास्थ्य कमजाेर रहनेछ, आहारविहारमा सजग रहनुहोला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन...