महाअभियोग लगाइएका दक्षिण कोरियाली राष्ट्रपति युनविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलविरूद्धको महाभियोग प्रस्ताव तत्कालका लागि विफल भएको छ ।
नेशनल एसेम्बलीमा उक्त विधेयक मतदान प्रक्रियाका लागि अघि बढाउन पर्याप्त सङ्ख्या नपुगेकाले महाभियोग प्रक्रिया अघि बढ्न नसक्ने सभामुखले घोषणा गरेसँगै महाभियोग प्रस्तावमाथिको प्रक्रिया रोकिएको हो । उक्त प्रस्ताव अनुमोदनका लागि २०० मत आवश्यक रहेको थियो ।
महाभियोग प्रस्तावको पक्ष वा विपक्षमा भएको मतदानमा राष्ट्रपति युनको पिपुल्स पावर पार्टी (पिपिपी)का तीन जना संसद् सदस्यबाहेक अन्यले मतदान बहिस्कार गरेपछि प्रस्ताव विफल भएको हो ।
प्रस्ताव पारित हुनका विपक्षी दलका १९२ सदस्यबाहेक अन्य (सत्तारूढ दलका) आठ सदस्यले प्रस्तावको पक्षमा मतदान गर्नुपर्ने थियो तर प्रस्तावको पक्षमा तीन सांसदले मात्रै मतदान गरेका बताइएको छ ।
‘सैन्य कानुन’ लगाएकोमा माफी मागेका राष्ट्रपति योललाई पदबाट हटाउन माग गर्दै दशौँ हजार संसद् भवनबाहिर जम्मा भएका थिए।
सैन्य शासन घोषणा गरेपछि दक्षिण कोरियाका राष्ट्रपतिले आफ्नै दलका नेता समेतलाई पक्रन आदेश दिएको बताइएको छ ।
तर महाभियोग प्रस्ताव पारित हुन आवश्यक सङ्ख्या नपुगेपनि उनीहरूले यूनलाई हटाउने प्रयास जारी रहने बताएका छन् ।
उनीहरूले राष्ट्रपति यूनको बहिर्गमनको माग गरेका छन् । त्यसअघि यूनले ‘सैन्यकानुन’ लागु गरेकोमा माफी माग्दै पुनः यस्तो कदम नचाल्ने वाचा गरेका थिए ।
मंगलवार राती राष्ट्रपतिले घोषणा गरेको सैनिक शासन छ घण्टामै त्यहाँको संसद्ले उल्ट्याइदिएको थियो। त्यसपछि विपक्षी दल (डेमोक्रेयाटिक पार्टी) ले संसद्मा उहाँविरूद्ध महाभियोगको प्रस्ताव पेश गरेका थिए ।
मतदान हुनुभन्दा पहिले राष्ट्रपति यूनले टेलिभिजन मार्फत् छोटो सम्बोधन गर्दै माफी मागेका थिए । “म एकदमै क्षमाप्रार्थी छु र स्तब्ध भएका जनताहरूसँग माफी माग्न चाहन्छु,” यूनले भने ।
मतदानमा विफल रहेपछि प्रतिक्रिया दिदैँ डेमोक्रयाटिक पार्टीले राष्ट्रपतिलाई महाभियोग लगाउने प्रयास जारी राख्ने बताएको छ ।
तर राष्ट्रपति यूनको पीपल्स पावर पार्टीले उसले यो सङ्कट समाधानका लागि महाभियोग भन्दा पनि ’सुव्यवस्थित र जिम्मेवार’ उपाय खोज्ने प्रतिक्रिया दिएको छ।
Comments
अरु समाचार
-
सम्झौता अन्तर्गत पहिलो चरणमा ७३७ कैदीलाई रिहा गर्ने इजरायलको घोषणा
काठमाडौं । इजरायलको न्याय मन्त्रालयले शनिबार स्वीकृत गाजा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौताको पहिलो चरणअन्तर्गत ७३७ कैदी बन्दीलाई रिहा...
-
चीनको जनसङ्ख्या घट्ने क्रम जारी
काठमाडौं । छ दशकभन्दा बढीको जनसङ्ख्या वृद्धिपछि जनसङ्ख्या घट्दो क्रममा रहेको चीनको जनसङ्ख्या सन् २०२४ मा लगातार तेस्रो वर्ष जनसङ्ख्या...
-
इमरान खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय
काठमाडौं । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको...
-
रुस र इरानबीच ‘साझेदारी’ सम्झौता हुँदै
काठमाडौं । रुस र इरानले शुक्रबार ‘बिस्तृत रणनीतिक साझेदारी’ सम्झौतामा हस्ताक्षर गर्ने भएका छन् । इरानका राष्ट्रपति मसूद पेजेस्कियानको मस्को...
-
गाजामा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता भएको कतार र अमेरिकाद्वारा जानकारी
काठमाडौं । इजरायल र हमासबीच युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता भएको छ । कतार र संयुक्त राज्य अमेरिकाले गाजा...
-
बलिउड अभिनेता सैफ अलि खानमाथि छुरा प्रहार
काठमाडौं । बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु आक्रमण भएको छ । रातको साढे दुई बजे एक व्यक्तिले अभिनेतामाथि चक्कु...
-
लसएन्जलसमा फैलिएको आगो नियन्त्रणमा आउन सकेन, २४ को मृत्यु, २३ जना बेपत्ता
काठमाडौं । अमेरिकाको लसएन्जलसमा फैलिएको आगो अझै पनि नियन्त्रणमा आउन सकेको छैन । आगोमा जलेर २४ जनाको मृत्यु भइसकेको छ...
-
उत्तर कोरियाद्वारा पूर्वी सागरमा अज्ञात क्षेप्यास्त्र प्रहार
काठमाडौं । उत्तर कोरियाले मङ्गलबार पूर्वी सागरतर्फ अज्ञात प्रक्षेपास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाको सेनाले जापानको सागर भनेर पनि चिनिने पानीको...
-
युक्रेनसँगको युद्धमा ३०० उत्तर कोरियाली सैनिकको मृत्यु
काठमाडौं । युक्रेनसँगको युद्धमा ३०० उत्तर कोरियाली सैनिकको मृत्यु भएको दक्षिण कोरियाली अधिकारीले बताएका छन् । रुसले युक्रेनविरुद्धको युद्धमा करिब...