ग्वार्को ‘ओभरपास’ का ठेकेदारलाई जरिबाना सुरु
काठमाडौं । ललितपुरको चक्रपथस्थित ग्वार्को चोकमा निर्माणाधीन ओभरपास (ग्रेट सेप्रेटेड इन्टरसेक्सन)का निर्माण कम्पनीलाई जरिबाना तिराउन सुरु गरिएको छ । निर्धारित समयभित्र काम सम्पन्न नगरेकाले सम्झौता अनुसार जरिबाना तिराउन सुरु गरिएको सडक विभागले जनाएको छ ।
ठेक्का हात पारी बर्सौंसम्म काम नगर्ने प्रवृत्तिको न्यूनीकरणका लागि निर्धारित समयमा काम नगर्ने निर्माण कम्पनीसँग जरिबाना तिराउन सुरु गरिएको सडक विभागको भनाइ छ । सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्र मातहत सो ओभरपास निर्माण भइरहेको छ ।
केन्द्रका निर्देशक प्रभात झाले निर्माणाधीन ओभरपासको ठेकेदार कम्पनीले थप गरिएको म्यादभित्रसमेत काम सम्पन्न गर्न नसक्दा सम्झौता अनुसार जरिबाना तिराउन सुरु गरिएको जानकारी दिए । आयोजनाको म्याद थप भई नसकेको अवस्थामा सम्बद्ध निर्माण कम्पनीले जरिबाना तिनुपर्ने उनले स्पष्ट पारे । ओभरपास निर्माणका लागि यसअघि थप गरिएको म्याद पुस ८ गते सकिसकेको छ ।
“पुस ९ गतेदेखि निर्माण कम्पनीलाई जरिबाना तिराउन सुरु भइसकेको छ । यसबारे निर्माण कम्पनीलाई लिखित रूपमा नै जानकारी गराइसकेका छौँ,” निर्देशक झाले भने, “सम्झौता अनुसार आयोजनाको लागत बढे पनि त्यसको जिम्मेवार सम्बन्धित निर्माण कम्पनी नै हुने र त्यसमा सरकारले कुनै दायित्व बेहोर्नु पर्दैन ।”
ठेकेदार कम्पनीले सम्झौता अनुसार आयोजनाको कुल निर्माण लागत रकमको दैनिक ०.०५ प्रतिशतको दरले जरिबाना तिर्नुपर्ने हुन्छ । आयोजनाको सम्झौता रकम १७ करोड छ लाख ८८ हजार रुपियाँ रहेको छ । २०७८ फागुन १२ गतेदेखि आयोजनाको ठेक्का सुरु भएको थियो ।
ठेक्का सम्झौता अनुसार २०८० फागुन ११ गतेसम्म आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्नुपर्ने थियो । निर्धारित समयमा काम सम्पन्न नहुँदा पहिलो पटक २०८१ पुस ८ गतेसम्म म्याद थप गरिएको थियो तर थप गरिएको म्यादभित्र समेत काम सम्पन्न गर्न नसक्दा जरिबाना तिराउन सुरु गरिएको निर्देशक झाले स्पष्ट पारे । आशिष÷समानान्तर÷रेलिगेर (संयुक्त) ले सो ओभरपास निर्माणको ठेक्का पाएको हो ।
Comments
अरु समाचार
-
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
काठमाडौँ: पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको...
-
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
कास्की: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटनसहित खेलकुदको केन्द्र बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ...
-
सिवाईसी नेपाल लघुवित्तको साधारणसभा सम्पन्न, विपन्न नागरिकको हितलाई ध्यान दिइने
पोखरा । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । साधारण सभाले...
-
चिसो र बाक्लो हुस्सुका कारण तराईको जनजीवन प्रभावित
काठमाडौं । केही दिनदेखि बढेको चिसोका कारण तराई मधेशको जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण...
-
बाँसखर्कमा सुन्तला महोत्सव : अतिथिलाई सुन्तलाकै माला, सुन्तला नै उपहार
म्याग्दी: म्याग्दीको सदरमुुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा शुक्रबार सुन्तला महोत्सव भएको छ । महोत्सवमा सुन्तला खेतीसम्बन्धी प्रविधि...
-
नवलपुरमा किसानको तोरी खेतीप्रति आकर्षित बढ्दो
मध्यविन्दु (नवलपरासी): नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसान तोरी खेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको...
-
‘अब बिगतका जस्तो पढ्न पाएर मात्र हुँदैन ’
गोरखा: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षालाई पहिलो प्राथामिकतामा राखेर लगानी गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।...
-
महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको पहिचान खुल्यो
काठमाडौँ: भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका नेपालीको पहिचान खुलेको छ । परराष्ट्र मन्त्रालयले रेल दुर्घटनामा परी...
-
आजको राशिफल : २०८१ माघ १२ गते शनिवार
मेष: स्वास्थ्य कमजाेर रहनेछ, आहारविहारमा सजग रहनुहोला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन...