इप्पानले विशेष कार्यक्रमसहित रजत महोत्सव मनाउने
काठमाडौँ: मुलुकको ऊर्जा क्षेत्रको महत्त्वपूर्ण हिस्साका रूपमा रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले विशेष कार्यक्रमसहित आफ्नो स्थापनाको रजत महोत्सव मनाउने भएको छ ।
इप्पानले आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सव आगामी माघ ४ गते विशेष कार्यक्रमसहित मनाउने घोषणा गरेको हो । इप्पानले ‘लिडिङ द इनर्जी प्रस्पोरेटी’ भन्ने नारासहित ‘इप्पान रजत महोत्सव , २०८१’ भव्यताका साथ मनाउन विभिन्न समिति बनाएर कार्यक्रमको तयारी अघि बढाइसकेको इप्पानका अध्यक्ष गणेश कार्कीले बताउनुभयो ।
लगानीको हिसाबले नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो र पाँच सयभन्दा धेरै ऊर्जा उत्पादक कम्पनी सदस्य रहेको ऊर्जा उद्यमीको छाता संस्था इप्पानको यो २५ वर्षे यात्रालाई विशेष स्मरण गराउँदै यस अवधिमा भएका उपलब्धि र प्रगतिलाई प्रस्तुत गर्नका लागि विशेष कार्यक्रमसहित रजत जयन्ती मनाउन गइहेको कार्कीको भनाइ थियो ।
विस २०५७ माघ ४ गते स्थापना भएको इप्पानले विभिन्न आरोहअवरोह पार गर्दै नेपालको ऊर्जा विकासका लागि महत्त्वपूर्ण २५ वर्ष समर्पित गर्दा देशलाई लोडसेडिङमुक्त मात्र नगरी खुद विद्युत् निर्यातकर्ता मुलुक बनाउनमा पनि इप्पानको महत्त्वपूर्ण योगदान रहेको इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले बताउनुभयो ।
देशव्यापी रूपमा विद्युत् उत्पादनसँगै विकास निर्माणका कार्यमा महत्त्वपूर्ण योगदान पुर्याएको निजी क्षेत्रको छाता संस्थाको हैसियतमा इप्पानले रजत जयन्तीको अवसर पारेर इप्पानको २५ वर्षको यात्रा समेटिएको ऊर्जा समृद्धि विशेष स्मारिका प्रकाशन गर्ने भएको छ ।
विशिष्ठ व्यक्तित्वहरूको उपस्थितिमा आयोजना गर्न लागिएको रजत जयन्तीमा तीनवटा प्राविधिक सत्र रहने इप्पानले जनाएको छ । सरकारसहति सरोकारवाला निकायका प्रतिनिधिको सहभागितामा महत्त्वपूर्ण छलफल हुनेछ । विभिन्न सत्रहरूमा ऊर्जाका स्थानीयदेखि सङ्घीयसम्मका समस्या, चुनौती, अवसर, ऊर्जा क्षेत्रको आगामी मार्गचित्र, ऊर्जा नीति तथा ऊर्जा आयोजनाले सामाजिक तथा आर्थिक क्षेत्रमा पुर्याएको योगदानबारे मन्थन हुने इप्पानका महासचिव बलराम खतिवडाले जानकारी दिनुभयो ।
रजत जयन्तीका कार्यक्रम भव्य रूपमा सम्पन्न गर्न इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । उक्त समितिमा उपाध्यक्ष आशिष गर्ग, आनन्द चौधरी, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, भरतबहादुर खत्री, महासचिव बलराम खतिवडा, उपमहासचिव प्रकाश दुलाल, सचिव कविता कँडेल, कोषाध्यक्ष नरेन्द्रबल्लभ पन्त, कार्यसमिति सदस्य उत्तरकुमार श्रेष्ठ र सुमन जोशी सदस्य रहनुभएको छ ।
स्मारिका प्रकाशनका लागि महासचिव बलराम खतिवडाको संयोजकत्वमा समिति गठन गरिएको छ । अन्य समितिमा आर्थिक व्यवस्थापन समितिको संयोजकमा कोषाध्यक्ष नरेन्द्रबल्लभ पन्त, सत्र व्यवस्थापन समितिको संयोजकमा उपाध्यक्ष आनन्द चौधरी, पुरस्कार÷अवार्ड व्यवस्थापन समितिको संयोजकमा उपाध्यक्ष उत्तम भ्लोन लामा, अतिरिक्त क्रियाकलाप व्यवस्थापन समितिको संयोजकमा उपाध्यक्ष रामप्रसाद आचार्य, इभी र्यालीको संयोजकमा उपाध्यक्ष भरतबहादुर खत्री, रजत जयन्ती अवधारणा निर्माणको संयोजकमा उपाध्यक्ष आशिष गर्ग, मञ्च व्यवस्थापन समितिको संयोजकमा उपमहासचिव प्रकाश दुलाल र अतिथि सत्कार व्यवस्थापन समितिको संयोजकमा सचिव कविता कँडेल रहनुभएको छ ।
