नेपालमा चिनियाँ भाषाको आकर्षण बढ्दो, भाषाका माध्यमबाट चीन चिनाइँदै
काठमाडौं । विश्व बजारमा छिमेकी चीनको प्रभाव विस्तार हुँदै गएका बेला नेपालमा चिनियाँ भाषाप्रतिको आकर्षण बढेको छ । विभिन्न बिद्यालय र विश्वविद्यालयले लागू गरेको चिनियाँ भाषा कार्यक्रममा पछिल्लो समय नेपालीहरुको दिलचस्पी विस्तार भएको देखिन्छ ।
सीमाना जोडिएको मित्रराष्ट्र चीनसँग व्यापार,पर्यटन,शिक्षा,सँस्कृति,कला,सञ्चारलगायत जनस्तरको सम्बन्ध थप कसिलो हुँदै गएकाले चिनियाँ भाषा अध्ययनका लागि धेरै प्रेरित भएको पाइन्छ । यसै सन्दर्भमा नेपालमा लामो समयदेखि चिनियाँ भाषाको प्रवर्धन गर्दै आएको कन्फ्युसियस इन्स्टिच्युटले २०औँ स्थापना दिवस मनाएको छ ।
ललितपुरको ज्यापु समाजमा आज विशेष कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाइएको हो । कार्यक्रममा बोल्दै चीनका मित्रहरूले नेपालमा चिनियाँ भाषाको आकर्षण बढेकोमा खुशी व्यक्त गरे । दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनस्तरसम्म पुर्याउन भाषा र सञ्चार महत्वपूर्ण हुने बताउँदै उनीहरुले त्यसनिम्ति इन्स्टिच्युटले खेलेको भूमिकाको खुलेर प्रशंसासमेत गरेका छन् ।
नेपाल-चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले पनि चिनियाँ भाषाप्रति नेपालीहरुमा बढेको रुचिलाई सकारात्मक भनेका छन् । पछिल्लो समय चिनियाँ पर्यटकको वृद्धि भैरहेकाले यसबाट नेपालीले लाभ लिनसक्ने उनको विश्वास छ । त्यस्तै, भाषाकै आधारमा दुई देशका नागरिक आपसमा जोडिंदै गएको श्रेष्ठले बताए ।
कार्यक्रममा ईन्स्टिच्युटका निर्देशक प्रोफेसर डक्टर लि सुआङ्गछङ्ग,नेपाल प्रवासी चिनियाँ संघका अध्यक्ष जिन सियाओडोङ,चाइना सांस्कृतिक केन्द्रकी निर्देशक सियाओ जियाङ,नेपाल स्वयंसेवक शिक्षक संघका अध्यक्ष लिउ युनहाईको उपस्थिति थियो ।
त्यस्तै,ललितपुर महानगरपालिकाका शिक्षा शाखा प्रमुख देवीप्रसाद उपाध्याय, त्रिभुवन विश्वविद्यालयको कन्फ्युसिअस इन्स्टिच्युटका निर्देशक डा.बलराम दुवाल,ज्यापु समाजका अध्यक्ष सन्तमान महर्जन,नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा.हरिशचन्द्र साह र सिनो नेपाल सांस्कृतिक तथा पर्यटन प्रवर्धन समाजका अध्यक्ष ध्रुव पौडेललगायत पनि उपस्थित थिए ।
स्मरणीय छ,त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयअन्तर्गत कन्फ्युसियस इन्स्टिच्युटले लामो समयदेखि नेपाली नागरिकका लागि नि:शुल्क चिनियाँ भाषा कार्यक्रम चलाउँदै आएका छन् । कन्फ्युसिअस इन्स्टिच्युट र नेपाल चाइना मिडिया फोरमको आयोजनामा केही दिनदेखि काठमाडौँमा नेपाली पत्रकारका लागि भाषा कक्षा सञ्चालन भइरहेको छ ।कार्यक्रममा पाठशाला नेपाल,ख्वप:उच्च मावि,माछापुच्छ्रे स्कूललगायतका छात्रछात्राले कला प्रस्तुति दिएका थिए ।
Comments
अरु समाचार
-
यु–१९ महिला विश्वकप क्रिकेटः नेपालद्वारा मलेसिया पराजित
काठमाडौं । आइसिसी यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको प्लेअफ खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । कप्तान पूजा...
-
प्रधानमन्त्रीद्वारा भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल माध्यमको उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको आज ब्रेक थ्रु गर्दै वर्तमान सरकार मुलुकमा...
-
एक चीन नीतिको सिद्धान्तलाई पालना गर्न बलियो प्रतिबद्धता
काठमाडौँ: सभामुख देवराज घिमिरले एक चीन नीतिको सिद्धान्तलाई दृढतापूर्वक पालना गर्नुका साथै यसप्रतिको नेपालको प्रतिबद्धता बलियो रहिआएको बताउनुभएको छ ।...
-
अमेरिकी डलरको भाउ बढ्दा कुन–कुन विदेशी मुद्राको घट्यो
काठमाडौँ: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज पुनः...
-
आजको राशिफल : २०८१ माघ ११ गते शुक्रवार
मेष: काममा धन र श्रम खर्चनुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला। आफ्नो वस्तुमा अरूले दाबी गर्लान्। दोहोर्याएर...
-
‘सरकार अर्थतन्त्रका समस्या चिन्दै चिर्दै अघि बढ्ने कोसिसमा छ’
काठमाडौँ' उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका समस्या चिन्दै चिर्दै अघि बढ्ने कोसिस गरिरहेको बताउनुभएको छ ।...
-
बलात्कारपछि हत्या गरेको अभियोगमा पाँच भारतीयलाई मृत्युदण्डको सजाय
नयाँ दिल्ली । भारतको एक अदालतले किशोरीको विभत्स सामूहिक बलात्कार र हत्या गरेको साथै उनका बुबा र भतिजीको हत्या गरेको...
-
वायु प्रदुषणका कारण बैङ्ककका करिब २०० विद्यालय बन्द
काठमाडौं । वायु प्रदूषणका कारण बैंककका करिब २०० विद्यालयहरू बिहीबार बन्द गर्नुपरेको स्थानीय अधिकारीले बताएका छन्। मौसमी वायु प्रदूषणले यस क्षेत्रका...
-
महाराष्ट्रमा गुडिरहेको रेल दुर्घटनामा चार नेपालीसहित १३ जनाको मृत्यु
काठमाडौं । भारतको महाराष्ट्र स्थित जलगाउँ रेल दुर्घटनामा परी मृत्यु हुने १३ जनामध्ये ४ जना नेपाली रहेका पुष्टि भएको छ...