चीनियाँ राष्ट्रपति समक्ष नेपाली राजदूत ओलीले बुझाए ओहोदाको प्रमाणपत्र
काठमाडौं । चीनका लागि नेपाल राजदूत डा. कृष्णप्रसाद ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।
बिहीबार बेइजिङस्थित ग्रेट हल अफ पिपुलमा आयोजित एक समारोहबिच राजदूत ओलीले आफ्नो ओहदाको प्रमाणपत्र राष्ट्रपति सीसमक्ष बुझाएका हुन् ।
नेपाली राजदूत ओलीसँगै विभिन्न २९ मुलुकका राजदूतहरूले सामूहिक रूपमा चिनियाँ राष्ट्रपति सीसमक्ष ओहदाको प्रमाणपत्र बुझाएको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ ।
समारोहमा चिनियाँ राष्ट्रपति सीले राजदूतहरूलाई बधाई दिँदै सफल कार्यकालको कामना व्यक्त गरेका थिए ।
समारोहमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको पोलिट्बयुरो सदस्य वाङ यीलगायतका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो ।
Comments
अरु समाचार
-
नेपाल–चीन वाणिज्य सचिवस्तरीय बैठक: काठमाडौं-ल्हासा बस सेवा पुन: सञ्चालन गरिने
काठमाडौं । नेपाल–चीन वाणिज्य सचिवस्तरीय बैठकले काठमाडौं–ल्हासा बस सेवा पुनः सञ्चालन गर्ने तथा सीमा र व्यापार पूर्वाधार निर्माणलाई तीव्रता दिने...
-
तीन लाख नाघ्यो सुनको मूल्य
काठमाडाैं । नेपालकाे स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुन नौ हजार...
-
निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने
काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ।...
-
कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले पार्टी सभापति गगन थापालाई...
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...











