नेपाल र कोरियाबीच टिआइपीएफ सम्झौता
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र दक्षिण कोरियाका समकक्षी इन्क्यो च्योङबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन फ्रेमवर्क (टिआइपीएफ) सम्झौतामा हस्ताक्षर भएको छ । गणतन्त्र दक्षिण कोरिया र नेपालको द्विपक्षीय सम्बन्ध स्थापित भएको ५० वर्ष पूरा भएका अवसरमा आज दक्षिण कोरियाको राजधानी सोलमा उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो ।
मन्त्री भण्डारीले टिआइपीएफ सम्झौताले दुई देशबीचको कूटनीतिक, सांस्कृतिक र आर्थिक सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे । उनले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएको मन्त्री भण्डारीका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिए ।
उनका समकक्षी मन्त्री च्योङले दक्षिण कोरियाली कम्पनीहरुद्वारा नेपालमा जलविद्युत्, अटोमोबाइल एसेम्बललगायत क्षेत्रमा लगानी गरेको बताए । उनले टिआइपीएफ सम्झौताले दुई देशबीचको सम्बन्ध र आर्थिक सहकार्यलाई नयाँ उचाइमा पु¥याउने बताए । साथै विगतका सौहार्दपूर्ण सम्बन्धको स्मरण गर्दै दुई देश एकअर्काका सहयात्री बन्नुपर्नेमा जोड दिए।
नेपाल र कोरियाका निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको सहभागिता रहेको उक्त कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा लगानीको वातावरण र अवसरहरुबारे प्रस्तुतीकरण गरेका थिए ।
यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय द्विपक्षीय व्यापार महाशाखा प्रमुख तथा प्रवक्ता बाबुराम अधिकारीले नेपालको व्यापारसम्बन्धी विद्यमान नीति तथा सो सम्बन्धमा हाल भइरहेका सुधारका विषयमा प्रस्तुतीकरण गरे ।
कोरिया नेपाल विजनेश फोरमको उक्त कार्यक्रममा नेपालको सरकारी पक्षबाट मन्त्रालय, लगानी बोर्ड, सोलस्थित नेपाली राजदूतावास र नेपालको निजी क्षेत्रका उद्योगी तथा व्यवसायीहरुका तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रढकालसहित करिब ३० जना उद्योगी व्यवसायीको सहभागिता रहेको मन्त्री भण्डारीका स्वकीय सचिव भट्टले जानकारी दिए।
Comments
अरु समाचार
-
राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य रुपमा मनाइने
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने भएको छ । २००७ साल फागुन ७ गते नेपालमा राणाशासनको अन्त्य गरी...
-
कोइलाखानी विस्फोटमा दाजुभाइको मृत्यु
काठमाडौं । भारतको उत्तर पूर्वमा पार्ने मेघालय राज्यको एक कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिकाका एकै घरका २ दाजुभाइको...
-
निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम
काठमाडौँ। निर्वाचन आयोगले विभिन्न २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको जनाएको छ । आयोगले उपलब्ध गराएको विवरणअनुसार...
-
भण्डारीले सिध्याए निर्वाचन आयोगको साख, अधिकारै नभएको न्यायाधीश नियुक्तिमा लगाम !
काठमाडाैं । नेपाली कांग्रेसको आधिकारिकता विवादमा संस्थापन पक्षको भनाइ राख्ने मौकासमेत नदिई एकोहोरो गगन थापा समूहलाई बैधानिकता दिएपछि विवादमा परेको...
-
निर्वाचन सुरक्षाका लागि आजदेखि फिल्डमा नेपाली सेना
काठमाडौं । आगामी निर्वाचनमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्ने क्रममा आजदेखि नेपाली सेना परिचालन गरिएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ,...
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
रुस–युक्रेनबीच युद्ध अन्त्य गर्न युएईमा वार्ता शुरु हुने पुष्टि
किएभ । रुसले युक्रेन र अमेरिकासँग युएईको अबुधाबीमा चार वर्षे युद्ध अन्त्य गर्न बुधवारदेखि नयाँ चरणको वार्ता शुरु हुने पुष्टि...
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...











