गुल्मीको छत्रकोटमा जिप लाइन सञ्चालनमा
काठमाडौं । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले जिप लाइन सञ्चालनमा ल्याएको छ । पालिकाले स्थानीय स्तरमै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले संरचना निर्माण गरेर जिप लाइन सञ्चालनमा ल्याएको हो ।
गुल्मी जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्री सहित जिल्लाका १२ वटा स्थानीय सरकार प्रमुख तथा छिमेकी जिल्लाका स्थानीय सरकार प्रमुखहरूको सहभागितामा जिप लाइन शुभारम्भ गरिएको छ । जिप लाइनको शुभारम्भ कार्यक्रममा स्थानीय सरकार प्रमुखहरुले साहसिक खेल जिप लाइन चढेर त्यसको रमाइलो अनुभूति समेत लिएका थिए । पालिकाले पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले छत्रकोट देवालय मन्दिरबाट देवी भगवती मन्दिरसम्म पुग्ने गरि जिप लाइन निर्माण गरेको छ ।
गाउँपालिकाको वडा नम्बर–३ को छत्रकोट देवालय मन्दिर देखि अर्को भगवती मन्दिर–लुम्छा सम्म पुग्ने गरि जिप लाइन निर्माण कार्य गरिएको छ । यसले त्यस क्षेत्रमा रहेका दुईवटा मन्दिर जोडेको छ । जसले गर्दा पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।
पालिकाले पर्यटन प्रवद्र्धन गर्न पालिका भित्र संरचना निर्माणसँगै धार्मिक, साँस्कृतिक र पुरातात्त्विक महत्वका धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण, संवद्र्धन र प्रचारप्रसार गरेर आन्तरिक पर्यटनलाई थप प्रभावकारी बनाउने गरि अगाडी बढेको छ । जिप लाइनको शुभारम्भ गर्दै जिल्ला समन्वय समितिका प्रमुख द्रोर्ण खत्रीले स्थानीय सरकारले पर्यटकीय क्षेत्रमा गरेको लगानीले जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए ।
१ हजार ८० मिटर लम्बाई रहेको जिप लाइनको ६७ मिटरको उचाइ रहेको छ जिप लाइनको ८६ लाख ७३ हजार १ सय ४४ रुपैयाँ लागतमा निर्माण भएको हो । लुम्बिनी प्रदेश सरकार र छत्रकोट गाउँपालिकाको समपूरक बजेटमा सानु सेती देवी कन्ट्रक्सन प्रालिले निर्माण गरेको छ ।
जिप लाइन चढ्नको लागि गाउँपालिका वासीहरूको लागि ४ सय रुपैयाँ, विद्यार्थीहरूको लागि ३ सय रुपैयाँ, पालिका बाहिरका नागरिकको लागि ५ सय रुपैयाँ र विदेशी नागरिकको लागि १ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको पुरीले बताए ।
Comments
अरु समाचार
-
कांग्रेसका सभापति देउवा भारत जाने
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा भारत जाने भएका छन् । उत्तरप्रदेशस्थित प्रयागराजमा भइरहेको महाकुम्भ...
-
असमानता, गरिबी र भ्रष्टाचारलाई चिरेर सरकार अघि बढ्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै समाजमा व्याप्त असमानता, गरिबी र भ्रष्टाचारको...
-
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ घोषणा
काठमाडौं । सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुयाउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा...
-
प्रकृति लम्सालको शव आज नेपाल ल्याइने
काठमाडौं । भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को होस्टेलमा मृत फेला परेकी नेपाली छात्रा प्रकृति लम्सालको शव बुधबार...
-
‘लाज शरणम’ चलचित्रको प्रचारप्रसार रोक्न पाटन उच्च अदालतको आदेश
काठमाडौं – पाटन उच्च अदालतले ‘लाज शरणम’ चलचित्रको प्रचारप्रसार रोक्न अन्तरिम आदेश जारी गरेको छ। मंगलबार पूर्वमन्त्री मोहम्मद अफताव आलमको...
-
आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाण्डौ । आज राष्ट्रिय प्रजातन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य...
-
आजको राशिफल: २०८१ फागुन ७ गते बुधबार
मेष: व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। अतिथिको रूपमा...
-
केआइआइटी घटनाकाे समस्या समाधान नगरिए अनुमतिपत्र स्थगित गर्ने मन्त्रालयकाे चेतावनी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति...
-
स्ववियूको निर्वाचन आगामी चैत ५ गते गर्ने
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय भएको छ । शिक्षा, विज्ञान तथा...