कोशीमा उच्च रक्तचापका बिरामी बढे, झापा बढी प्रभावित
काठमाडौं । कोशी प्रदेशमा नसर्ने प्रकृतिका उच्च रक्तचाप (ब्लड प्रेसर), मधुमेह, श्वासप्रश्वास एवं दम रोगसँग सम्बन्धित बिरामी बढिरहेको प्रदेश स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ ।
कोशी प्रदेशमा अघिल्लो आर्थिक वर्ष २०७९/८० मा उच्च रक्तचापका बिरामीको सङ्ख्या एक लाख ४४ हजार एक सय ३९ रहेकामा गत आव २०८०/८१ मा डेढ लाखभन्दा बढी वृद्धि भई दुई लाख ९७ हजार ५७ पुगेको स्वास्थ्य कार्यालयले स्पष्ट गरेको छ । यसैगरी नसर्ने रोगअन्तर्गत दोस्रो स्थानमा रहको मधुमेह (चिनी रोग) देखिएका बिरामीको सङ्ख्या गत आवमा एक लाख ८६ हजार तीन सय ८७ रहेकामा चालु आर्थिक वर्षको पाँच महिनामा १५ हजार तीन सय ३९ रहेको छ ।
त्यस्तै तेस्रो स्थानमा धुवाँ–धुलो र धूमपानबाट हुने दीर्घकालीन प्रकृतिको स्वाशप्रस्वास ९सिओपिडी० रोगसँग सम्बन्धित बिरामी देखिएको कार्यालयले जनाएको छ । दम रोगसँग मिल्दोजुल्दो यस किसिमको रोगबाट ५५ हजार नौ सय ५९ जना प्रभावित भएको सो कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
यसैगरी चालु आर्थिक वर्षको पाँच महिनामा कोशी प्रदेशमा चार हजार सात सय ७८ जना स्वाशप्रस्वासका बिरामी देखिएका छन् । त्यस्तै चौँथोमा रहेको मानसिक रोगसँग सम्बन्धित बिरामीको सङ्ख्या ३३ हजार तीन सय ३१ र पाँचौंमा दमका बिरामी ३१ हजार सातसय ४९ जना रहेको छ । चालु आर्थिक वर्षको पाँच महिनामा एक हजार तीन सय १७ जना मानसिक रोगबाट पीडित रहेको पनि प्रदेश स्वास्थ्य कार्यालयले जनाएको छ ।
समग्रमा कोशी प्रदेशमा छ लाख ४९ हजार तीन सय ८२ जना उच्च रक्तचाप, मधुमेह, दमजस्ता नसर्ने प्रकृतिका रोगबाट प्रभावित रहेको सो कार्यालयले स्पष्ट गरेको छ । कार्यालयका निर्देशक डा सुरेश मेहताका अनुसार उच्च रक्तचापको समस्याबाट ३५ वर्षभन्दा माथिका उमेर समूहका मानिस बढी प्रभावित भएका छन् ।
झापा जिल्लामा मात्र आव २०८०/८१ मा ९९ हजार एक सय ७३ जना रक्तचापको समस्याबाट पीडित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । यसैगरी मोरङमा ५२ हजार चार सय ५०, इलाममा ३८ हजार सात सय २२, सुनसरीमा ३५ हजार सात सय ८० र उदयपुरमा ११ हजार तीन सय ३४ जना रक्तचापसँग सम्बन्धित बिरामी रहेका छन् ।
डा मेहताका अनुसार आफ्नो घरमा तयार हुने रेशादार एवं हरियो सागसब्जीसहितको प्राङ्गारिक खानाभन्दा होटल तथा बजारका खानामा जोड दिँदा, दैनिक आहारविहार र व्यक्तिगत स्वास्थ्यमा ध्यान नदिँदा तथा मध्यपान, धूमपान र मादकपदार्थ सेवनमा व्यक्तिको लत बस्दा उच्च रक्तचापका बिरामीको सङ्ख्या वृद्धि भएको हो ।
Comments
अरु समाचार
-
रूसी ड्रोन आक्रमणमा तीन युक्रेनी सर्वसाधारणको मृत्यु
काठमाडौं । रूसले युक्रेनी राजधानी किएभ नजिकै ड्रोन आक्रमण गर्दा कम्तीमा तीन सर्वसाधारणको मृत्यु भएको छ । युक्रेनले १२ वटा...
-
बाँकेमा पाटेबाघ मृत भेटियो
काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ को कोर क्षेत्रमा पाटेबाघ मृत भेटिएको छ । आज बिहान गएको गस्ती टोलीले उक्त कोर...
-
यु–१९ महिला विश्वकप क्रिकेटः नेपालद्वारा मलेसिया पराजित
काठमाडौं । आइसिसी यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको प्लेअफ खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । कप्तान पूजा...
-
गाजाको भग्नावशेष हटाउन पाँच बर्ष लाग्ने
काठमाडौं । युद्धग्रस्त मध्यपूर्वी मुलुक गाजामा रहेका भग्नावशेष हटाउन पाँच बर्षसम्म लग्ने प्यालेष्टिनी अधिकारीले बताएका छन् । पर्याप्त रकम र...
-
बङ्गलादेश र विश्व बैङ्कबीच तीन करोड अमेरिकी डलर ऋण सम्झौता
काठमाडौं । बङ्गलादेश सरकार र विश्व बैङ्कबीच पूर्वी क्षेत्रमा विद्युत् प्रसारण सञ्जाल विस्तारका लागि थप दुई करोड २९ लाख एसडीआर...
-
सिद्धबाबा सुरुङ आज ‘ब्रेक थ्रु’ हुँदै
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम (‘ब्रेक थ्रु’) आज हुँदैछ । सिद्धार्थ राजमार्गअन्तर्गत...
-
कुवामा डुबेर वृद्धाको मृत्यु
काठमाडौं । कुवामा डुबेर एक जनाको मृत्यु भएको छ । पालुङटार नगरपालिका–६, ठूलाचौर घर भएकी ६७ वर्षीया कृष्णामाया कामीको डुबेर...
-
सुनको मूल्य प्रतितोला एक हजारले बढ्यो
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेसँगै स्थानीय बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला...
-
त्रिवेणी माध्यमिक विद्यालय बाह्रबिसेको हिरकजयन्ती माघ १० गतेदेखी १६ गतेसम्म हुने
काठमाडौं । सङ्खुवासभा जिल्ला, सभापोखरी गाँउपालिकाको केन्द्रमा रहेको त्रिवेणी माध्यमिक विद्यालय बाह्रबिसेले २०८१ माघ १० गतेदेखी १६ गतेसम्म ६०औं वार्षिकोत्सव...