‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी उच्च प्राथमिकताका साथ भइरहेको छ’: सचिव टङ्कलाल घिसिङ
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी उच्च प्राथमिकताका साथ भइरहेको बताएका छन् ।
कर्णाली प्रदेश रङ्गशालाको अनुगमनका क्रममा सदस्य सचिव घिसिङले गत मङ्सिर २१ गते बसेको परिषद्को ११८औँ बैठकका निर्णयअनुसार आगामी चैत २३ गतेदेखि सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको बताएका हुन् ।
उनले पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले गरिरहेका काम उच्च प्रशंसा समेत गरेका छन्। “पूर्वाधार निर्माणमा कर्णाली प्रदेश सरकारले यो स्तरमा लगानी गरेको पहिलो र उत्कृष्ट काम हो । यहाँको कामको स्थितिले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएका समयमा हुँदैन कि भन्ने संशय लिनुपर्ने अवस्था छैन”, उनले भने ।
सदस्य सचिव घिसिङका अनुसार प्रतियोगितामा समावेश हुने ३६ खेलमा २४ खेल कर्णालीमा खेलाइने र उद्घाटनपूर्व पनि केही खेल सञ्चालन गरिनेछन् । उनले नेपाली राष्ट्रिय खेलकुदको इतिहासमा पहिलो पटक रु ६० करोड बजेट छुट्याएको र यसबाट खेलाडीलाई राहत हुनेगरी काम गरिने बताए ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले आयोजकको तयारी र योजनाअनुसार आफूहरू समयमै प्रतियोगिता हुनेगरी काममा लागिपरेको बताए । उनले कर्णाली प्रदेश खेलकुद विकास परिषद्का रिक्त पदाधिकारी नियुक्तिका विषयमा आवश्यक तयारी भइरहेको जानकारी दिए ।
Comments
अरु समाचार
-
महिला विश्वकप क्रिकेटमा बंगलादेशसँग नेपाल पाँच विकेटले पराजित
काठमाडौँ । आईसीसी यू-१९ टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो पहिलो खेलमा नेपाल नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको छ...
-
रेसुङ्गा विमानस्थलमा एक महिनादेखि किन हवाई सेवा बन्द ?
गुल्मी: यहाँस्थित रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई सेवा बन्द भएको छ । नेपाल वायु सेवा निगम (नेपाल एयरलायन्स) सँग भएका...
-
कोशी प्रदेश सरकार ‘गेमचेन्जर’ योजना कार्यान्वयनमा तल्लिन छ : मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हाल हिक्मत कार्की तेस्रोपटक २०८१ गत वैशाख २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यसअघि...
-
सुक्खा पहिरोले अवरुद्ध कोशी राजमार्ग खुल्यो
काठमाडौं । सुक्खा पहिरोले अवरुद्ध उत्तर–दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ सेम्बुङमा खाँदबारी–किमाथाङ्का सडकखण्ड एक दिनपछि पुनःसञ्चालनमा आएको छ ।...
-
यू-१९ महिला विश्वकप : बंगलादेश विरुद्ध नेपाल ब्याटिङ गर्दै
काठमाडौं । आइसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत बङ्गलादेशविरूद्धको खेलमा नेपालले टस हारेको छ । मलेसियामा आजदेखि सुरु भएको...
-
पर्यटक भित्र्याउन तीन सय वर्ष पुरानो मौलिक शहरको प्रर्बद्धन
गलकोट (बागलुङ): अहिलेको बागलुङ बजार दुई सय ८४ वर्षभन्दा पुरानो हो । पुरानो बजारमा अहिलेपनि एक सय वर्षभन्दा पहिले बनाइएका...
-
नेपाल अन्तर्रष्ट्रिय चलचित्र महोत्सव चैतमा, ४० देशका ८७ चलचित्र छनोट
काठमाडौँ: ‘नेपाल अन्तर्रष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौँ संस्करण आगामी चैतमा हुँदैछ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने...
-
तराईमा हुस्सु-कुहिरो, स्वास्थ्य सतर्कता अपनाउन आग्रह
काठमाडौँ: पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको...
-
आजको राशिफल: २०८१ माघ ५ गते शनिबार
मेष: अध्ययनमा त्यति समय दिन नसकिएला। नियमित काम र व्यवसाय सामान्य अवस्थामै चल्नेछन्। महत्त्वाकांक्षा पूरा नभए पनि पहिलेको उपलब्धि जोगाउन...