सबैपक्षलाई एकत्रित गर्दै सामाजिक एकतालाई बलियो बनाओसः सभामुख घिमिरे
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले उधौली, यःमरी पुन्ही तथा धान्यपूर्णियामा पर्व २०८१ को पावन अवसरमा समाजका सबै पक्षलाई एकत्रित गर्दै सामाजिक एकतालाई बलियो बनाउन, साझा उद्देश्य र धार्मिक भावनाको प्रवर्द्धन गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
सभामुख घिमिरेले आज जारी गरेको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै यी पर्वले आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता विकास गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गरेका हुन् ।
“उधौली पर्वले मानिस र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई बलियो बनाउँदै प्रकृतिप्रति धन्यवाद व्यक्त गर्दछ”, शुभकामना सन्देशमा भनिएको छ, “उधौली पर्वले चिसो मौसमको सुरूआत र न्यानो ठाउँतर्फ गन्तव्य बनाउने परम्परालाई जनाउने भएकाले कृषि चक्रको समापन र नयाँ चक्रको तयारीको सङ्केतका रूपमा बुझ्न सकिन्छ ।”
नेवाः समुदायमा हरेक वर्ष मङ्सिर शुक्ल पूर्णिमाको दिनमा मनाइने ‘यःमरी पुन्ही’ विशेष सांस्कृतिक पर्व भएको र धनधान्यले भरिपूर्ण हुने जनविश्वासले नेवार समुदायमा यःमरी पुन्ही धुमधाम साथ बनाउने प्रचलन रहेको सन्देशमा छ । सन्देशमा भनिएको छ, “यःमरी पर्वले समुदायबीचको आत्मीयता, परिवारमा समर्पण र धार्मिक आस्थालाई बलियो बनाउने विश्वास लिएको छु ।”
नेपाल विविधायुक्त बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएको र संविधानको मर्मअनुसार नेपालमा विभिन्न जातजातिको भाषा, संस्कृतिको संरक्षण विकास र उन्नयनमा काम हुँदै आएकोबारे सबै जानकार भएको सन्देशमा छ ।
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रूपमा मनाउँछन् ।
उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउँछन् । किरातभित्रका जातजातिले उधौलीपर्वलाई फरकफरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने गरिन्छ ।
Comments
अरु समाचार
-
राजस्व सङ्कलनमा चाप छ, लक्ष्य भेट्ने गरी काम गरौँः अर्थमन्त्री पौडैल
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी राजस्व सङ्कलनमा गत वर्षको तुलनामा केही सुधार देखिए पनि चालु आर्थिक वर्षको...
-
नेपाल–चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रमा संयुक्त अनुगमन
सिमकोट (हुम्ला): नेपाल र चीनका सुरक्षाकर्मीले हुम्लाको उत्तरी सीमा क्षेत्रको संयुक्त अनुगमन गरेका छन् । उत्तरी नाम्खा गाउँपालिका–५ हिल्साको किट...
-
शीतलहरसम्बन्धी कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गर्न ध्यानाकर्षण
काठमाडौँ: तराईका अधिकांश जिल्लामा शीतलहर बढ्न थालेको र हिमाली क्षेत्रमा पनि हिमपात भइरहेकाले त्यससम्बन्धी कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि गृह मन्त्रालयको...
-
आजको राशिफल : २०८१ माघ १३ गते आइतवार
मेष: नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला। अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ। तापनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न...
-
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
काठमाडौँ: पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको...
-
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
कास्की: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटनसहित खेलकुदको केन्द्र बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ...
-
सिवाईसी नेपाल लघुवित्तको साधारणसभा सम्पन्न, विपन्न नागरिकको हितलाई ध्यान दिइने
पोखरा । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । साधारण सभाले...
-
चिसो र बाक्लो हुस्सुका कारण तराईको जनजीवन प्रभावित
काठमाडौं । केही दिनदेखि बढेको चिसोका कारण तराई मधेशको जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण...
-
बाँसखर्कमा सुन्तला महोत्सव : अतिथिलाई सुन्तलाकै माला, सुन्तला नै उपहार
म्याग्दी: म्याग्दीको सदरमुुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा शुक्रबार सुन्तला महोत्सव भएको छ । महोत्सवमा सुन्तला खेतीसम्बन्धी प्रविधि...