मलाई गरिएको कारबाही विधानसम्मत छैनः नेता डा रावल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वनेता डा भीमबहादुर रावलले पार्टीले साधारण सदस्यसमेत नरहने गरी आफूमाथि गरेको कारबाही दलको विधान, विधि र प्रक्रियाअनुरुप नरहेको जिकिर गरेका छन् ।
पार्टीबाट निस्कासित भएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै एमालेका पूर्वनेता रावलले भने, “आफूले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने र त्यसक्रममा शुभचिन्तक, शुभेच्छु र आमजनताबाट प्राप्त सद्भाव र भावनाका आधारमा अघि बढ्नेछु ।”
एमाले सचिवालय बैठकले उनलाई यही पुस १० गते साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गरेको छ । एमालेमा रहँदा उनले सरकारको उपप्रधानमन्त्री, पर्यटन तथा नागरिक उड्डयन, गृह र रक्षामन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसरसमेत प्राप्त गरेका थिए ।
पार्टीभित्र आफूलाई राष्ट्रवादी नेता भन्न रुचाउने डा रावल पार्टीको ११ औँ महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी थिए । वि.सं २०३२ मा सदस्य लिएपछि देश, जनता, स्वाभिमान र सिद्धान्तप्रति इमान्दार भई पार्टीभित्र सम्हाल्दै आएको जिम्मेवारी र सामना गर्नुपरेका चुनौतीलगायत विषय उनले आज पत्रकार सम्मेलनमा सुनाए ।
Comments
अरु समाचार
-
‘सरकार अर्थतन्त्रका समस्या चिन्दै चिर्दै अघि बढ्ने कोसिसमा छ’
काठमाडौँ' उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका समस्या चिन्दै चिर्दै अघि बढ्ने कोसिस गरिरहेको बताउनुभएको छ ।...
-
गृहमन्त्री लेखक र एडिबी निर्देशकबीच भेटवार्ता
काठमाडौं । गृहमन्त्री रमेश लेखक र एसियाली विकास बैंक (एडिबी)का यहाँस्थित देशीय निर्देशक आर्नो कोस्वा बीच आज भेटवार्ता भएको छ।...
-
प्रधानमन्त्रीलाई चिसो लाग्यो, बालुवाटारमा आराम गर्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चिसोले बिरामी परेपछि बिहीबार पनि बालुवाटारमा आराम गरिरहेका छन् । मंगलबार बेलुका एउटा पार्टीमा...
-
देशको राजनीतिक अवस्था सहज छैनः अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीतिक अवस्था सहज नभएको बताएका छन् । आज सुर्खेत विमानस्थलमा...
-
भारतमा भएको रेल दुर्घटनाप्रति परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले सामाजिक...
-
“नेपालमा लगानी भित्र्याउन वंशजको नागरिकता आवश्यक”
काठमाडौँ :अमेरिकाबाट फर्किएर पुख्र्यौली पेसा (रेस्टुरेन्ट, होटल व्यवसाय) सुरु गरेका पर्यटन व्यवसायी वासुदेव घिमिरेको सपना छ, आफूजस्ता धेरै नेपालीको पुँजी,...
-
विहीबार अदालतमा उपस्थित हुने शर्तमा रविलाई निकिता र कानुन व्यवसायीको जिम्मा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले विहीबार उपस्थित हुने शर्तमा जिम्मा लगाएको छ...
-
सरकार परिवर्तन हुने कुरा निराधार: डा. शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस र नेकपा एमालेको सात बुँदे सहमतिको जगमा वनेको वर्तमान सरकार...
-
गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन माघ २१ गते
काठमाडौं । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन माघ २१ गतेलाई बोलाउने निर्णय भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले माघ...