दक्षिण कोरियाका अनुसन्धानकर्ताद्वारा युनलाई पक्राउ गर्न प्रहरीसँग आग्रह
काठमाडौं । दक्षिण कोरियाली भ्रष्टाचार विरोधी अनुसन्धानकर्ताहरूले महाभियोग लागेका राष्ट्रपति युन सुक योललाई पक्राउ गर्न सोमबार प्रहरीसँग आग्रह गरेका छन् ।
पूर्व अभियोजकसमेत रहेका राष्ट्रपतिबबाट निलम्बित युनले सुनुवाईका लागि उपस्थित हुन अस्वीकार गरेका छन् । गत हप्ता प्रहरीले पक्राउ गर्ने प्रयास गरेपनि उनी आफ्नै निवासमा लुकेको र सेनाले मानव पर्खाल खडा गरेर प्रहरीलाई उनीसम्म पुग्न अवरोध गरेको थियो । सेनाको कारण उनलाई पक्राउ गर्ने प्रहरीको प्रयास असफल भएको थियो ।
अनुसन्धानकर्ताहरूले वारेन्टको सोमबारको समयसीमा बढाउने प्रयास गरिरहेका छन् र मद्दत मागिरहेका छन् । भ्रष्टाचार अनुसन्धान कार्यालय (सीआईओ) का अनुसन्धानकर्ताहरूले आफूहरूले भोग्नुपरेको कठिनाइका कारण प्रहरीलाई जिम्मा लिन आग्रह गरेको बताएका छन्। युनको कानुनी टोलीले उनलाई पक्राउ गर्ने सीआईओको अधिकार नभएको भनी विरोध जनाएका छन् ।
‘वारेन्टको म्याद आज सकिँदैछ। सीआईओका उपनिर्देशक ली जे–सेउङले पत्रकारसँगको ब्रिफिङमा भने, “हामी आज अदालतबाट म्याद थपका लागि अनुरोध गर्ने योजनामा छौँ ।” उनले वारेन्टको म्याद थप गर्ने भन्ने विषयमा प्रहरीसँग परामर्श गर्ने बताए । प्रहरीले उक्त अनुरोध स्वीकार गरेको छैन ।
गत हप्ता सयौं सुरक्षा बलसँग घन्टौं लामो तनावपूर्ण गतिरोधपछि अनुसन्धानकर्ताहरूले सुरक्षाको कारण देखाउँदै फिर्ता भएका थिए। केही समयका लागि नागरिक शासन निलम्बन गरेको र दक्षिण कोरियालाई दशकौँ यताकै सबैभन्दा खराब राजनीतिक सङ्कटमा फसाएको अभियोगमा दोषी ठहरिएमा युनलाई जेल वा मृत्युदण्डको सजाय हुनेछ।
‘प्रेसिडेन्सियल सेक्युरिटी सर्भिस’ले मध्यरातसम्म राष्ट्रपतिको सुरक्षा गर्नेछ । सोमबार मध्यरातपछि युनविरूद्धको पक्राउ आदेश निष्क्रिय हुनेछ र अर्को आदेश भएमा फेरी हामी आफ्नो जिम्मेवारीका लागि तैनाथ हुनेछौँ,” प्रेसिडेन्सियल सेक्युरिटी सर्भिसलाई सहयोग पु¥याउँदै आएका युनको समर्थनमा प्रदर्शनका आयोजकमध्येका एक किम सो योङले भने ।
“उनीहरूले अर्को वारेन्ट जारी गरे भने हामी फेरि आउनेछौं,” उनले दोहोर्याए । बिहानीपखको कुहिरोमा युनको पिपुल पावर पार्टीका दर्जनौँ सांसद राष्ट्रपति निवासअगाडि उभिएका थिए । अघिल्लो दिनदेखि युनको पक्ष र विपक्षमा दर्जनौँले रातभर पहरा दिएपछि पक्राउका लागि गएको प्रहरीको अभियान विफल भएको थियो ।
“म अहिले सीआईओभन्दा लामो समयदेखि यहाँ छु । तिनीहरूले किन त्यसो गर्न सक्दैनन् भन्ने कुराको कुनै अर्थ छैन। उनीहरूले उनलाई तत्काल पक्राउ गर्न आवश्यक छ,” युनविरोधी प्रदर्शनका आयोजक ३० वर्षीय किम अह–योङले भने । प्रारम्भिक पक्राउ पूर्जी यूनले आफ्नो ‘मार्शल ल’ जारी गर्ने कदमका लागि जारी गरिएको थियो यसबारे सोधपुछको लागि उपस्थित हुन उनले इन्कार गरेका छन् ।
युनका वकिलले पक्राउ पूर्जी जारी गरिनु ‘गैरकानुनी’ भएको पटक–पटक बताउँदै आएका छन् । युनको राष्ट्रपति सुरक्षा सेवाका प्रमुखले पनि आइतबार निलम्बित राष्ट्रपतिलाई पक्राउ गर्न अनुसन्धानकर्तालाई अनुमति नदिने बताएका छन् ।
