सरकारले २०२५ देखि ०३५ सम्म पर्यटन दशक मनाउने
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मुलुकको पर्यटन क्षेत्रको समग्र विकासका निम्ति नयाँ पर्यटन नीति जारी गर्ने तयारीमा सरकार रहेको बताएका छन्।
नेपाल पर्यटन बोर्डको २६ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले समग्र पर्यटन उद्योगलाई दिशानिर्देश गर्नेगरी सरकारले नीतिगत व्यवस्था गर्न लागेको बताएका हुन्।
मन्त्री पाण्डेले पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी (पिपिपी)को अवधारणाअनुरुप सञ्चालन गर्नुपर्नेमा जोड दिए। धेरैभन्दा धेरै पर्यटक आकर्षित गर्न भोलिदेखि आगामी एक दशकसम्म पर्यटन दशक मनाइने उनले घोषणा गरे।
उनले भने, ‘सन् १९९८ मा पहिलो पटक नेपाल पर्यटन वर्षको रूपमा मनाएका थियौँ। यसअघि नेपाल सरकारले सन् २०२२ देखि २०३२ लाई पर्यटन दशकको रूपमा मनाउने घोषणा गरेको भए पनि त्यो कार्यविधि अभावका कारण त्यो पूरा हुन सकेन्। सरकारले अब सन् २०२५ देखि ०३५ लाई पर्यटक दशकको रूपमा मनाउने छ।’
‘हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त छ । यही विविधता बीचको एकता, सहिष्णुता र सद्भावलाई संरक्षण गरी पर्यटन क्षेत्रको विकास गर्नु आजको आवश्यकता हो,’ उनले भने।
Comments
अरु समाचार
-
पाथीभरामा केबलकार निर्माण सुरु, १५ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य
काठमाडौं । पूर्वको प्रसिद्ध धार्मिक तथा पर्यटकीय तीर्थस्थल स्थल ताप्लेजुङको पाथिभरामा मन्दिरसम्म पुग्ने पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार परियोजना निर्माण...
-
आज प्रधानमन्त्रीबाट सगरमाथा संवादको घोषणा हुने
काठमाडौं । आज प्रधानमन्त्रीबाट सगरमाथा संवादको घोषणा हुने भएको छ । सरकारले आगामी जेठ पहिलो साता आयोजना गर्नेगरी ‘सगरमाथा संवाद’...
-
सुनसरीका पर्यटकीयस्थलमा वनभोज खानेको लर्को
काठमाडौं । जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटकीय स्थलमा हिउँदयामसँगै वनभोज खान आउनेको लर्को लाग्न थालेको छ । अर्ना र चराका...
-
विदेशी पर्यटकको रोजाईमा मनास्लु क्षेत्र
काठमाडौं । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा एक वर्षमा १० हजारभन्दा बढी विदेशी पर्यटक घुम्न पुगेका छन् । मनास्लु क्षेत्रमा सन्...
-
मनाङमा विदेशी पर्यटकको आकर्षण बढ्दै
काठमाडौं । घुम्न लायक स्थानका रूपमा विश्वसामु परिचित मनाङमा पछिल्लो समय विदेशी पर्यटकको आकर्षण बढ्दै गएको छ । स्वदेशी पर्यटकको...
-
हिमाललाई नजिकबाट नियाल्ने गन्तव्य कपुचे ताल
काठमाडौं । आँखै अगाडि ड्वाङड्वाङ आवाजसहित हिउँ पहिरो झर्ने कास्कीको मादी गाउँपालिका वडा नं १ स्थित कपुचे ताल नजिकबाट हिमाललाई...
-
भेडेटारमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढ्दो
काठमाडौं । पर्यटकीयस्थल भेडेटारमा सुरु भएको ‘फुड फेस्टिभल’ मा आउने स्वदेशी तथा विदेशी पर्यटकको उल्लेखीय उपस्थितिका कारण अहिले त्यस क्षेत्रमा...
-
विश्वप्रसिद्ध पदयात्रा अन्नपूर्ण क्षेत्रमा २०२४ मा भित्रिए दुई लाख ४४ हजार ४५ विदेशी पर्यटक
काठमाडौं । पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका...
-
सन् २०२४ मा ११ लाख ४७ हजार पर्यटक नेपाल भित्रिए
काठमाडौँ । सन् २०२४ मा ११ लाख ४० हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । आज बिहानसम्मको तथ्याङ्कअनुसार ११...