कोरियन सहयोगमा प्राविधिक शिक्षालय निर्माण गर्न सम्झौता
काठमाडौं । गण्डकी प्रदेशमा प्राविधिक शिक्षालय निर्माण गर्न कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले आर्थिक सहयोग गर्ने भएको छ ।
कोइका र गण्डकी सरकारबीच आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पोखरामा सहयोग सम्झौता भएको छ । गण्डकीका सामाजिक विकास मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डे र नेपालस्थित कोइकाका देशीय निर्देशक मुहेओन कङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कोइकाले उक्त परियोजनाअन्तर्गत ९० लाख अमेरिकी डलर सहयोग गर्ने छ ।
उक्त परियोजना सन् २०३० सम्म अर्थात् पाँच वर्ष चल्ने छ । सम्झौतामा हस्ताक्षरपछि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी इन्स्टिच्युट टेक्नोलोजीको पूर्वाधार विकास परियोजनाका लागि कोइकाले आर्थिक सहयोग गरेकामा खुसी व्यक्त गर्दै समयभित्र नै परियोजनाका काम सकिनेमा विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री पाण्डेले नेपाल र दक्षिण कोरियाबीचको द्विपक्षीय सहकार्यको प्रशंसा गर्दै उनले आयोजनाले नेपालको आर्थिक समृद्धिका लागि आवश्यक सीप र दक्ष जनशक्ति उत्पादन गर्ने विश्वास व्यक्त गरे । परियोजनाका लागि सरकारकोतर्फबाट पूर्ण रुपमा सहयोग रहने उनको प्रतिबद्धता छ ।
सामाजिक विकासमन्त्री विन्दुकुमार थापाले परियोजना दक्ष जनशक्ति उत्पादन गर्न सञ्चालन गरिएको बताउँदै यस परियोजनाले निर्माण उद्योगको आवश्यकता पूरा गर्न र उनीहरूको रोजगारी बढाउन दक्ष जनशक्तिको विकास गरी नेपालको आर्थिक समृद्धिमा सहयोग पुर्याउने बताए ।
कोइकाले प्राविधिक संस्थान भवन निर्माण, अल्पकालीन तालिम, संस्थानको सञ्चालन योजना, करियर सेवा प्याकेज र उद्योगसँगको साझेदारी पहिचान गरी प्राविधिक संस्थानको गुरुयोजनाको विकासका लागि प्राविधिक मार्गदर्शन र सहयोग पनि प्रदान गर्ने छ ।
कोइकाका देशीय निर्देशक कङले परियोजनाले युवा, महिला र विपन्न वर्गका लागि गुणस्तरीय प्राविधिक शिक्षामा पहुँच पुग्ने विश्वास व्यक्त गर्दै आफूले नेपालको गण्डकी प्रदेशमा काम गर्न पाउँदा खुसी लागेको उल्लेख गरे ।
Comments
अरु समाचार
-
एनआरएनएको ‘दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन’ मार्च १५–१६ मा थाइल्याण्डमा हुँदै
काठमाडौं । संसारभरी छरिएर रहेका एनआरएनए (NRNA)को वृहत् र पृथक दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन (सेकेन्ड इन्टरनेशनल युथ कन्फेरेन्स) आगामी मार्च...
-
रूसी ड्रोन आक्रमणमा तीन युक्रेनी सर्वसाधारणको मृत्यु
काठमाडौं । रूसले युक्रेनी राजधानी किएभ नजिकै ड्रोन आक्रमण गर्दा कम्तीमा तीन सर्वसाधारणको मृत्यु भएको छ । युक्रेनले १२ वटा...
-
गाजाको भग्नावशेष हटाउन पाँच बर्ष लाग्ने
काठमाडौं । युद्धग्रस्त मध्यपूर्वी मुलुक गाजामा रहेका भग्नावशेष हटाउन पाँच बर्षसम्म लग्ने प्यालेष्टिनी अधिकारीले बताएका छन् । पर्याप्त रकम र...
-
बङ्गलादेश र विश्व बैङ्कबीच तीन करोड अमेरिकी डलर ऋण सम्झौता
काठमाडौं । बङ्गलादेश सरकार र विश्व बैङ्कबीच पूर्वी क्षेत्रमा विद्युत् प्रसारण सञ्जाल विस्तारका लागि थप दुई करोड २९ लाख एसडीआर...
-
बलात्कारपछि हत्या गरेको अभियोगमा पाँच भारतीयलाई मृत्युदण्डको सजाय
नयाँ दिल्ली । भारतको एक अदालतले किशोरीको विभत्स सामूहिक बलात्कार र हत्या गरेको साथै उनका बुबा र भतिजीको हत्या गरेको...
-
अमेरिकामा गैरकानुनी रूपमा बस्दै आएका आफ्ना नागरिकलाई फिर्ता गर्न भारत तयार
काठमाडौं । अमेरिकामा अवैध रूपमा बसोबास गर्दै आएका भारतीय नागरिकलाई फिर्ता गर्ने भारतले बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको...
-
वायु प्रदुषणका कारण बैङ्ककका करिब २०० विद्यालय बन्द
काठमाडौं । वायु प्रदूषणका कारण बैंककका करिब २०० विद्यालयहरू बिहीबार बन्द गर्नुपरेको स्थानीय अधिकारीले बताएका छन्। मौसमी वायु प्रदूषणले यस क्षेत्रका...
-
महाराष्ट्रमा गुडिरहेको रेल दुर्घटनामा चार नेपालीसहित १३ जनाको मृत्यु
काठमाडौं । भारतको महाराष्ट्र स्थित जलगाउँ रेल दुर्घटनामा परी मृत्यु हुने १३ जनामध्ये ४ जना नेपाली रहेका पुष्टि भएको छ...
-
भारतमा भएको रेल दुर्घटनाप्रति परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले सामाजिक...