अनुशासित ढङ्गले सङ्गठन विस्तारमा लाग्न उपमहासचिव गुरुङको आग्रह
काठमाडौं । नेपाल कम्युनष्टि पार्टी (एमाले)का उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बी सुब्बा गुरुङले अनुशासित ढङ्गले पार्टीको सङ्गठन विस्तारमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
सुदुरपश्चिममा मनाइने ‘भुवो’ पर्वका अवसरमा एमाले बझाङ–काठमाडौँ सम्पर्क मञ्चले यहाँ आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीको सङ्गठनलाई अझ सशक्त बनाउन आवश्यक भएको बताउँदै कार्यकर्तालाई सोहीअनुरुप काम गर्न अनुरोध गर्नुभयो ।
“पार्टीलाई अझै प्रभावकारी र अनुशासित बनाउनुपर्ने छ, बेलैमा पार्टीभित्रको अनुशासन कायम गर्न सकिएन भने दक्षिणपन्थी अवसरबाद र सङ्गठनात्मक अराजकता मौलाउने छ”, उहाँले भन्नुभयो ।
त्यसअवसरमा एमाले सचिव लेखराज भट्टलले बझाङलगायतका जिल्लामा मनाइने ‘भुवी’ पर्व पछिल्लो समयमा लोप हुँदै गएको उल्लेख गर्दै त्यसको संरक्षण र उजागर गर्नका लागि सबै लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
Comments
अरु समाचार
-
‘सरकार अर्थतन्त्रका समस्या चिन्दै चिर्दै अघि बढ्ने कोसिसमा छ’
काठमाडौँ' उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका समस्या चिन्दै चिर्दै अघि बढ्ने कोसिस गरिरहेको बताउनुभएको छ ।...
-
गृहमन्त्री लेखक र एडिबी निर्देशकबीच भेटवार्ता
काठमाडौं । गृहमन्त्री रमेश लेखक र एसियाली विकास बैंक (एडिबी)का यहाँस्थित देशीय निर्देशक आर्नो कोस्वा बीच आज भेटवार्ता भएको छ।...
-
प्रधानमन्त्रीलाई चिसो लाग्यो, बालुवाटारमा आराम गर्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चिसोले बिरामी परेपछि बिहीबार पनि बालुवाटारमा आराम गरिरहेका छन् । मंगलबार बेलुका एउटा पार्टीमा...
-
देशको राजनीतिक अवस्था सहज छैनः अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीतिक अवस्था सहज नभएको बताएका छन् । आज सुर्खेत विमानस्थलमा...
-
भारतमा भएको रेल दुर्घटनाप्रति परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले सामाजिक...
-
“नेपालमा लगानी भित्र्याउन वंशजको नागरिकता आवश्यक”
काठमाडौँ :अमेरिकाबाट फर्किएर पुख्र्यौली पेसा (रेस्टुरेन्ट, होटल व्यवसाय) सुरु गरेका पर्यटन व्यवसायी वासुदेव घिमिरेको सपना छ, आफूजस्ता धेरै नेपालीको पुँजी,...
-
विहीबार अदालतमा उपस्थित हुने शर्तमा रविलाई निकिता र कानुन व्यवसायीको जिम्मा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले विहीबार उपस्थित हुने शर्तमा जिम्मा लगाएको छ...
-
सरकार परिवर्तन हुने कुरा निराधार: डा. शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस र नेकपा एमालेको सात बुँदे सहमतिको जगमा वनेको वर्तमान सरकार...
-
गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन माघ २१ गते
काठमाडौं । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन माघ २१ गतेलाई बोलाउने निर्णय भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले माघ...