विपन्न समुदायका तीन हजारलाई कपडा वितरण
काठमाडौं । ब्राहमण समाज कैलालीले विपन्न समुदायका लागि कपडा वितरण सुरु गरेको छ । यही पुस १ गतेदेखि सुरु गरिएको कपडा वितरण हालसम्म तीन हजार नागरिकसम्म पुगेको समाजका अध्यक्ष रामप्रसाद रिमालले बताउनुभयो ।
“कसैसँग धेरै कपडा हुने र कसैसँग नहुने अवस्था भएकाले भएकाबाट सङ्कलन गरेर नहुनेलाई वितरण सुरु गरिएको हो”, उहाँले भन्नुभयो, ‘‘सबैतिरबाट सहयोग मिलेको छ । नयाँ र पुराना सबैखाले कपडा उपलब्ध भएका छन् ।’’
चिसो बढेपछि कपडा वितरण केन्द्रमा दैनिक तीन सय जनासम्म कपडा लिन आउन थालेको उहाँले बताउनुभयो । “एक जनालाई दुई जोर लुगा दिने गरेका छौँ, अत्यावश्यक भएकाले लुगा आफैँ छानेर लैजाने गर्नुभएको छ”, उहाँले भन्नुभयो ।
न्यायो लुगा लिन आउनुभएका ७८ वर्षे सुरेन्द्र चौधरीले दुई वटा ज्याकेट पाउनुभयो । “लाइनमा बस्न सक्दिन, मलाई लुगा मिलाइदिनुस् भनेपछि दुई वटा ज्याकेट पाए”, उहाँले भन्नुभयो, “घरमा बुढाबुढी मात्र छौँ, कमाउन सक्दैनौँ, जाडो छेक्न न्यायो लुगा छैनन, यी ज्याकेट पाएपछि सजिलो भयो ।”
जानकी गाउँपालिका–१ दुर्गौलीकी फुलमती चौधरीले चिसो मौसममा यसरी निःशुल्क रूपमा कपडा वितरण गर्नु राम्रो काम भएको बताउनुभयो । “लुगा किन्न नसक्ने हामी जस्तालाई ठूलो सहयोग हो”, उहाँले भन्नुभयो, “कसैका घरमा टन्न लुगा हुन्छन्, कसैसँग एकसरो लुगा हुँदैनन्, यस्ता व्यक्तिलाई लुगा पाइने यो कार्य पुण्यको काम हो ।”
प्रेरणा चौधरी र शान्ति थारुले चिसोमा लुगा कपडा किन्न नसक्नेका लागि निःशुल्क लुगा वितरणले राहत मिलेको बताउनुभयो । एकतानगर बस्तीकी रमा भुल एक घण्टासम्म लाइनमा बसेर एक वर्षको बच्चा र आफ्ना लागि चाहिने लुगा लिएर जानुभयो । “आफ्ना लागि लुगा लिन आएकी थिए, बच्चाका कपडा पनि पाएँ”, उहाँले भन्नुभयो ।
Comments
अरु समाचार
-
रूसी ड्रोन आक्रमणमा तीन युक्रेनी सर्वसाधारणको मृत्यु
काठमाडौं । रूसले युक्रेनी राजधानी किएभ नजिकै ड्रोन आक्रमण गर्दा कम्तीमा तीन सर्वसाधारणको मृत्यु भएको छ । युक्रेनले १२ वटा...
-
बाँकेमा पाटेबाघ मृत भेटियो
काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ को कोर क्षेत्रमा पाटेबाघ मृत भेटिएको छ । आज बिहान गएको गस्ती टोलीले उक्त कोर...
-
यु–१९ महिला विश्वकप क्रिकेटः नेपालद्वारा मलेसिया पराजित
काठमाडौं । आइसिसी यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको प्लेअफ खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । कप्तान पूजा...
-
गाजाको भग्नावशेष हटाउन पाँच बर्ष लाग्ने
काठमाडौं । युद्धग्रस्त मध्यपूर्वी मुलुक गाजामा रहेका भग्नावशेष हटाउन पाँच बर्षसम्म लग्ने प्यालेष्टिनी अधिकारीले बताएका छन् । पर्याप्त रकम र...
-
बङ्गलादेश र विश्व बैङ्कबीच तीन करोड अमेरिकी डलर ऋण सम्झौता
काठमाडौं । बङ्गलादेश सरकार र विश्व बैङ्कबीच पूर्वी क्षेत्रमा विद्युत् प्रसारण सञ्जाल विस्तारका लागि थप दुई करोड २९ लाख एसडीआर...
-
सिद्धबाबा सुरुङ आज ‘ब्रेक थ्रु’ हुँदै
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम (‘ब्रेक थ्रु’) आज हुँदैछ । सिद्धार्थ राजमार्गअन्तर्गत...
-
कुवामा डुबेर वृद्धाको मृत्यु
काठमाडौं । कुवामा डुबेर एक जनाको मृत्यु भएको छ । पालुङटार नगरपालिका–६, ठूलाचौर घर भएकी ६७ वर्षीया कृष्णामाया कामीको डुबेर...
-
सुनको मूल्य प्रतितोला एक हजारले बढ्यो
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेसँगै स्थानीय बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला...
-
त्रिवेणी माध्यमिक विद्यालय बाह्रबिसेको हिरकजयन्ती माघ १० गतेदेखी १६ गतेसम्म हुने
काठमाडौं । सङ्खुवासभा जिल्ला, सभापोखरी गाँउपालिकाको केन्द्रमा रहेको त्रिवेणी माध्यमिक विद्यालय बाह्रबिसेले २०८१ माघ १० गतेदेखी १६ गतेसम्म ६०औं वार्षिकोत्सव...