वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्याउने सहमति
काठमाडौं । प्रतिनिधिसभा कानुन, न्याय तथा मानव अधिकार समितिमा वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्याउने विषयमा सहमति भएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ को (१) मा प्रतिष्ठानले स्वास्थ्य सेवामा उच्चस्तरीय अध्ययन तथा अनुसन्धान गर्न आफ्नो छुट्टै अस्पताल स्थापना गरी सञ्चालन गर्न वा सरकारको केन्द्रीय अस्पतालसँग द्विपक्षीय सम्झौता गरी त्यस्तो अस्पतालाई शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न उक्त सहमति भएको हो ।
समितिका सभापति विमला सुवेदीले समितिको निर्णय सुनाउँदै भने, “दफा १२ मा सरकारले विधेयकमा भएको व्यवस्थाअनुसार पारित गर्ने र दफा ४४ मा भएको व्यवस्थामा वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्टिने विषय समितिले पारित गरेको छ ।”
समितिका सदस्य महेश बर्तौला, रञ्जुकुमारी झा, धु्रवबहादुर प्रधान र रामकुमार राईलगायत सदस्यले सरकार मातहतमा एउटा केन्द्रीय अस्पताल हुनुपर्ने र सरकारको स्वामित्वमा वीर अस्पताल राख्नुपर्ने धारणा राखे ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले औषधि ऐन संशोधन गर्नका लागि सरकारले मस्यौदा तयार गरिरहेको र संशोधन नहुँदा काम गर्न व्यावहारिक कठिनाइ भएको बताए । दफा १२ मा औषधि ऐन २०३५ का विषयमा छलफल थियो । उक्त दफामा औषधि उत्पादन, अनुज्ञापत्र, सिफारिसपत्र र प्रमाणपत्रको अवधि र नवीकणको विषयहरु रहेको थियो ।
सरकारले उत्पादन अनुज्ञापत्र पाँच वर्ष, प्रमाणपत्र तीन वर्ष, सिफारिसपत्र तीन वर्ष र प्रमाणपत्र तीन वर्ष तोकिएको र अवधि समाप्त हुनुअघि सम्बन्धित व्यक्तिले तोकिएको दस्तुर तिरेर नवीकरण गर्न सकिने व्यवस्था गरेको थियो । सोही व्यवस्थाप्रति समितिले पनि सहमति जनाएको छ ।
Comments
अरु समाचार
-
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
काठमाडौँ: पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको...
-
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
कास्की: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटनसहित खेलकुदको केन्द्र बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ...
-
सिवाईसी नेपाल लघुवित्तको साधारणसभा सम्पन्न, विपन्न नागरिकको हितलाई ध्यान दिइने
पोखरा । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । साधारण सभाले...
-
चिसो र बाक्लो हुस्सुका कारण तराईको जनजीवन प्रभावित
काठमाडौं । केही दिनदेखि बढेको चिसोका कारण तराई मधेशको जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण...
-
बाँसखर्कमा सुन्तला महोत्सव : अतिथिलाई सुन्तलाकै माला, सुन्तला नै उपहार
म्याग्दी: म्याग्दीको सदरमुुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा शुक्रबार सुन्तला महोत्सव भएको छ । महोत्सवमा सुन्तला खेतीसम्बन्धी प्रविधि...
-
नवलपुरमा किसानको तोरी खेतीप्रति आकर्षित बढ्दो
मध्यविन्दु (नवलपरासी): नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसान तोरी खेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको...
-
‘अब बिगतका जस्तो पढ्न पाएर मात्र हुँदैन ’
गोरखा: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षालाई पहिलो प्राथामिकतामा राखेर लगानी गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।...
-
महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको पहिचान खुल्यो
काठमाडौँ: भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका नेपालीको पहिचान खुलेको छ । परराष्ट्र मन्त्रालयले रेल दुर्घटनामा परी...
-
एनआरएनएको ‘दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन’ मार्च १५–१६ मा थाइल्याण्डमा हुँदै
काठमाडौं । संसारभरी छरिएर रहेका एनआरएनए (NRNA)को वृहत् र पृथक दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन (सेकेन्ड इन्टरनेशनल युथ कन्फेरेन्स) आगामी मार्च...