अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमणमा ४६ जनाको मृत्यु
काठमाडौं । अफगानिस्तानको पूर्वी सीमावर्ती प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा परी ४६ जनाको मृत्यु भएको तालिबान सरकारका प्रवक्ताले बुधबार एएफपीलाई जानकारी गराएका छन् ।
“प्रवक्ता जबीहुल्लाह मुजाहिदले भने, “मङ्गलबार राति पाकिस्तानले पक्तिका प्रान्तको बरमल जिल्लामा चार स्थानमा बमबारी गरेको थियो। मृत्यु हुनेको कुल सङ्ख्या ४६ पुगेकोे छ । मृतकमध्ये अधिकांश बालबालिका र महिला रहेका छन्।”
उनका अनुसार घटनामा अन्य छ जना घाइते भएका छन् । अफगानिस्तानको रक्षा मन्त्रालयले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै अफगान भूमिमा पाकिस्तानले गरेको पछिल्लो आक्रमणको निन्दा गर्दै यसलाई ‘बर्बर’ र ‘स्पष्ट उत्तेजना’ भनेको छ ।
सरकारमा रहेका तालिवान अधिकारीहरूको नाममा जारी विज्ञप्तिमा भनिएको छ, “इस्लामिक इमिरेट्स (अफगानिस्तान)ले यो कायरतापूर्ण कार्यलाई अनुत्तरित छोड्ने छैन, अफगानिस्तान आफ्नो भूभाग र सार्वभौमिकताको रक्षालाई आफ्नो अविभाज्य अधिकार ठान्छ।”
गत मार्चमा अफगानिस्तानको सीमावर्ती क्षेत्रमा पाकिस्तानी सेनाले गरेको हवाई आक्रमणमा आठ जना सर्वसाधारणको मृत्यु भएको तालिवान अधिकारीले जनाएका थिए । बरमालनिवासी मलीलले एएफपीसँग कुरा गर्दै मङ्गलबारको आक्रमणमा एकै परिवारका १८ जनाको मृत्यु भएको एएफपीसँग बताए ।
उनले भने, “बमबारीले दुई–तीन वटा घरमा क्षति पुयायो, एउटा घरमा पूरै परिवारसहित १८ जनाको मृत्यु भएको छ ।” अर्को घरमा भएको आक्रमणमा परी तीन जनाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएको र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको जानकारी उनले दिए ।
सन् २०२१ मा तालिवान सरकारले सत्ता कब्जा गरेपछि दुई देशबीच सीमा तनाव बढेको छ भने पाकिस्तानले आफ्नो पश्चिमी सीमा क्षेत्रमा लडाकू हिंसाको पुनरुत्थानसँग जुधिरहेको छ । इस्लामाबादले काबुलका तालिवान अधिकारीहरूले लडाकुहरूलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ र उनीहरूलाई पाकिस्तानी भूमिमा दण्डहीनताका साथ आक्रमण गर्न अनुमति दिएको छ।
काबुलले भने उक्त आरोपको खण्डन गर्दै आएको छ । तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) का नामले चिनिने र आफ्ना अफगान समकक्षीसँग साझा विचारधारा राख्ने पाकिस्तानी तालिबानले गत साता अफगानिस्तानसँग सीमा जोडिएको सेनाको चौकीमा आक्रमण गर्दा १६ सैनिकको मृत्यु भएको पाकिस्तानी गुप्तचर अधिकारीहरूले बताएका थिए ।
अफगान भूमिमा भएको पछिल्लो आक्रमणबारे पाकिस्तानी अधिकारीहरूले कुनै आधिकारिक टिप्पणी गरेका छैनन् । काबुलको भ्रमणमा रहेका अफगानिस्तानका लागि पाकिस्तानका विशेष दूतसँग तालिबानका उच्च अधिकारीहरूले मङ्गलबार भेटवार्ता गरेका थिए ।
Comments
अरु समाचार
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...
-
भेनेजुएलाका राष्ट्रपति अमेरिकी अदालतमा, अस्वीकार गरे आरोप
काठमाडौं । भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मादुरो पहिलोपटक अमेरिकी अदालतमा उपस्थित भएका छन्। संघीय लागूऔषध तस्करी र ‘नार्को–टेररिज्म’ सम्बन्धी आरोपमा...
-
भेनेजुएलाकी उपराष्ट्रपतिलाई ट्रम्पले भने- भनेको नमाने मादुरोभन्दा पनि खराब अवस्था हुनेछ
काठमाडौं । भेनेजुएलाको सर्वोच्च अदालतले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति बनाउने आदेश दिएको छ। यसबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति...
-
भेनेजुएलामा उपराष्ट्रपति रोड्रिगेजलाई अन्तरिम राष्ट्रपतिको जिम्मेवारी
काठमाडौं । भेनेजुएलाको सर्वोच्च अदालतले राष्ट्रपति निकोलस मादुरोको अनुपस्थितिमा उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अन्तरिम राष्ट्रपतिको रूपमा कार्यभार सम्हाल्नुपर्ने फैसला गरेको छ...
-
भेनेजुएलामाथि अमेरिकी सैन्य हस्तक्षेप स्वीकार्य छैन : शंकर पोखरेल
काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकाले भेनेजुएलामा गरेको आक्रमण र राष्ट्रपति दम्पत्तिलाई नियन्त्रणमा लिएको घटना संयुक्त राष्ट्रसंघको बडापत्रको...
-
नयाँ सरकार नबनुन्जेल भेनेजुयलामा अमेरिकी शासन, न्यूयोर्क पुर्याइए राष्ट्रपति मादुरो
काठमाडौं । अमेरिकाले भेनेजुएलामा सैन्य कारबाही गरी राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएर न्यूयोर्क पुर्याएको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति...
-
China appoints new ambassador to Nepal
Kathmandu: The People’s Republic of China has nominated Zhang Maoming, Deputy Director-General of the Asian Affairs Department of the Ministry...











