सातदोबाटोको कल सेन्टरमा सीआईबीको छापा, ५३ जना पक्राउ
काठमाडौं । ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरबाट ५३ जना पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सोमबार राति छापा हानेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमध्ये दुई जना भारतीय नागरिक रहेको र अरु नेपाली नै रहेको सीआईबीका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिपक थापाले जानकारी दिए।
उनीहरुको साथबाट ८५ वटा ल्याप्टपका साथै ८२ वटा मोबाइल बरामद भएको थापाले बताए। पक्राउ परेका व्यक्तिहरुले सातदोबाटोमा कल सेन्टर चलाएर अनलाइन जुवा लगायत अवैध गतिविधि गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
उनीहरुलाई आज म्याद थप गरी थप अनुसन्धान गरिने सीआईबीले जनाएको छ।
Comments
अरु समाचार
-
सुडानको अस्पतालमा विद्रोही समूहको आक्रमण, ६८ बिरामीको मृत्यु, ११ जना घाइते
काठमाडौं । सुडानको एल फाशरमा विद्रोही अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्स (आरएसएफ) द्वारा अस्पतालमा गरेको आक्रमणमा कम्तीमा ६८ बिरामीको मृत्यु...
-
राजस्व सङ्कलनमा चाप छ, लक्ष्य भेट्ने गरी काम गरौँः अर्थमन्त्री पौडैल
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी राजस्व सङ्कलनमा गत वर्षको तुलनामा केही सुधार देखिए पनि चालु आर्थिक वर्षको...
-
एकैघरका दुई किशोरी जङगलमा मृत अवस्थामा फेला
काठमाडौं । अछाममा दुई किशोरी जंगलमा मृत अवस्थामा भेटिएका छन् । एकैघरका फुपू–भदै जंगलमा मृत अवस्थामा भेटिएका हुन । मृतकहरु...
-
सभामुख र सत्तापक्ष दलका प्रमुख सचेतकबीच छलफल
काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रियसभाबाट पास भइ प्रतिनिधिसभामा आएका विधेयकबारे प्रमुख सत्तापक्ष दल नेपाली कांग्रेस र नेकपा (एमाले)सँग छलफल...
-
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् निर्वाचनः उपाध्यक्ष पदमा लोकराज भुसालको उम्मेदवारी किन ?
काठमाडौं । यहि माघ १८ गते हुने पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को ‘ऐतिहासिक प्रथम निर्वाचन २०८१’ को सरगर्मि...
-
नेपाल–चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रमा संयुक्त अनुगमन
सिमकोट (हुम्ला): नेपाल र चीनका सुरक्षाकर्मीले हुम्लाको उत्तरी सीमा क्षेत्रको संयुक्त अनुगमन गरेका छन् । उत्तरी नाम्खा गाउँपालिका–५ हिल्साको किट...
-
नगरपालिकाका अधिकृत दिनेश कट्टेलद्वारा दशनामी समाजको अपमान, शीघ्र कारबाही गर्न माग
खाँदबारी । नेपाल दशनामी समाज जिल्ला कार्यसमिति संखुवासभाले खाँदबारी नगरपालिकाका प्रशासकीय अधिकृत एवम् सूचना अधिकारी दिनेश कट्टेललाई कारबाही गर्न माग...
-
पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते
फुङ्लिङ (ताप्लेजुङ): पाथीभरा क्षेत्रमा शनिबार प्रहरी र केवलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते भएका छन् ।...
-
शीतलहरसम्बन्धी कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गर्न ध्यानाकर्षण
काठमाडौँ: तराईका अधिकांश जिल्लामा शीतलहर बढ्न थालेको र हिमाली क्षेत्रमा पनि हिमपात भइरहेकाले त्यससम्बन्धी कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि गृह मन्त्रालयको...