कुशल मल्लले डेजर्ट भाइपर्सबाट आईएलटी-२० खेल्ने
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर कुशल मल्लले इन्टरनेशनल लिग टी२० खेल्ने भएका छन् । उनलाई डेजर्ट भाइपर्सको टिमले तेस्रो सिजनका लागि अनुबन्ध गरेको हो ।
मल्ललाई नेदरल्याण्ड्सका अलराउण्डर बास डे लिडेको स्थानमा टिममा भित्र्याइएको हो । डे लिडे चोटका कारण प्रतियोगिताबाट बाहिरिएपछि टिमले मल्ललाई अनुबन्ध गरेको जनाएको छ ।
कुशल मल्ललाई अनुबन्ध गरेकोबारे टिप्पणी गर्दै डेजर्ट भाइपर्स क्रिकेटका निर्देशक टम मुडीले कुशललाई डेजर्ट भाइपर्समा स्वागत गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन् ।
‘उनी युवा खेलाडी भएपनि सानै उमेरमा धेरै अनुभव बटुलिसकेका छन्, उनी भाइपर्सको सेटअपमा महत्वपूर्ण खेलाडी हुनेछन्’, मुडीले भनेका छन् ।
मल्लले ब्याटिङ र बलिङ दुवैबाट टिममा योगदान दिन सक्षम रहेको मुडीले बताए । उनको १४७ हाराहारीको स्ट्राइक-रेटले उनको क्षमता स्प्षट पार्ने समेत उनले बताए । उनलाई भाइपर्समा आबद्ध भएर थप अनुभव मिल्न पनि सहयोग हुनेछ ।
मल्लले भर्खरै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोज टिमको कप्तानी समेत गरेका थिए । उनको टिम चौथो भएको थियो । उनले प्रतियोगितामा ८ खेलमा २२३ रन बनाउनुका साथै ९ विकेट पनि लिएका थिए ।
उनले टी२०आईमा सबैभन्दा छिटो अर्धशतक बनाउने नेपाली खेलाडी हुन् । उनले टी२०आईमा ४७ खेलमा ९१७ रन बनाएका छन् भने १९ विकेट लिएका छन् ।
डेजर्ट भाइपर्सको स्क्वाडमा फकार जमान, एलेक्स हेल्स, साम करान, वानिन्दु हसरङ्गाजस्ता विश्वचर्चित खेलाडीहरू छन् । प्रतियोगिताको तेस्रो संस्करण आगामी जनवरीमा सुरू हुँदैछ ।
Comments
अरु समाचार
-
आजको राशिफल : २०८१ साल माघ ६ गते आइतबार
मेष: पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ।विभिन्न उपहार प्राप्त हुने समय छ।...
-
महिला विश्वकप क्रिकेटमा बंगलादेशसँग नेपाल पाँच विकेटले पराजित
काठमाडौँ । आईसीसी यू-१९ टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो पहिलो खेलमा नेपाल नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको छ...
-
रेसुङ्गा विमानस्थलमा एक महिनादेखि किन हवाई सेवा बन्द ?
गुल्मी: यहाँस्थित रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई सेवा बन्द भएको छ । नेपाल वायु सेवा निगम (नेपाल एयरलायन्स) सँग भएका...
-
कोशी प्रदेश सरकार ‘गेमचेन्जर’ योजना कार्यान्वयनमा तल्लिन छ : मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हाल हिक्मत कार्की तेस्रोपटक २०८१ गत वैशाख २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यसअघि...
-
सुक्खा पहिरोले अवरुद्ध कोशी राजमार्ग खुल्यो
काठमाडौं । सुक्खा पहिरोले अवरुद्ध उत्तर–दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ सेम्बुङमा खाँदबारी–किमाथाङ्का सडकखण्ड एक दिनपछि पुनःसञ्चालनमा आएको छ ।...
-
यू-१९ महिला विश्वकप : बंगलादेश विरुद्ध नेपाल ब्याटिङ गर्दै
काठमाडौं । आइसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत बङ्गलादेशविरूद्धको खेलमा नेपालले टस हारेको छ । मलेसियामा आजदेखि सुरु भएको...
-
पर्यटक भित्र्याउन तीन सय वर्ष पुरानो मौलिक शहरको प्रर्बद्धन
गलकोट (बागलुङ): अहिलेको बागलुङ बजार दुई सय ८४ वर्षभन्दा पुरानो हो । पुरानो बजारमा अहिलेपनि एक सय वर्षभन्दा पहिले बनाइएका...
-
नेपाल अन्तर्रष्ट्रिय चलचित्र महोत्सव चैतमा, ४० देशका ८७ चलचित्र छनोट
काठमाडौँ: ‘नेपाल अन्तर्रष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौँ संस्करण आगामी चैतमा हुँदैछ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने...
-
तराईमा हुस्सु-कुहिरो, स्वास्थ्य सतर्कता अपनाउन आग्रह
काठमाडौँ: पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको...