एकताबद्ध भएर स्ववियु निर्वाचन जित्न अनेस्ववियुलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्ववियु निर्वाचनमा कसैको वैशाखीविना एकताबद्ध भएर मैदानमा उत्रिएर विजय हासिल गर्न विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेस्ववियु)लाई आग्रह गरेका छन् ।
अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका सन्दर्भमा आज तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आयोजना गरेको राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थापित र सफल खेलाडी अरुको वैशाखी नटेकी आफै दौडिएर पदक जित्ने गरेका उदाहरण प्रस्तुत गर्दै एकताबद्ध भएर अघि बढ्न भनेका हुन् । अध्यक्ष ओलीले ढुक्क भएर आत्मविश्वासका साथ तुफान भएर अगाडि बढ्न र सफलता हासिल गर्न शुभकामना दिए।
नेपालको राजनीतिक आन्दोलनसँगै गौरवशाली विद्यार्थी आन्दोलन सुरु भएको उल्लेख गर्दै उनले गङ्गालालले मानवअधिकारसम्बन्धी पहिलो भाषण र सङ्गठन दिएको र त्यही समयदेखिको चेतना र विद्रोहका उत्तराधिकारी नै आफ्नो पार्टी एमाले भएको स्पष्ट पारे ।
अध्यक्ष ओलीले त्यही बिउ फुकेर एकतामा सामेल हुन आउने समूहलाई जोड्दै एमालेलाई अहिलेको राष्ट्रिय शक्ति बनाइएको र अब निर्णायक शक्ति निर्माणको दिशामा अग्रसर रहेको बताए ।
नेकपा (एमाले)लाई मार्छौं र सिध्याउँछौं भन्नेहरूलाई पनि आफूहरूले जनमतमा पहिलो शक्ति भएर देखाइदिएको बताए । खै एमाले ?, कहाँ छ एमाले ? भन्नेहरूलाई प्रतिस्पर्धाबाट ठ्याम्म उत्तानो लगाइदिएपछि थाहा हुन्छ’, अध्यक्ष ओलीले भने– विश्वविद्यालय क्षेत्र मुड्की र सशस्त्र सङ्घर्षले लोकप्रिय हुने क्षेत्र होइन । यो राम्रो काम गरेर शान्तिपूर्णरूपमा अगाडि बढ्ने क्षेत्र हो तर कसैले मुड्की देखाउँछ भने हामी कमजोर भएर चुप लागेर बस्दैनौँ । म साथीहरूलाई राम्रो काममा ‘एग्रेसिभ्ली’ लाग्न आग्रह गर्दछु । कार्यक्रममा प्रधानमन्त्री ओलीले विद्यार्थी महोत्सवसँग समेटिएको पुस्तकको लोकार्पण गरे ।
कार्यक्रम पार्टीका महासचिव शंकर पोखरेलले भविष्यका कर्णधारका रूपमा रहेका विद्यार्थी वर्गको पहिलो रोजाइ अनेरास्ववियु मात्रै हुन सक्ने बताए । कार्यक्रममा अनेरास्ववियुका पूर्व अध्यक्ष एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेकपा (एमाले) जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल, अनेरास्ववियुका अध्यक्ष समीक बडाललगायत नेताहरूको उपस्थिति थियो । आगामी फागुन १५ गते विश्वविद्यालयहरूमा स्ववियु निर्वाचन हुँदैछ ।
Comments
अरु समाचार
-
युवाहरु सडकमा उत्रिन सरकारको अनुमति पर्दैनः ओली
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी ओलीले पार्टीका युवाहरुलाई सडकमा उत्रन निर्देशन दिएका छन् । अध्यक्ष ओलीले...
-
‘उत्साहजकरुपमा हुँदैछ मतदाता नामावली संकलन’
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशभर मतदाता नामावली संकलन कार्य तीव्र गतिमा जारी रहेको छ। निर्वाचन आयोगका प्रवक्ता...
-
बाढीपहिरोको क्षतिबाट तीन अर्ब ७८ बराबरको बीमा दाबी
काठमाडौं । गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा तीन अर्ब ७८ करोड ४० लाख ९०...
-
भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व संकलन
देवदह (रुपन्देही) । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार...
-
टेलिकम कम्पनीको घट्दो आम्दानीमा चर्को करको मार
काठमाडौं । पछिल्ला सात वर्षमा टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानी करिब २८ प्रतिशतले घटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार दुई...
-
असोज महिनामा देशभर एक सय ८५ आगलागीका घटना
काठमाडाैं । गएको असोज महिनामा देशभर एक सय ८५ वटा आगलागीका घटना भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क...
-
पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायमै, केही क्षेत्रमा वर्षा र हिमपात
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। आज दिउँसो कोशी, गण्डकी...
-
लिग-२ : नेपालको लगातार चौंथो हार, अन्तिम खेलमा युएईले ४ विकेटले हरायाे
काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएई र अमेरिकाविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल जितबिहीन बनेको छ। बुधबार दुबईमा भएको अन्तिम...
-
दशौँ राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म गर्ने निर्णय
काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद यसै वर्ष फागुनमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको बुधबार बसेको १२३औं बोर्ड...












