दक्षिण कोरियाका अनुसन्धानकर्ताद्वारा युनलाई पक्राउ गर्न प्रहरीसँग आग्रह
काठमाडौं । दक्षिण कोरियाली भ्रष्टाचार विरोधी अनुसन्धानकर्ताहरूले महाभियोग लागेका राष्ट्रपति युन सुक योललाई पक्राउ गर्न सोमबार प्रहरीसँग आग्रह गरेका छन् ।
पूर्व अभियोजकसमेत रहेका राष्ट्रपतिबबाट निलम्बित युनले सुनुवाईका लागि उपस्थित हुन अस्वीकार गरेका छन् । गत हप्ता प्रहरीले पक्राउ गर्ने प्रयास गरेपनि उनी आफ्नै निवासमा लुकेको र सेनाले मानव पर्खाल खडा गरेर प्रहरीलाई उनीसम्म पुग्न अवरोध गरेको थियो । सेनाको कारण उनलाई पक्राउ गर्ने प्रहरीको प्रयास असफल भएको थियो ।
अनुसन्धानकर्ताहरूले वारेन्टको सोमबारको समयसीमा बढाउने प्रयास गरिरहेका छन् र मद्दत मागिरहेका छन् । भ्रष्टाचार अनुसन्धान कार्यालय (सीआईओ) का अनुसन्धानकर्ताहरूले आफूहरूले भोग्नुपरेको कठिनाइका कारण प्रहरीलाई जिम्मा लिन आग्रह गरेको बताएका छन्। युनको कानुनी टोलीले उनलाई पक्राउ गर्ने सीआईओको अधिकार नभएको भनी विरोध जनाएका छन् ।
‘वारेन्टको म्याद आज सकिँदैछ। सीआईओका उपनिर्देशक ली जे–सेउङले पत्रकारसँगको ब्रिफिङमा भने, “हामी आज अदालतबाट म्याद थपका लागि अनुरोध गर्ने योजनामा छौँ ।” उनले वारेन्टको म्याद थप गर्ने भन्ने विषयमा प्रहरीसँग परामर्श गर्ने बताए । प्रहरीले उक्त अनुरोध स्वीकार गरेको छैन ।
गत हप्ता सयौं सुरक्षा बलसँग घन्टौं लामो तनावपूर्ण गतिरोधपछि अनुसन्धानकर्ताहरूले सुरक्षाको कारण देखाउँदै फिर्ता भएका थिए। केही समयका लागि नागरिक शासन निलम्बन गरेको र दक्षिण कोरियालाई दशकौँ यताकै सबैभन्दा खराब राजनीतिक सङ्कटमा फसाएको अभियोगमा दोषी ठहरिएमा युनलाई जेल वा मृत्युदण्डको सजाय हुनेछ।
‘प्रेसिडेन्सियल सेक्युरिटी सर्भिस’ले मध्यरातसम्म राष्ट्रपतिको सुरक्षा गर्नेछ । सोमबार मध्यरातपछि युनविरूद्धको पक्राउ आदेश निष्क्रिय हुनेछ र अर्को आदेश भएमा फेरी हामी आफ्नो जिम्मेवारीका लागि तैनाथ हुनेछौँ,” प्रेसिडेन्सियल सेक्युरिटी सर्भिसलाई सहयोग पु¥याउँदै आएका युनको समर्थनमा प्रदर्शनका आयोजकमध्येका एक किम सो योङले भने ।
“उनीहरूले अर्को वारेन्ट जारी गरे भने हामी फेरि आउनेछौं,” उनले दोहोर्याए । बिहानीपखको कुहिरोमा युनको पिपुल पावर पार्टीका दर्जनौँ सांसद राष्ट्रपति निवासअगाडि उभिएका थिए । अघिल्लो दिनदेखि युनको पक्ष र विपक्षमा दर्जनौँले रातभर पहरा दिएपछि पक्राउका लागि गएको प्रहरीको अभियान विफल भएको थियो ।
“म अहिले सीआईओभन्दा लामो समयदेखि यहाँ छु । तिनीहरूले किन त्यसो गर्न सक्दैनन् भन्ने कुराको कुनै अर्थ छैन। उनीहरूले उनलाई तत्काल पक्राउ गर्न आवश्यक छ,” युनविरोधी प्रदर्शनका आयोजक ३० वर्षीय किम अह–योङले भने । प्रारम्भिक पक्राउ पूर्जी यूनले आफ्नो ‘मार्शल ल’ जारी गर्ने कदमका लागि जारी गरिएको थियो यसबारे सोधपुछको लागि उपस्थित हुन उनले इन्कार गरेका छन् ।
युनका वकिलले पक्राउ पूर्जी जारी गरिनु ‘गैरकानुनी’ भएको पटक–पटक बताउँदै आएका छन् । युनको राष्ट्रपति सुरक्षा सेवाका प्रमुखले पनि आइतबार निलम्बित राष्ट्रपतिलाई पक्राउ गर्न अनुसन्धानकर्तालाई अनुमति नदिने बताएका छन् ।
यसैबीच, कोरियाली विवादबारे छलफल गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन सोमबार बिहान सियोल आइपुगेका छन् । उनले कार्यवाहक राष्ट्रपति चोइ साङ–मोकलगायत विभिन्न सरकारी अधिकारीसँग छलफल गरेका छन् । ब्लिन्केनले युनलाई भेट्ने कार्यक्रम नभए पनि विदेशमन्त्री चो ताइ–युलसँग संयुक्त पत्रकार सम्मेलन गरेका छन् ।
पत्रकार सम्मेलन सुरु हुनुभन्दा केही समयअघि उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र समुद्रमा खसालेपछि उनको ध्यान आन्तरिक राजनीतिबाट हटेको देखिएको छ ।दक्षिण कोरियाको संवैधानिक अदालतले युनविरुद्धको महाभियोगबारे सुनुवाइ सुरु गर्न जनवरी १४ तारिखका लागि समय तोकेको छ। उक्त दिन युनको उपस्थिति बिना नै सुनुवाई सुरू गरिने बताइएको छ ।
Comments
अरु समाचार
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...
-
भेनेजुएलाका राष्ट्रपति अमेरिकी अदालतमा, अस्वीकार गरे आरोप
काठमाडौं । भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मादुरो पहिलोपटक अमेरिकी अदालतमा उपस्थित भएका छन्। संघीय लागूऔषध तस्करी र ‘नार्को–टेररिज्म’ सम्बन्धी आरोपमा...
-
भेनेजुएलाकी उपराष्ट्रपतिलाई ट्रम्पले भने- भनेको नमाने मादुरोभन्दा पनि खराब अवस्था हुनेछ
काठमाडौं । भेनेजुएलाको सर्वोच्च अदालतले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति बनाउने आदेश दिएको छ। यसबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति...
-
भेनेजुएलामा उपराष्ट्रपति रोड्रिगेजलाई अन्तरिम राष्ट्रपतिको जिम्मेवारी
काठमाडौं । भेनेजुएलाको सर्वोच्च अदालतले राष्ट्रपति निकोलस मादुरोको अनुपस्थितिमा उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अन्तरिम राष्ट्रपतिको रूपमा कार्यभार सम्हाल्नुपर्ने फैसला गरेको छ...
-
भेनेजुएलामाथि अमेरिकी सैन्य हस्तक्षेप स्वीकार्य छैन : शंकर पोखरेल
काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकाले भेनेजुएलामा गरेको आक्रमण र राष्ट्रपति दम्पत्तिलाई नियन्त्रणमा लिएको घटना संयुक्त राष्ट्रसंघको बडापत्रको...
-
नयाँ सरकार नबनुन्जेल भेनेजुयलामा अमेरिकी शासन, न्यूयोर्क पुर्याइए राष्ट्रपति मादुरो
काठमाडौं । अमेरिकाले भेनेजुएलामा सैन्य कारबाही गरी राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएर न्यूयोर्क पुर्याएको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति...
-
China appoints new ambassador to Nepal
Kathmandu: The People’s Republic of China has nominated Zhang Maoming, Deputy Director-General of the Asian Affairs Department of the Ministry...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...











