भकुण्डेबेंसीमा सुमो तोडफोड गर्ने ९ जना पक्राउ
काठमाडौं । खोटाङको दिक्तेलबाट काठमाडौं आउँदै गरेको टाटा सुमोमाथि तोडफोड भएको छ । बुधबार साँझ बीपी राजमार्ग अन्तर्गत काभ्रेको भकुण्डेबेंसीस्थित पात्लेखेतमा तुवाचुङ माराति यातायातको ना १ज ६१७२ नम्बरको सुमो तोडफोड भएको हो ।
विपरीत दिशाबाट आउँदै गरेको निजी कारमा सवार व्यक्तिहरूले बाटो नछोडेको भन्दै चालकलाई कुटपिट गर्दै ढुंगामुढासहित सुमो तोडफोड गरेको पाइएको प्रहरीले जनाएको छ ।
यात्रु लिएर काठमाडौं आउँदै गरेको सुमो तोडफोड गर्ने ९ जनालाई पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।
उनीहरुमाथि घटना सम्बन्धमा अनुसन्धान भइरहेको उनले बताए । गत असोज १० र ११ गतेको अविरल वर्षाका कारण रोशीखोला आसपासमा गएको बाढी पहिरोले क्षतिग्रस्त बनेको उक्त सडकखण्ड अहिले साँघुरो छ ।
Comments
अरु समाचार
-
महिला विश्वकप क्रिकेटमा बंगलादेशसँग नेपाल पाँच विकेटले पराजित
काठमाडौँ । आईसीसी यू-१९ टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो पहिलो खेलमा नेपाल नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको छ...
-
रेसुङ्गा विमानस्थलमा एक महिनादेखि किन हवाई सेवा बन्द ?
गुल्मी: यहाँस्थित रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई सेवा बन्द भएको छ । नेपाल वायु सेवा निगम (नेपाल एयरलायन्स) सँग भएका...
-
किएभमा गरिएको रूसी आक्रमणका कारण चार जनाको मृत्यु
काठमाडौं । युक्रेनको राजधानी किएभमा शनिबार भएको रुसी आक्रमणमा परी चार जनाको मृत्यु भएको युक्रेनका विदेशमन्त्रीले बताएका छन् । आक्रमणमा...
-
समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना नरहेको अध्यक्ष यादवको भनाइ
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तत्कालै समाजवादी मोर्चासँग सहकार्यको सम्भवना नरहेको स्पष्ट पारेका छन्। बलिदान दिवसका अवसरमा...
-
सम्झौता अन्तर्गत पहिलो चरणमा ७३७ कैदीलाई रिहा गर्ने इजरायलको घोषणा
काठमाडौं । इजरायलको न्याय मन्त्रालयले शनिबार स्वीकृत गाजा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौताको पहिलो चरणअन्तर्गत ७३७ कैदी बन्दीलाई रिहा...
-
कोशी प्रदेश सरकार ‘गेमचेन्जर’ योजना कार्यान्वयनमा तल्लिन छ : मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हाल हिक्मत कार्की तेस्रोपटक २०८१ गत वैशाख २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यसअघि...
-
सुक्खा पहिरोले अवरुद्ध कोशी राजमार्ग खुल्यो
काठमाडौं । सुक्खा पहिरोले अवरुद्ध उत्तर–दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ सेम्बुङमा खाँदबारी–किमाथाङ्का सडकखण्ड एक दिनपछि पुनःसञ्चालनमा आएको छ ।...
-
यू-१९ महिला विश्वकप : बंगलादेश विरुद्ध नेपाल ब्याटिङ गर्दै
काठमाडौं । आइसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत बङ्गलादेशविरूद्धको खेलमा नेपालले टस हारेको छ । मलेसियामा आजदेखि सुरु भएको...
-
पर्यटक भित्र्याउन तीन सय वर्ष पुरानो मौलिक शहरको प्रर्बद्धन
गलकोट (बागलुङ): अहिलेको बागलुङ बजार दुई सय ८४ वर्षभन्दा पुरानो हो । पुरानो बजारमा अहिलेपनि एक सय वर्षभन्दा पहिले बनाइएका...