विराटनगरले काठमाडौंलाई दियो ११८ रनको लक्ष्य
काठमडौं । काठमाडौंमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सले काठमाडौं गुर्खाजलाई ११८ रनको सामान्य लक्ष्य दिएको छ।
काठमाडौंको टियुस्थित अन्तराष्ट्रिय मैदानमा आज जारी खेलमा काठमाडौं गुर्खाजले पहिले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको विराटनगर अन्तिम बल खेल्न बाँकी छदा ११७ रनमा अलआउट गरेको हो ।
विराटनगरका लागि ओपनर लोकेश बम ८ रनमा आउट भए भने दीपक बोहरा २० रन, निकोलास किर्टोन १२ रनमै पेभिलियन फर्कदा स्टक इडवार्डले १५ रन र बसिर अहमदले १३ रन जोड्न सके। इस्माल अलाम ५ रन, क्रिस सोल १ रन र कप्तान सन्दीप लामिछाने शून्यमा आउट भए।
राजेश पुलामी मगरले अन्तिम ओभरको तेस्रो बलमा आउट हुनुअघि २५ रन बनाउँदा उनले २१ बलमा १ चौका र १ छक्का प्रहार गरे।
बलिङमा काठमाडौंका गेरार्ल्ड इरासमसले ३ विकेट लिए भने दिपेश कँडेलले २ विकेट लिन सफल भए।
विराटनगर प्लेअफ दौडबाट बाहिरिसकेको छ भने काठमाडौंलाई प्लेअफ पुग्न आजको खेलमा जित निकाल्ने पर्न दबाब रहेको छ।
Comments
अरु समाचार
-
‘उत्साहजकरुपमा हुँदैछ मतदाता नामावली संकलन’
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशभर मतदाता नामावली संकलन कार्य तीव्र गतिमा जारी रहेको छ। निर्वाचन आयोगका प्रवक्ता...
-
बाढीपहिरोको क्षतिबाट तीन अर्ब ७८ बराबरको बीमा दाबी
काठमाडौं । गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा तीन अर्ब ७८ करोड ४० लाख ९०...
-
भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व संकलन
देवदह (रुपन्देही) । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार...
-
टेलिकम कम्पनीको घट्दो आम्दानीमा चर्को करको मार
काठमाडौं । पछिल्ला सात वर्षमा टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानी करिब २८ प्रतिशतले घटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार दुई...
-
असोज महिनामा देशभर एक सय ८५ आगलागीका घटना
काठमाडाैं । गएको असोज महिनामा देशभर एक सय ८५ वटा आगलागीका घटना भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क...
-
पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायमै, केही क्षेत्रमा वर्षा र हिमपात
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। आज दिउँसो कोशी, गण्डकी...
-
लिग-२ : नेपालको लगातार चौंथो हार, अन्तिम खेलमा युएईले ४ विकेटले हरायाे
काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएई र अमेरिकाविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल जितबिहीन बनेको छ। बुधबार दुबईमा भएको अन्तिम...
-
दशौँ राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म गर्ने निर्णय
काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद यसै वर्ष फागुनमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको बुधबार बसेको १२३औं बोर्ड...
-
भैरहवा भन्सार कार्यालयमार्फत ५४ लाख भन्दा बढीकाे फ्रोजन फ्रेन्च फ्राइज अमेरिका निर्यात
काठमाडौं । भैरहवा भन्सार कार्यालयमार्फत ५४ लाख ८८ हजार एक सय ५८ बराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ पहिलो पटक अमेरिका निर्यात...