देशको कुल विद्युत जडित क्षमता करिब तीन हजार तीन सय मेगावाट पुग्दा निजी क्षेत्रको सहभागितामा मात्र दुई हजार छ सय मेगावाट अर्थात् कुल जडित क्षमताको ८० प्रतिशत विद्युत् उत्पादन हुनुका साथै करिब चार हजार एक सय मेगावाट क्षमताका आयोजना निर्माणाधीन छन् । यस्तै, चार हजार तीन सय मेगावाट क्षमताका आयोजना विद्युत् खरिद बिक्री सम्झौता (पिपीए) सम्पन्न गरी वित्तीय व्यवस्थापनको पर्खाइमा छन् ।
यस्तै, १२ हजार पाँच सय मेगावाट क्षमताका आयोजना पिपीएको पर्खाइमा रहेका छन्भने त्यति नै क्षमताका आयोजना अध्ययनको विभिन्न चरणमा छन् । यी आयोजनाको अध्ययनदेखि निर्माणसम्मका विभिन्न चरणमा निजी क्षेत्रको अगुवाइमा रु १५ खर्बभन्दा बढी लगानी भइसकेको छभने सरकारलाई वार्षिक ठूलो मात्रामा रोयल्टी तिर्दै अर्थतन्त्रमा उल्लेखनीय योगदान पनि पुर्याइरहेको छ । गाउँगाउँमा बाटोघाटो, पुलपुलेसा पुर्याउँदै स्थानीयस्तरमा शिक्षा, स्वास्थ्य र पूर्वाधारमा ठूलो रकम सामाजिक उत्तरदायित्वअन्तर्गत निजी क्षेत्रले खर्च गरिसकेको छ ।
Comments
अरु समाचार
-
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
काठमाडौँ: पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको...
-
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
कास्की: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटनसहित खेलकुदको केन्द्र बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ...
-
सिवाईसी नेपाल लघुवित्तको साधारणसभा सम्पन्न, विपन्न नागरिकको हितलाई ध्यान दिइने
पोखरा । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । साधारण सभाले...
-
चिसो र बाक्लो हुस्सुका कारण तराईको जनजीवन प्रभावित
काठमाडौं । केही दिनदेखि बढेको चिसोका कारण तराई मधेशको जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण...
-
बाँसखर्कमा सुन्तला महोत्सव : अतिथिलाई सुन्तलाकै माला, सुन्तला नै उपहार
म्याग्दी: म्याग्दीको सदरमुुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा शुक्रबार सुन्तला महोत्सव भएको छ । महोत्सवमा सुन्तला खेतीसम्बन्धी प्रविधि...
-
नवलपुरमा किसानको तोरी खेतीप्रति आकर्षित बढ्दो
मध्यविन्दु (नवलपरासी): नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसान तोरी खेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको...
-
‘अब बिगतका जस्तो पढ्न पाएर मात्र हुँदैन ’
गोरखा: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षालाई पहिलो प्राथामिकतामा राखेर लगानी गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।...
-
महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको पहिचान खुल्यो
काठमाडौँ: भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका नेपालीको पहिचान खुलेको छ । परराष्ट्र मन्त्रालयले रेल दुर्घटनामा परी...
-
आजको राशिफल : २०८१ माघ १२ गते शनिवार
मेष: स्वास्थ्य कमजाेर रहनेछ, आहारविहारमा सजग रहनुहोला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन...