नेपाल र कोरियाबीच टिआइपीएफ सम्झौता
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र दक्षिण कोरियाका समकक्षी इन्क्यो च्योङबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन फ्रेमवर्क (टिआइपीएफ) सम्झौतामा हस्ताक्षर भएको छ । गणतन्त्र दक्षिण कोरिया र नेपालको द्विपक्षीय सम्बन्ध स्थापित भएको ५० वर्ष पूरा भएका अवसरमा आज दक्षिण कोरियाको राजधानी सोलमा उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो ।
मन्त्री भण्डारीले टिआइपीएफ सम्झौताले दुई देशबीचको कूटनीतिक, सांस्कृतिक र आर्थिक सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे । उनले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएको मन्त्री भण्डारीका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिए ।
उनका समकक्षी मन्त्री च्योङले दक्षिण कोरियाली कम्पनीहरुद्वारा नेपालमा जलविद्युत्, अटोमोबाइल एसेम्बललगायत क्षेत्रमा लगानी गरेको बताए । उनले टिआइपीएफ सम्झौताले दुई देशबीचको सम्बन्ध र आर्थिक सहकार्यलाई नयाँ उचाइमा पु¥याउने बताए । साथै विगतका सौहार्दपूर्ण सम्बन्धको स्मरण गर्दै दुई देश एकअर्काका सहयात्री बन्नुपर्नेमा जोड दिए।
नेपाल र कोरियाका निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको सहभागिता रहेको उक्त कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा लगानीको वातावरण र अवसरहरुबारे प्रस्तुतीकरण गरेका थिए ।
यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय द्विपक्षीय व्यापार महाशाखा प्रमुख तथा प्रवक्ता बाबुराम अधिकारीले नेपालको व्यापारसम्बन्धी विद्यमान नीति तथा सो सम्बन्धमा हाल भइरहेका सुधारका विषयमा प्रस्तुतीकरण गरे ।
कोरिया नेपाल विजनेश फोरमको उक्त कार्यक्रममा नेपालको सरकारी पक्षबाट मन्त्रालय, लगानी बोर्ड, सोलस्थित नेपाली राजदूतावास र नेपालको निजी क्षेत्रका उद्योगी तथा व्यवसायीहरुका तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रढकालसहित करिब ३० जना उद्योगी व्यवसायीको सहभागिता रहेको मन्त्री भण्डारीका स्वकीय सचिव भट्टले जानकारी दिए।
Comments
अरु समाचार
-
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
काठमाडौँ: पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको...
-
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
कास्की: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटनसहित खेलकुदको केन्द्र बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ...
-
सिवाईसी नेपाल लघुवित्तको साधारणसभा सम्पन्न, विपन्न नागरिकको हितलाई ध्यान दिइने
पोखरा । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । साधारण सभाले...
-
चिसो र बाक्लो हुस्सुका कारण तराईको जनजीवन प्रभावित
काठमाडौं । केही दिनदेखि बढेको चिसोका कारण तराई मधेशको जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण...
-
बाँसखर्कमा सुन्तला महोत्सव : अतिथिलाई सुन्तलाकै माला, सुन्तला नै उपहार
म्याग्दी: म्याग्दीको सदरमुुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा शुक्रबार सुन्तला महोत्सव भएको छ । महोत्सवमा सुन्तला खेतीसम्बन्धी प्रविधि...
-
नवलपुरमा किसानको तोरी खेतीप्रति आकर्षित बढ्दो
मध्यविन्दु (नवलपरासी): नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसान तोरी खेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको...
-
‘अब बिगतका जस्तो पढ्न पाएर मात्र हुँदैन ’
गोरखा: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षालाई पहिलो प्राथामिकतामा राखेर लगानी गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।...
-
महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको पहिचान खुल्यो
काठमाडौँ: भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका नेपालीको पहिचान खुलेको छ । परराष्ट्र मन्त्रालयले रेल दुर्घटनामा परी...
-
आजको राशिफल : २०८१ माघ १२ गते शनिवार
मेष: स्वास्थ्य कमजाेर रहनेछ, आहारविहारमा सजग रहनुहोला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन...