आइजीसीको बैठ काठमाडौंमा सुरु, वस्तु निर्यातदेखि वाणिज्य सन्धिसम्मका विषय उठाइने
काठमाडौं । नेपाल–भारत वाणिज्य सचिवस्तरीय संयन्त्र (आइजीसी)को बैठक शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ ।
विगत चार वर्षदेखि हुन नसकेको नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक आजदेखि काठमाडौंमा सुरु भएको हो । बैठकमा नेपालले भारतमा वस्तु निर्यातमा देखिएको समस्या समाधानदेखि वाणिज्य सन्धि पुनरवलोकनसम्मका विषय उठाउन गरिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले बताए।
उनले भारत नेपालको आयात निर्यात र व्यापारका हिसाबले महत्त्वपूर्ण पार्टनर भएकाले भारतसँगको यस्ता छलफल निकै महत्त्वपूर्ण हुने उल्लेख गरेका हुन् ।
प्रवक्ता बाबुराम अधिकारीले नेपाल भारतबिच केही समयदेखि व्यापार पारवहनमा देखिका समस्याहरु समाधान गर्ने विषयमा केन्द्रित भएर छलफल हुने जानकारी दिए । उनले एक अर्को देशको गुणस्तर प्रमाणीकरण गर्ने निकायले जारी गरेको गुणस्तर प्रमाणपत्रलाई मान्यता दिन सहमति गर्ने, नेपाली निर्यातकर्ताले बीआइएस प्रमाणपत्र लिनुपर्ने व्यवस्थालाई नेपालको गुणस्तर तथा नापतौल विभागले दिने गुणस्तर प्रमाणपत्रलाई मान्यता दिन आग्रह गर्ने जस्ता एजेण्डा नेपालको रहेको बताए ।
उनले बैठकमा भारतका प्रतिनिधिहरु सकारात्मक भएर बैठकमा सहभागिता भएकाले बैठक उपलब्धिमुलुक हुने आशा रहेको जिकिर गरे। उनले नेपाली निर्यातकर्ताले बीआइएस प्रमाणपत्र लिन ढिलाइ भएको विषयलाई पनि बैठकमा राखिने बताउँदै भारत त्यो विषयमा सकारात्मक रहेको बताए । उनले यो बैठकले नेपाली निर्यातकर्ताले बीआइएस प्रमाणपत्र लिन सहज बनाउने विषयमा ‘ब्रेक थ्रु’ हुने बताए ।
बैठकमा निजी क्षेत्रले कृषि वस्तुको हकमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको गुणस्तर प्रमाणपत्रलाई मान्यता दिन आग्रह गर्न समेत माग गरेका छन् । नेपाली निजी क्षेत्रले ढुवानीको लागत घटाउन, विराटनगर–सुनौली–नौतनवा रेल सेवालाई निरन्तरता दिन र थप बन्दरगाहमा नेपालको पहुँच पुर्याउने विषयलाई प्राथमिकता दिन सुझाव दिएका छन् । नेपाल–भारत वाणिज्य सचिवस्तरको आज र भोलि चल्नेछ ।
Comments
अरु समाचार
-
रेसुङ्गा विमानस्थलमा एक महिनादेखि किन हवाई सेवा बन्द ?
गुल्मी: यहाँस्थित रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई सेवा बन्द भएको छ । नेपाल वायु सेवा निगम (नेपाल एयरलायन्स) सँग भएका...
-
पर्यटक भित्र्याउन तीन सय वर्ष पुरानो मौलिक शहरको प्रर्बद्धन
गलकोट (बागलुङ): अहिलेको बागलुङ बजार दुई सय ८४ वर्षभन्दा पुरानो हो । पुरानो बजारमा अहिलेपनि एक सय वर्षभन्दा पहिले बनाइएका...
-
जीबी राईको राहदानी रद्द गर्न अदालतको आदेश
पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त भनिएका गितेन्द्रबाबु ९जीबी० राईको राहदानी रद्द गर्न कास्की जिल्ला अदालतले आदेश...
-
फलाम खानी र मल कारखाना खुल्दैछ, ऊर्जा खपतको चिन्ता गर्नुपर्दैन : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलाम खानी र मल कारखानाजस्ता ठूला उद्योग स्थापना हुने क्रममा रहेका र बन्द...
-
बारामा एक लाख १८ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन
काठमाडौं । बारामा सात हजार चार सय ४० हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको छ । जिल्लाको सिम्रौनगढ, उचिडिह, गोलागञ्ज, अमृतगञ्ज,...
-
सिद्धबाबामा सुरुङमार्ग माघ एघार गते ‘ब्रेक थ्रु’ हुने
काठमाडाैँ। पाल्पाको सिद्धबाबामा निर्माणाधीन सुरुङमार्गको ‘ब्रेक थ्रु’ माघ एघार गते हुने भएको छ । आयोजना प्रमुख कृष्णराज अधिकारीका अनुसार सुरुङमार्ग खनेर...
-
सुनचाँदीको भाउ बढ्यो
काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको भाउ बढेको छ । सुनको मूल्य प्रतितोला रु. एक हजार तीन सय र चाँदी रु.५०...
-
बागमती प्रदेशको पुससम्मको बजेट खर्च १६ प्रतिशत मात्रै
काठमाडौं । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको छ महिनामा १६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । पुससम्ममा कूल...
-
विदेशमा अध्ययन: पाँच महिनामा ४७ अर्ब ३४ करोड खर्च
काठमाडौं: देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थान सञ्चालनमा रहेको भए पनि विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ।...