म्यानमारबाट पाँच जना नेपालीको उद्धार
काठमाडौं । आकर्षक जागिरको प्रलोभन देखाएर म्यानमार पुर्याइएका पाँच जना नेपालीको उद्धार भएको छ । ती नेपालीलाई थाइल्याण्ड हुँदै नेपाल फर्काइएको छ । एक महिलालाई आज र चार पुरुषलाई १७ डिसेम्बरमा नेपाल फर्काइएको नेपाली राजदूतावास, बैंककले जनाएको छ ।
‘म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्याण्ड ल्याइएका पाँच जना नेपाली नागरिकहरुमध्ये चार जना (पुरुष) थाइ सरकारी निकाय, आईओएम थाइल्याण्ड तथा अन्य गैरसरकारी संस्थासमेतको सहयोगमा यही १७ डिसेम्बर २०२४ मा नेपाल फर्काइएको र आज २४ डिसेम्बर २०२४ मा १ जना महिलालाई नेपाल फर्काइएको छ,’ दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ ।
थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधि क्षेत्रमा आकर्षक तलब सुविधा दिने प्रलोभन देखाई नेपालीहरूलाई म्यान्मारको कायिन प्रान्तको मेवाडी पुयाएर जबरजस्ती अवैध काममा लगाउने गरिएको छ । त्यसैले सोमबार मात्रै परराष्ट्र मन्त्रालयले भ्रमपूर्ण विज्ञापन र आश्वासनमा नफस्न अनुरोध गर्दै ट्राभल एडभाइजरी जारी गरेको थियो ।
नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो पैसा कमाउने भनेर कम्वोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायत देशमा रोजगारीमा नजान बैंककस्थित राजदूतावासले सबैलाई अनुरोध समेत गरेको छ ।
Comments
अरु समाचार
-
रूसी ड्रोन आक्रमणमा तीन युक्रेनी सर्वसाधारणको मृत्यु
काठमाडौं । रूसले युक्रेनी राजधानी किएभ नजिकै ड्रोन आक्रमण गर्दा कम्तीमा तीन सर्वसाधारणको मृत्यु भएको छ । युक्रेनले १२ वटा...
-
बाँकेमा पाटेबाघ मृत भेटियो
काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ को कोर क्षेत्रमा पाटेबाघ मृत भेटिएको छ । आज बिहान गएको गस्ती टोलीले उक्त कोर...
-
यु–१९ महिला विश्वकप क्रिकेटः नेपालद्वारा मलेसिया पराजित
काठमाडौं । आइसिसी यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको प्लेअफ खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । कप्तान पूजा...
-
गाजाको भग्नावशेष हटाउन पाँच बर्ष लाग्ने
काठमाडौं । युद्धग्रस्त मध्यपूर्वी मुलुक गाजामा रहेका भग्नावशेष हटाउन पाँच बर्षसम्म लग्ने प्यालेष्टिनी अधिकारीले बताएका छन् । पर्याप्त रकम र...
-
बङ्गलादेश र विश्व बैङ्कबीच तीन करोड अमेरिकी डलर ऋण सम्झौता
काठमाडौं । बङ्गलादेश सरकार र विश्व बैङ्कबीच पूर्वी क्षेत्रमा विद्युत् प्रसारण सञ्जाल विस्तारका लागि थप दुई करोड २९ लाख एसडीआर...
-
सिद्धबाबा सुरुङ आज ‘ब्रेक थ्रु’ हुँदै
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम (‘ब्रेक थ्रु’) आज हुँदैछ । सिद्धार्थ राजमार्गअन्तर्गत...
-
कुवामा डुबेर वृद्धाको मृत्यु
काठमाडौं । कुवामा डुबेर एक जनाको मृत्यु भएको छ । पालुङटार नगरपालिका–६, ठूलाचौर घर भएकी ६७ वर्षीया कृष्णामाया कामीको डुबेर...
-
सुनको मूल्य प्रतितोला एक हजारले बढ्यो
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेसँगै स्थानीय बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला...
-
त्रिवेणी माध्यमिक विद्यालय बाह्रबिसेको हिरकजयन्ती माघ १० गतेदेखी १६ गतेसम्म हुने
काठमाडौं । सङ्खुवासभा जिल्ला, सभापोखरी गाँउपालिकाको केन्द्रमा रहेको त्रिवेणी माध्यमिक विद्यालय बाह्रबिसेले २०८१ माघ १० गतेदेखी १६ गतेसम्म ६०औं वार्षिकोत्सव...