भरतपुरका पाँच वटा वडा बालमैत्री
काठमाडौं । भरतपुर महानगरपालिका पाँच वडालाई वालमैत्री वडा घोषणा गरिएको छ । महानगर प्रमुख रेनु दाहालले आज वडा नम्बर ६ लाई बालमैत्री वडा घोषणा गरेसँगै यो सङ्ख्या पाँच पुगेको हो ।
भरतपुर महानगरपालिकाका वडा नम्बर १४, २१, २३ र १३ लाई यस अघिनै बालमैत्री वडा घोषणा गरिएको थियो । विसं २०७६ असार २५ गते भरतपुर महानगरपालिका वडा नम्बर १४ लाई पहिलोपटक बालमैत्री वडा घोषणा गरिएको थियो । आर्थिक वर्ष २०८३/८४ सम्ममा महानगरपालिकालाई बालमैत्री घोषणा गर्ने उद्देश्यका साथ बालमैत्री वडा घोषणा गरिएको हो ।
नगरप्रमुख दाहालले महानगरपालिकामा बालमैत्री शासन लागू गर्न र बालश्रम मुक्त वनाउने योजनाका साथ काम भइरहेको बताए । सामुहिक एकता र बलले मात्र कामहरु सफल हुने उल्लेख गर्दै उनले घोषणा भईसकपछि यसको कार्यान्वयनमा वडा र टोलबासीको सहयोग अपरिहार्य रहेको बताए । बालबालिकाको अधिकार सुनिश्चित गर्नका लागि महानगरपालिकाले सक्दो प्रयास गरेको उनको भनाइ थियो ।
बालमैत्री वडा घोषणापछि देखिने चुनौति समाधान गर्न अभिभावकहरुको महत्वपूर्ण भूमिका रहने महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले बताए । बाल अधिकार संरक्षणका लागि स्थानीय बाल अधिकार समिति सधै तयार रहेको उनको भनाइ थियो ।
महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक महाशाखा निर्देशक शान्ताकुमारी पौडेलले बालमैत्री वडा घोषणाका लागि बालमैत्री स्थानीय शासनअन्तर्गत ५१ वटा सूचकाङ्क पूरा गर्नुपर्ने जानकारी दिए । स्थानीय बाल अधिकार समितिले यस वर्ष थप दुईवटा वडालई बालमैत्री घोषणा गर्ने तयारी गरिरहेको पनि उनको भनाइ थियो ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि शर्मा, वडा नम्बर १४ का अध्यक्ष राजेन्द्र शाखी, वडा नम्बर ६ का अध्यक्ष कृष्णलाल श्रेष्ठ, वडा नम्बर ६ का पूर्वअध्यक्ष हरिविलाश कोइराला, नेपाली कांग्रेसका वडा सभापति प्रकाश अधिकारी लगायतले धारणा राखेका हुन्।
Comments
अरु समाचार
-
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
काठमाडौँ: पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको...
-
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
कास्की: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटनसहित खेलकुदको केन्द्र बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ...
-
सिवाईसी नेपाल लघुवित्तको साधारणसभा सम्पन्न, विपन्न नागरिकको हितलाई ध्यान दिइने
पोखरा । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । साधारण सभाले...
-
चिसो र बाक्लो हुस्सुका कारण तराईको जनजीवन प्रभावित
काठमाडौं । केही दिनदेखि बढेको चिसोका कारण तराई मधेशको जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण...
-
बाँसखर्कमा सुन्तला महोत्सव : अतिथिलाई सुन्तलाकै माला, सुन्तला नै उपहार
म्याग्दी: म्याग्दीको सदरमुुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा शुक्रबार सुन्तला महोत्सव भएको छ । महोत्सवमा सुन्तला खेतीसम्बन्धी प्रविधि...
-
नवलपुरमा किसानको तोरी खेतीप्रति आकर्षित बढ्दो
मध्यविन्दु (नवलपरासी): नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसान तोरी खेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको...
-
‘अब बिगतका जस्तो पढ्न पाएर मात्र हुँदैन ’
गोरखा: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षालाई पहिलो प्राथामिकतामा राखेर लगानी गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।...
-
महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको पहिचान खुल्यो
काठमाडौँ: भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका नेपालीको पहिचान खुलेको छ । परराष्ट्र मन्त्रालयले रेल दुर्घटनामा परी...
-
एनआरएनएको ‘दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन’ मार्च १५–१६ मा थाइल्याण्डमा हुँदै
काठमाडौं । संसारभरी छरिएर रहेका एनआरएनए (NRNA)को वृहत् र पृथक दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन (सेकेन्ड इन्टरनेशनल युथ कन्फेरेन्स) आगामी मार्च...