ताजा समाचार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रू.एक हजार दुई सय र चाँदी प्रतितोला रू. ६५ घटेको हो ।

बिहीबार सुन प्रतितोला रू.एक लाख ५४ हजार दुई सयमा कारोबार भएकामा आज प्रतितोला रू. एक लाख ५३ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी चाँदी बिहीबार प्रतितोला रू. एक हजार नौ सय २५ मा कारोबार भएकामा आज रू. एक हजार आठ सय ६० मा किनबेच हुने महासङ्घले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org