प्रदेशस्तरीय धिमे बाजा प्रतियोगितामा ताथली धिमे खल विजयी
काठमाडौं । चाँगुनारायण नगरपालिकाद्वारा आयोजित प्रथम बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगितामा ‘ताथली धिमे खल’ विजेता बनेको छ ।
नगरकोट महोत्सव–२०८२ लाई लक्षित गर्दै चाँगुनारायण–९ ताथली फाँटमा सम्पन्न प्रतियोगितामा वडा नं ९ सौडोलमा रहेको ताथली धिमे खलले नगद रु ५० हजारसहित सिल्ड, एक थान धिमे बाजा, दुई थान भुछ्या र शिछ्या प्राप्त गरेको हो ।
प्रतियोगितामा दोस्रो हुने ताथलीको तैकाभु गणेश सांस्कृतिक समूहले नगद रु २५ हजारसहित सिल्ड प्रमाणपत्र, धिमे बाजा, भुछ्या, शिछ्या एक थान पुरस्कारका रूपमा प्राप्त गरेको छ । भक्तपुर नगरपालिकाको नियो भिजन बाजा समूहले तेस्रो हुँदै नगद रु १० हजारसहित सिल्ड पुरस्कार, धिमे बाजा, भुछ्या एक थान प्राप्त गरेको आयोजकले जनाएको छ ।
चौँथो स्थान हासिल गर्दै सान्त्वना पुरस्कार काभ्रेपलाञ्चोक बनेपास्थित ‘देउला बाँसुरी बाजा खल’ले नगद रु पाँच हजारसहित सिल्ड, मेडल, प्रमाणपत्र र एक थान धिमे बाजा प्राप्त गरेको छ । पाँचौँ बनेपास्थित वान्ख्यो दाफा भजन खल, छैठौँ काभ्रेपलाञ्चोक पनौतीको लायकु धिमे खल, सातौँ मध्यपुरथिमिको शिवा सायमी खल, आठौँ ललितपुरको लुभुस्थित तलेजु बाजा खल, नवौँ काठमाडौँको बालकुमारी धिमे खल र दशौँ ताथली सौडोलस्थित सौडोल सांस्कृतिक बाजा खल भएका छन् ।
कार्यक्रममा प्रतिनिधिसभाका सांसद दुर्लभ थापाले विजयी समूहलाई आज यहाँ आयोजित कार्यक्रममा पुरस्कार प्रदान गर्नुभयो । उहाँले नगरपालिकाले २०८२ साल वैशाखदेखि सञ्चालन हुने ‘नगरकोट भ्रमण वर्ष’ सफला पार्न यो प्रतियोगिताले महत्वपूर्ण सन्देश प्रवाह गरेको बताउनुभयो ।
प्रतियोगिताले यहाँको पर्यटन प्रवर्द्धन र विकासमा टेवा पुग्ने बताउँदै नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहनुभएका सांसद थापाले नगरपालिकालाई पर्यटकीय नगरका रूपमा स्थापित गर्न यस्ता क्रियाकलाप कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रतियोगितामा प्रस्तुत भएका विविध कलाले यहाँका धार्मिक, ऐतिहासिक कला, संस्कृति र सम्पदाको प्रचारप्रसारमा सहयोग पुगेकाले यसले पालिकालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने बताउनुभयो ।
नगरप्रमुख एवं कार्यक्रमका सभापति जीवन खत्रीले पासिलकाले पहिलो पटक यस किसिमको प्रतियोगितामार्फत ऐतिहासिक कार्य सम्पन्न गरेका बताउनुभयो । उहाँले कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको भन्दै सहभागी प्रतियोगी समूह, स्थानीय प्रतिनिधि, वडा तथा नगरवासी, नगर कर्मचारीलगायत सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
नगरप्रमुख खत्रीले सबैको सहयोगले मुलुकको नमूनाका रूपमा बागमती प्रदेशस्तरीय प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नगरकोट भ्रमण वर्ष २०८२ लाई यसैगरी सफल पार्न र देश तथा विदेशमा चाँगुनारायणको पर्यटकीय सम्पदाको परिचयलाई स्थापित गर्दै पर्यटीय विकास गर्न÷गराउन वडा तथा नगरवासीका साथै सबैमा आह्वान गर्दछु ।”
नगरप्रमुख खत्रीले आगामी वैशाखदेखि वर्षभरि नै आयोजना हुने नगरकोट भ्रमण वर्ष प्रत्येक नगरवासीको घरघरमा, टोलटोलमा, गाउँगाउँमा, वडावडामा भ्रमण वर्षमय हुने भएकाले यसैगरी सफल पार्न नगरवासीलाई आह्वान गर्नुभयो । चाँगुनारायण–८ का वडाध्यक्ष जनक खत्रीले प्रतियोगिता सफल पार्न सहयोग गर्ने स्थानीय, प्रतियोगी समूह, सरोकार भएका निकाय तथा प्रतिनिधिलगायत सबैमा धन्यवाद व्यक्त गर्नुभयो ।
प्रतियोगितामा बागमती प्रदेशभित्रका भक्तपुर, काठमाडौँं, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछापलगायत जिल्लाका विभिन्न पालिकाका ५५ वटा समूहको सहभागिता रहेको चाँगुनारायण–९ का वडाध्यक्ष एवं प्रतियोगिताका संयोजक गणेश त्यातले जानकारी दिनुभयो । शनिबार यहाँ आयोजित कार्यक्रमलाई प्रतिनिधिसभाका सांसद एवं नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले उद्घाटन गर्नुभएको थियो ।
Comments
अरु समाचार
-
पूर्व राजालाई उचालेर राजनीतिक परिवर्तन मास्न खोजिँदै छ : महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पूर्व राजा ज्ञानेन्द्र शाहलाई उचालेर राजनीतिक परिवर्तन मास्न खोजेको आरोप लगाएका छन् ।...
-
कांग्रेसका सभापति देउवा भारत जाने
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा भारत जाने भएका छन् । उत्तरप्रदेशस्थित प्रयागराजमा भइरहेको महाकुम्भ...
-
असमानता, गरिबी र भ्रष्टाचारलाई चिरेर सरकार अघि बढ्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै समाजमा व्याप्त असमानता, गरिबी र भ्रष्टाचारको...
-
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ घोषणा
काठमाडौं । सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुयाउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा...
-
रोल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
काठमाडौं । रोल्पाको माडी गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका-५ का ३६...
-
राष्ट्रपति र उपराष्ट्रपति भइसकेका व्यक्तिहरू राजनीतिमा सक्रिय हुने विषयमा गम्भीर छलफल आवश्यक छ: नेता श्रेष्ठ
काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति भइसकेका व्यक्तिहरू राजनीतिमा सक्रिय हुने विषयमा गम्भीर छलफलको आवश्यकता रहेको नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष...
-
हमासले शनिबार थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने
काठमाडौं । हमासले आगामी शनिबार थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने बताएको छ । उत्तरी गाजामा मानिसहरूलाई फर्किन इजरायलले...
-
प्रकृति लम्सालको शव आज नेपाल ल्याइने
काठमाडौं । भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को होस्टेलमा मृत फेला परेकी नेपाली छात्रा प्रकृति लम्सालको शव बुधबार...
-
‘लाज शरणम’ चलचित्रको प्रचारप्रसार रोक्न पाटन उच्च अदालतको आदेश
काठमाडौं – पाटन उच्च अदालतले ‘लाज शरणम’ चलचित्रको प्रचारप्रसार रोक्न अन्तरिम आदेश जारी गरेको छ। मंगलबार पूर्वमन्त्री मोहम्मद अफताव आलमको...