रवि लामिछानेलाई म्याद थपका लागि अदालत उपस्थित गराइँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालत उपस्थित गराइँदै छ।
विभिन्न सहकारीको रकम अपचलन प्रकरणमा गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई पछिल्लोपटक थपिएको ४ दिनको म्याद आज सकिने भएकाले फेरि अदालत उपस्थित गराउन लागिएको हो।
उनीसँगै ४ जनालाई पनि अदालत उपस्थित गराइँदै छ। गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक लामिछानेसहित पूर्वडीआईजी तथा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीवी राईका साझेदार नेचर हब्र्सका रामबहादुर खनाल र जीवीसँग जोडिएकी लिला पछाइलाई अदालतमा उपस्थित गराउन लागिएको हो।
उनीहरूमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ ।
अझै केही दिन हिरासतमै राखेर अनुसन्धान गर्ने गरी म्याद थपको माग गर्ने र अर्को पटकमा अदालतमा अनुसन्धान प्रतिवेदनसहित मुद्दा पेस गर्ने तयारी रहेको प्रहरीले जनाएको छ।
आज म्याद थपका लागि अदालत उपस्थित गराउने र अर्को पटकमा अभियोग पत्र दायर गर्ने तयारी गरिएको छ।
Comments
अरु समाचार
-
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
काठमाडौँ: पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको...
-
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
कास्की: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटनसहित खेलकुदको केन्द्र बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ...
-
सिवाईसी नेपाल लघुवित्तको साधारणसभा सम्पन्न, विपन्न नागरिकको हितलाई ध्यान दिइने
पोखरा । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । साधारण सभाले...
-
चिसो र बाक्लो हुस्सुका कारण तराईको जनजीवन प्रभावित
काठमाडौं । केही दिनदेखि बढेको चिसोका कारण तराई मधेशको जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण...
-
बाँसखर्कमा सुन्तला महोत्सव : अतिथिलाई सुन्तलाकै माला, सुन्तला नै उपहार
म्याग्दी: म्याग्दीको सदरमुुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा शुक्रबार सुन्तला महोत्सव भएको छ । महोत्सवमा सुन्तला खेतीसम्बन्धी प्रविधि...
-
नवलपुरमा किसानको तोरी खेतीप्रति आकर्षित बढ्दो
मध्यविन्दु (नवलपरासी): नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसान तोरी खेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको...
-
‘अब बिगतका जस्तो पढ्न पाएर मात्र हुँदैन ’
गोरखा: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षालाई पहिलो प्राथामिकतामा राखेर लगानी गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।...
-
महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको पहिचान खुल्यो
काठमाडौँ: भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका नेपालीको पहिचान खुलेको छ । परराष्ट्र मन्त्रालयले रेल दुर्घटनामा परी...
-
आजको राशिफल : २०८१ माघ १२ गते शनिवार
मेष: स्वास्थ्य कमजाेर रहनेछ, आहारविहारमा सजग रहनुहोला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन...