अर्जुनचौपारी गाउँपालिका अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका तत्कालीन गाउँपालिका अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले तत्कालीन गाउँपालिका अध्यक्ष दीर्घ नारायण अर्यालसहित १२ जनाविरुद्ध मङ्गलबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।
अख्तियारका प्रवक्ता सहायक प्रवक्ता देवीप्रसाद थपलियाले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा स्थानयी बजार क्षेत्रको बाटोमा गुणस्तरहीन ढलान कार्य गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको जानकारी दिए ।
तत्कालीन गाउँपालिका अध्यक्ष अर्यालसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङ, तत्कालीन इन्जिनियर नबिन थापा, उपभोक्ता व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण पौडेल, सचिव कृष्णप्रसाद काफ्ले, कोषाध्यक्ष हिमकुमारी केसी, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतम। इन्जिनियर सुदिप आचार्य, तल्लो बजार नाली तथा ढलान निर्माण उपभोक्ता समितिका अध्यक्ष मंगल देवी थापा मगर, सचिव विष्णुकुमारी विक र कोषाध्यक्ष एकनारायण देवकोटाविरुद्ध मुद्दा दायर भएको छ ।
गाउँपलिकाका अध्यक्ष अर्याल र इन्जिनियर थापामाथि ३५ लाख ३९ हजार बिगो मागदावी गरेको छ भने अरुका हकमा भने अख्तियारको फरक बिगो मागदाबी गरेको छ । सहायक प्रवक्ता थपलियाले उनीहरुले बाटोको कमसल काम गरेर दुई फरक ठाउँमा क्रमशः २७ लाख पाँच हजार ११ रुपियाँ र आठ लाख ३४ हजार ३२० रुपियाँ भ्रष्टाचार गरेको जानकारी दिए ।
Comments
अरु समाचार
-
आजदेखि काठमाडौंका यी ७ ठाउँका सडक एकतर्फी
काठमाडौं । बुधबारदेखि काठमाडौंका विभिन्न सात ठाउँका सडकहरूलाई वान-वे बनाइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना जारी...
-
पूर्व राजालाई उचालेर राजनीतिक परिवर्तन मास्न खोजिँदै छ : महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पूर्व राजा ज्ञानेन्द्र शाहलाई उचालेर राजनीतिक परिवर्तन मास्न खोजेको आरोप लगाएका छन् ।...
-
कांग्रेसका सभापति देउवा भारत जाने
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा भारत जाने भएका छन् । उत्तरप्रदेशस्थित प्रयागराजमा भइरहेको महाकुम्भ...
-
असमानता, गरिबी र भ्रष्टाचारलाई चिरेर सरकार अघि बढ्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै समाजमा व्याप्त असमानता, गरिबी र भ्रष्टाचारको...
-
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ घोषणा
काठमाडौं । सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुयाउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा...
-
रोल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
काठमाडौं । रोल्पाको माडी गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका-५ का ३६...
-
राष्ट्रपति र उपराष्ट्रपति भइसकेका व्यक्तिहरू राजनीतिमा सक्रिय हुने विषयमा गम्भीर छलफल आवश्यक छ: नेता श्रेष्ठ
काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति भइसकेका व्यक्तिहरू राजनीतिमा सक्रिय हुने विषयमा गम्भीर छलफलको आवश्यकता रहेको नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष...
-
हमासले शनिबार थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने
काठमाडौं । हमासले आगामी शनिबार थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने बताएको छ । उत्तरी गाजामा मानिसहरूलाई फर्किन इजरायलले...
-
प्रकृति लम्सालको शव आज नेपाल ल्याइने
काठमाडौं । भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को होस्टेलमा मृत फेला परेकी नेपाली छात्रा प्रकृति लम्सालको शव बुधबार...