यसैबीच, कोरियाली विवादबारे छलफल गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन सोमबार बिहान सियोल आइपुगेका छन् । उनले कार्यवाहक राष्ट्रपति चोइ साङ–मोकलगायत विभिन्न सरकारी अधिकारीसँग छलफल गरेका छन् । ब्लिन्केनले युनलाई भेट्ने कार्यक्रम नभए पनि विदेशमन्त्री चो ताइ–युलसँग संयुक्त पत्रकार सम्मेलन गरेका छन् ।
पत्रकार सम्मेलन सुरु हुनुभन्दा केही समयअघि उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र समुद्रमा खसालेपछि उनको ध्यान आन्तरिक राजनीतिबाट हटेको देखिएको छ ।दक्षिण कोरियाको संवैधानिक अदालतले युनविरुद्धको महाभियोगबारे सुनुवाइ सुरु गर्न जनवरी १४ तारिखका लागि समय तोकेको छ। उक्त दिन युनको उपस्थिति बिना नै सुनुवाई सुरू गरिने बताइएको छ ।
Comments
अरु समाचार
-
एनआरएनएको ‘दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन’ मार्च १५–१६ मा थाइल्याण्डमा हुँदै
काठमाडौं । संसारभरी छरिएर रहेका एनआरएनए (NRNA)को वृहत् र पृथक दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन (सेकेन्ड इन्टरनेशनल युथ कन्फेरेन्स) आगामी मार्च...
-
रूसी ड्रोन आक्रमणमा तीन युक्रेनी सर्वसाधारणको मृत्यु
काठमाडौं । रूसले युक्रेनी राजधानी किएभ नजिकै ड्रोन आक्रमण गर्दा कम्तीमा तीन सर्वसाधारणको मृत्यु भएको छ । युक्रेनले १२ वटा...
-
गाजाको भग्नावशेष हटाउन पाँच बर्ष लाग्ने
काठमाडौं । युद्धग्रस्त मध्यपूर्वी मुलुक गाजामा रहेका भग्नावशेष हटाउन पाँच बर्षसम्म लग्ने प्यालेष्टिनी अधिकारीले बताएका छन् । पर्याप्त रकम र...
-
बङ्गलादेश र विश्व बैङ्कबीच तीन करोड अमेरिकी डलर ऋण सम्झौता
काठमाडौं । बङ्गलादेश सरकार र विश्व बैङ्कबीच पूर्वी क्षेत्रमा विद्युत् प्रसारण सञ्जाल विस्तारका लागि थप दुई करोड २९ लाख एसडीआर...
-
बलात्कारपछि हत्या गरेको अभियोगमा पाँच भारतीयलाई मृत्युदण्डको सजाय
नयाँ दिल्ली । भारतको एक अदालतले किशोरीको विभत्स सामूहिक बलात्कार र हत्या गरेको साथै उनका बुबा र भतिजीको हत्या गरेको...
-
अमेरिकामा गैरकानुनी रूपमा बस्दै आएका आफ्ना नागरिकलाई फिर्ता गर्न भारत तयार
काठमाडौं । अमेरिकामा अवैध रूपमा बसोबास गर्दै आएका भारतीय नागरिकलाई फिर्ता गर्ने भारतले बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको...
-
वायु प्रदुषणका कारण बैङ्ककका करिब २०० विद्यालय बन्द
काठमाडौं । वायु प्रदूषणका कारण बैंककका करिब २०० विद्यालयहरू बिहीबार बन्द गर्नुपरेको स्थानीय अधिकारीले बताएका छन्। मौसमी वायु प्रदूषणले यस क्षेत्रका...
-
महाराष्ट्रमा गुडिरहेको रेल दुर्घटनामा चार नेपालीसहित १३ जनाको मृत्यु
काठमाडौं । भारतको महाराष्ट्र स्थित जलगाउँ रेल दुर्घटनामा परी मृत्यु हुने १३ जनामध्ये ४ जना नेपाली रहेका पुष्टि भएको छ...
-
भारतमा भएको रेल दुर्घटनाप्रति परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले सामाजिक...