काठमाडौँवासीलाई बाह्रै महिना शुद्ध खानेपानी उपलब्ध गराउने मन्त्रालयको तयारी
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँवासीलाई बाह्रै महिना मेलम्चीको शुद्ध, सफा खानेपानी उपलब्ध गराउने वातावरण तयार गर्न मन्त्रालयले पहल गरिरहेको बताएका छन् ।
मन्त्रालयका कर्मचारी तथा पदाधिकारीसँग आज भएको छलफलमा मन्त्री यादवले काठमाडौँ उपत्यकामा चौबीसै घण्टा मेलम्चीको शुद्ध खानेपानी उपलब्ध गराउने गरी काम गर्नुपर्नेमा जोड दिए।
‘नागरिकले महसुस गर्नेगरी काम अगाडि बढाऔँ, मन्त्रालयबाट आवश्यक सहयोग र समन्वय हुनेछ, अधुरा कामलाई तीव्र रूपमा सम्पन्न गर्नुपर्छ’, उनले भने, ‘काठमाडौँवासीले बाह्रै महिना शुद्ध र सफा खानेपानी पाउनुपर्छ, सोहीअनुसार वातावरण तयार गरौँ ।’
मन्त्री यादवले मेलम्चीको खानेपानी काठमाडौँ उपत्यकामा ल्याउने विषयमा सिन्धुपाल्चोकको हेलम्बुबासीका साथै त्यहाँका सङ्घर्ष समिति र मन्त्रालयबीचमा भएको सहमति कार्यान्वयनका लागि आवश्यक पहल गर्न मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिए ।
उनले भने, ‘नागरिकका समस्या समाधान गर्नु हाम्रो दायित्व हो, काठमाडौँमा मेलम्चीको पानी ल्याउने समयमा हेलम्बुका नागरिकसँग विगतमा भएका सहमति कार्यान्वयनका लागि आवश्यक पहल गर्नुपर्छ ।’
जनतालाई स्वच्छ, सफा पानी वितरण गर्नु मन्त्रालयको पहिलो प्राथमिकतामा रहेको बताउँदै मन्त्री यादवले यसका लागि मन्त्रालयले योजनाबद्ध रूपमा काम गरिरहेको उल्लेख गरे। साथै आवश्यकता अनुसार सम्बन्धित मन्त्रालय र अन्य सरोकार भएका निकायसँग पनि छलफल गरी काम गरिरहेको उनले बताए।
गत असोज ११ गतेदेखि आएको बाढीबाट क्षतिग्रस्त ललितपुरको धोबीघाट फोहर पानी प्रशोधन केन्द्र यथाशीघ्र सञ्चालनमा ल्याउन मन्त्री यादवले निर्देशन दिए। उनले उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयसहित मातहतका निकायलाई बाढीका कारण क्षति पुगेको उक्त केन्द्र यथाशीघ्र मर्मत गरी सञ्चालन ल्याउन निर्देशन दिएका हुन् ।
ललितपुरको धोबीघाटस्थित प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेर हस्तान्तरण गर्ने तयारी भएकामा गत असोज ११ गते आएको बाढीले त्यहाँ रहेका भौतिक संरचना तथा उपकरणमा क्षति पुर्याएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रशासन प्रमुख राजेन्द्रबहादुर बमले जानकारी दिए ।
Comments
अरु समाचार
-
समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना नरहेको अध्यक्ष यादवको भनाइ
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तत्कालै समाजवादी मोर्चासँग सहकार्यको सम्भवना नरहेको स्पष्ट पारेका छन्। बलिदान दिवसका अवसरमा...
-
कोशी प्रदेश सरकार ‘गेमचेन्जर’ योजना कार्यान्वयनमा तल्लिन छ : मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हाल हिक्मत कार्की तेस्रोपटक २०८१ गत वैशाख २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यसअघि...
-
फलाम खानी र मल कारखाना खुल्दैछ, ऊर्जा खपतको चिन्ता गर्नुपर्दैन : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलाम खानी र मल कारखानाजस्ता ठूला उद्योग स्थापना हुने क्रममा रहेका र बन्द...
-
नेपाल-भारत सीमास्तम्भको मर्मत सुरु
काठमाडौं । कैलालीमा नेपाल भारत सीमामा रहेका सीमास्तम्भ मर्मत तथा रङरोगन सुरु भएको छ । बिहीबार कैलाली जिल्लाका प्रमुख जिल्ला...
-
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्नेलाई कडा कारबाही गरियोस्: एमाले प्रचार विभाग प्रमुख गौतम
काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको दुर्व्यवहारको निष्पक्ष छानबिन गर्न नेकपा (एमाले) ले माग गरेको छ । एमाले प्रचार...
-
शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत रहेको बताएका छन् । पोखरा स्वास्थ्य...
-
९८ प्रतिशत नागरिकमा आधारभूत खानेपानीको पहुँच: खानेपानी मन्त्री यादव
काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले ९८ प्रतिशत नागरिकमा आधारभूत खानेपानीको पहुँच पुगेको दाबी गर्नुभएको छ ।बिहीबार राष्ट्रिय भूकम्प सुरक्षा...
-
कांग्रेस नेता डा कोइराला र बेलायतका पूर्व विदेशमन्त्रीबीच भेटवार्ता
काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोेइराला र बेलायतका पूर्व विदेशमन्त्री जेम्स क्लेभर्लीबीच भेटवार्ता भएको छ । बेलायतको भ्रमणमा...
-
प्रधानमन्त्रीद्वारा स्वास्थ्य विज्ञान प्रतिष्ठानका भवन उद्घाटन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कास्कीस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक तथा आकस्मिक भवनको उद्घाटन गर्नुभएको छ । प्रतिष्ठानको...